हे इस्राएल, परमप्रभुकहाँ फर्केर आऊ!
5
“हे इस्राएलको घरानाहो, तिमीहरू विलाप गीतरूपी यो वचन सुन, जुन वचनचाहिँ म तिमीहरूको विरोधमा भन्दछुक! 2 इस्राएलकी कन्या लोटेकी छे; त्यो कहिल्यै उठ्नेछैन; त्यो आफ्नै देशमा त्यागिएकी छे; त्यसलाई उठाउने कोही छैन। 3 किनभने प्रभु यहोवा यसो भन्नुहुन्छ: जुन शहर हजार-हजार गरी निस्केर जान्छ, त्यसले सयजनालाई छोड़्नेछ, र जुन शहरख सय-सय गरी निस्केर जान्छ, त्यसले इस्राएलको घरानाका निम्ति दसजनालाई छोड़्नेछ।4 किनभने परमप्रभुले इस्राएलको घरानालाई यसो भन्नुहुन्छ: तिमीहरूले मेरो खोजी गर, र तिमीहरू बाँच! 5 तर बेतएललाई नखोज, र गिल्गालमा नपस, न ता पारि बेरशेबामा जाओ! किनकि गिल्गाल निश्चय कैदमा जानेछ, अनि बेतएल मेटिनेछ। 6 परमप्रभुको खोजी गर, र तिमीहरू बाँच! नत्र उहाँ यूसुफको घरानामाथि आगोझैं हुर्र आइलाग्नुहुनेछ, र त्यसले यसलाई भस्म पार्नेछग, अनि बेतएलमा त्यसलाई निभाउने कोही हुनेछैन।
7 हे न्याय बिगारेर तीतेपातीमा बदली गर्नेहरू र पृथ्वीमा धार्मिकतालाई छाड़्नेहरूहो, 8 उहाँको खोजी गर, जसलेघ कृत्तिका नक्षत्र र मृगशिरा बनाउनुहुन्छ, मृत्युको छायालाई बिहानीमा बदली गर्नुहुन्छ र दिनलाई रातको अन्धकार तुल्याउनुहुन्छ; जसले समुद्रका पानीहरू बोलाउनुहुन्छ र तिनलाई पृथ्वीको सतहमाथि पोखाउनुहुन्छ, परमप्रभु उहाँको नाम हो। 9 उहाँले बलियोको विरोधमा विनाशलाई बलियो पार्नुहुन्छ; यसैले विनाश किल्लाको विरोधमा आउनेछ। 10 जसले मूलढोकामाङ हप्काउँछ, उसलाई तिनीहरूले घृणा गर्छन्, र जसले सच्चाइसित बोल्छ, उसलाई तिनीहरूले हेला गर्छन्। 11 यसैकारण तिमीहरूले गरिबलाई कुल्चेका छौ, र तिमीहरूले त्यसबाट करको रूपमा गहुँका भारीहरू लिएका छौ; यसैले तिमीहरूले काटेका ढुङ्गाका घरहरू त बनाएका छौ, तर तिमीहरू तिनमा बस्नेछैनौ; तिमीहरूले मनोहर दाखबारीहरू त लगाएका छौ, तर तिमीहरूले तिनको दाखमद्य पिउनेछैनौ।
12 किनभने म तिमीहरूका धेरै-धेरै अपराधहरू र तिमीहरूका बलिया-बलिया पापहरू जान्दछु; तिनीहरू धर्मी जनलाई कष्ट दिन्छन्; तिनीहरू घूस लिन्छन्; अनि मूलढोकामा तिनीहरूले दरिद्रहरूलाईच न्याय पाउनदेखि पन्साउँछन्। 13 यसकारण त्यस समयमा बुद्धिमान् मानिस चुप बस्नेछ; किनकि यो खराब समय हो।
14 भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँच्नेछौ; तब तिमीहरूले भनेजस्तै परमप्रभु सेनाहरूका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ। 15 तिमीहरू खराबीलाई घृणा गर, तर भलाइलाई प्रेम गर, र मूलढोकामा न्याय स्थापित गरछ! तब कतै यूसुफको बाँकी रहेको भागमाथि परमपप्रभु सेनाहरूका परमेश्वरले अनुग्रह देखाउनुहुन्छ कि?
16 यसकारण परमप्रभु सेनाहरूका परमेश्वर, अर्थात् प्रभुज यसो भन्नुहुन्छ: सबै सड़कहरूमा बिलौना हुनेछ; अनि सबै मूल-सड़कहरूमा तिनीहरूले ‘हाय!’ ‘हाय!’ भन्नेछन्; अनि तिनीहरूले खेतीवालहरूलाई शोक गर्न, र विलाप गर्न जान्नेहरूलाई बिलौना गर्न बोलाउनेछन्। 17 अनि सबै दाखबारीहरूमा बिलौना हुनेछ; किनभने म तिम्रो बीचबाट भएर जानेछु, परमप्रभु भन्नुहुन्छ।
18 परमप्रभुको दिनको चाहना गर्नेहरूलाई हाय! तिमीहरूलाई यस दिनको के काम? परमप्रभुको दिन त अन्धकार हो, ज्योति होइन। 19 मानौं, कुनै मानिस सिंहको सामुबाट भाग्यो, तर भालुले त्यसलाई भेट्यो; अथवा त्यो घरभित्र पस्यो, र आफ्नो हात भित्तामा टेकायो, तर साँपले त्यसलाई डस्यो। 20 के परमप्रभुको दिन ज्योतिको नभएर अन्धकार हुनेछैन र? अँ, त्यो घोर अन्धकारको हुनेछ, र त्यसमा कुनै चमक हुनेछैन।
21 तिमीहरूका चाड़हरूलाई म घृणा गर्छु, म तुच्छ ठान्छुझ; अनि तिमीहरूका महासभाहरूसँग म प्रसन्न हुँदिनँञ। 22 तिमीहरूले मलाई होमबलिहरू र आफ्ना अन्नबलिहरू चढ़ाए तापनि म तिनलाई ग्रहण गर्नेछैनँ; तिमीहरूका मोटा-मोटा पशुहरूका मेलबलिहरूलाई म वास्ता गर्दिनँट। 23 तेरा गीतहरूको हल्ला मबाट हटाइदे; किनभने म तेरा सितारहरूको संगीत सुन्नेछैनँ। 24 तर न्याय पानीझैं, र धार्मिकता सामर्थीठ नदीझैं बगोस्ड! 25 हे इस्राएलको घरानाहो, के तिमीहरूले चालीस वर्षभित्र त्यस उजाड़स्थानमा मलाई नै बलिहरू र भेटीहरूढ चढ़ायौ र? 26 तर तिमीहरूले त तिमीहरूको मोलोककोण तम्बू, र कियून तिमीहरूका मूर्तिहरू, अँ, तिमीहरूका देवताहरूको तारा बोकेर हिँड़ायौ, जसलाई तिमीहरूले आफ्ना निम्ति बनाएका थियौ। 27 यसकारण म तिमीहरूलाई दमस्कसपारि कैद गरेर लैजानेछु, परमप्रभु भन्नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्वर हो।”