अर्को दर्शन: पाकेको फलको डालो
8
“प्रभु यहोवाले मलाई यसरी देखाउनुभएको छ; अनि हेर, ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालो! 2 अनि उहाँले भन्नुभयो: ‘हे आमोस, तिमीले के देखिरहेका छौ?’ अनि मैले भनें: ‘ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालो।’ तब परमप्रभुले मलाई भन्नुभयो: ‘मेरो प्रजा इस्राएलको अन्त आएको छ; म फेरि कहिल्यै तिनीहरूबाट भएर जानेछैनँ। 3 अनि त्यस दिन मन्दिरकाक गीतहरू बदलेर रोइकराइहरू बन्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ; हरेक ठाउँमा धेरै लासहरू हुनेछन्; तिनीहरूले तिनलाई चुपचाप फालिदिनेछन्।’इस्राएलको विनाश नजिकै छ
4 ‘देशका दरिद्रहरूलाईख सखाप पार्न भनी गरिबलाई निल्नेहरूहो, यो सुन! 5 तिमीहरू भन्छौ: “औंसी कहिले बित्ला, र हामी अन्न बेचौं? अनि विश्रामदिन कहिले बित्ला, र हामी गहुँ बेच्न निकालौं?” – तिमीहरू एपाग सानो पार्छौ, र शेकेलघ ठूलो पार्छौ, अनि छल गरेर तराजु खोटा बनाउँछौ – 6 “फलस्वरूप हामी गरिबहरूलाई पैसालेङ र दरिद्रलाई एक जोड़ा जुत्तामा किन्न सकौं; अँ, गहुँको भुसधरिच बेच्न सकौं!”
7 परमप्रभुले याकूबको सर्वश्रेष्ठताको शपथ खानुभएको छ: निश्चय म तिनीहरूका कामहरूमध्ये कुनै पनि कामछ कहिल्यै बिर्सिनेछैनँ। 8 के यही कारणले देश थरथर काम्नेछैन र, अनि त्यसमा बस्ने हरेकले विलाप गर्नेछैन र? अनि यो जम्मै नील नदीझैं उठ्नेछ, उर्लाइनेछ र मिस्रको नदीद्वारा भएझैं डुबाइनेछ।
9 अनि त्यस दिन यस्तो हुनेछ, प्रभु यहोवा भन्नुहुन्छ, मध्यदिनमै म घामलाई अस्ताउन लाउनेछु र उज्यालो दिनमै म पृथ्वीलाई अँध्यारो तुल्याउनेछु; 10 अनि म तिमीहरूका चाड़हरूलाई शोकमा र तिमीहरूका सबै गीतहरूलाई विलापमा बदली गरिदिनेछु; अनि सबै कम्मरहरूमा म भाङ्ग्राको लुगा लगाइदिनेछु र हरेक टाउको तालुखुइले तुल्याउनेछु; अनि म त्यस देशलाईज एकमात्र छोराका निम्ति गरिने विलापजस्तो र त्यसको अन्त तीतो दिनजस्तो तुल्याउनेछु।
11 हेर, दिनहरू आउँदैछन्, प्रभु यहोवा भन्नुहुन्छ, जब म देशमा अनिकाल पठाउनेछु – रोटीको अनिकाल होइन, पानीको तिर्खा पनि होइन, तर परमप्रभुका वचनहरू सुन्ने अनिकाल; 12 अनि तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्म र उत्तरदेखि पूर्वसम्म नै घुमिहिँड़्नेछन्; परमप्रभुको वचनको खोजीमा तिनीहरू यताउता दगुर्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।