4
“सामरियाको पहाड़मा भएका हे बाशानका गाईहरूहो, तिमीहरू, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ, जसले दरिद्रहरूलाईक पिँध्दछौ, जसले आ-आफ्ना मालिकहरूलाई भन्छौ: ‘ल्याउनुहोस्, र हामी पिऔं!’, यो वचन सुन! 2 प्रभु यहोवाले आफ्नो पवित्रताको शपथ खानुभएको छ; किनकि हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन्, जसमा उहाँले तिमीहरूलाई अङ्कुसेहरूले र तिमीहरूका सन्तानहरूलाई चाहिँ बल्छीहरूले उठाएर लैजानुहुनेछ। 3 अनि तिमीहरूख धाँदाहरूबाट निस्केर जानेछौ – हरेक आफ्नो अघिल्तिर; अनि तिमीहरू त्यस किल्लामा फालिनेछौ, परमप्रभु भन्नुहुन्छ।”इस्राएलले पाठ सिक्दैन
4 “बेतएलमा आओ, र अपराध गर! गिल्गालमा अपराध बढ़ाओ! अनि हरेक बिहान आफ्ना बलिहरू र हरेक तीन वर्षमा आफ्ना दसौं अंशहरू ल्याओ! 5 अनि आफ्नो धन्यवाद-बलि खमिरसित चढ़ाओ! अनि स्वेच्छा-बलिहरूको घोषणा गर र प्रचार गर! किनभने हे इस्राएलीहरूहो, तिमीहरू यसो गर्न मन पराउँछौ, प्रभु यहोवा भन्नुहुन्छ।
6 अनि मैले पनि तिमीहरूका सबै शहरहरूमा तिमीहरूलाई दाँतहरूको सफाइ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको घटी दिएको छु; तरै पनि तिमीहरू मकहाँ फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। 7 अनि कटनी हुनुभन्दा तीन महिना पहिल्यै मैले तिमीहरूका निम्तिग वर्षा रोकिदिएँ; अनि मैले एउटा शहरमाथि पानी बर्साएँ, तर अर्को शहरमाथि पानी बर्साइनँ; अनि एक भागमा पानी बर्स्यो, तर जुन भागमाथि पानी बर्सेन, त्यो सुक्यो। 8 यसैले दुई-तीन शहरहरू पानी पिउनका निम्ति अर्को शहरतिर गएघ, तर तृप्त भएनन्; तरै पनि तिमीहरू मकहाँ फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। 9 मैले तिमीहरूलाई सेप्र्याइ र ढुसीले प्रहार गरेको छु; जब तिमीहरूका बगैंचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू र तिमीहरूका जैतुनका रूखहरू बढ़े, तब काट्ने सलहले तिनलाई नाश पारिदियोङ; तरै पनि तिमीहरू मकहाँ फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। 10 मैले तिमीहरूको बीचमा मिस्रको रीतिअनुसार महामारी पठाएँ; मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारें र तिमीहरूका घोड़ाहरू खोसें; अनि तिमीहरूका छाउनीहरूको दुर्गन्ध मैले माथि तिमीहरूका नाकमा पुर्याएँ; तरै पनि तिमीहरू मकहाँ फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। 11 मैले तिमीहरूमध्ये कतिलाई, परमेश्वरले सदोम र गमोरालाई नाश गर्नुभएझैं नाश गरेको छु, अनि तिमीहरू बलिरहेको आगोबाट थुतिएकोच अगुल्टोजस्तै भयौ, तरै पनि तिमीहरू मकहाँ फर्केका छैनौ, परमप्रभु भन्नुहुन्छ। 12 यसकारण हे इस्राएल, म तिमीसित यसो गर्नेछु; मैले तिमीलाई यसो गर्ने हुनाले हे इस्राएल, आफ्नो परमेश्वरलाई भेट्न तयार होऊ! 13 किनकि हेर, जसले पहाड़हरू रच्नुहुन्छ र हावाबतास सृष्टि गर्नुहुन्छ, अनि आफ्नो विचार के छ, सो मानिसलाई बताउनुहुन्छ; जसले बिहानलाई अन्धकार पार्नुहुन्छ र जो पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा टेक्नुहुन्छ, उहाँको नाम परमप्रभु सेनाहरूका परमेश्वर हो।”