माछाको पेटभित्रबाट योनाको प्रार्थना
“मेरो सङ्कष्टको कारणले मैले परमप्रभुलाई पुकारें; अनि उहाँले मेरो पुकार सुन्नुभयोक। अधोलोकको पेटबाटख मैले पुकारा गरें; अनि तपाईंले मेरो सोर सुन्नुभयो।
3 किनभने तपाईंले मलाई गहिरो सागरमा, समुद्रहरूको बीचमा फाल्नुभयो; अनि बाढ़हरूले मलाई चारैतिर घेरे; तपाईंका सबै छालहरू र तपाईंका तरङ्गहरू ममाथिबाट बहेर गए।
4 तब मैले भनें: ‘म तपाईंका आँखाहरूको सामुबाट निकालिएको छु; तरै पनि म फेरि तपाईंको पवित्र मन्दिरतिर आँखा उठाउनेछु।’
5 पानीहरूले मलाई मेरो प्राणसम्म घेरे; गहिराइले मलाई चारैतिर घेर्यो; झारहरू मेरो टाउकोको वरिपरि लपेटिए।
6 म तल पहाड़हरूका पींध-पींधसम्म गएँ; पृथ्वी आफ्ना आग्लाहरूसित सधैंभरि मेरो वरिपरि थियो; तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो जीवन खाड़लबाट निकालेर ल्याउनुभएको छ।
7 जब मेरो प्राण मभित्र-भित्रै मूर्छितग भयो, तब मैले परमप्रभुलाई सम्झना गरें; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आइपुग्यो।
8 जसले झूटा व्यर्थताहरूतिर ध्यान दिन्छन्घ, तिनीहरूले आफ्नै कृपालाई त्याग्छन्।
9 तर मचाहिँ धन्यवादको सोर उचालेर तपाईंका निम्ति बलि चढ़ाउनेछु; मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छम।”
10 अनि परमप्रभु माछासित बोल्नुभयो, र त्यसले योनालाई सुक्खा जमिनमाथि उकेलिदियो।