मूर्तिपूजा गर्ने इस्राएलमाथि आउन लागेको सजाय
10
“इस्राएल एउटा लहलहाउँदो दाखको बोट हो; त्यसले आफ्नै निम्ति फल फलाउँछ; त्यसको फलको प्रशस्तताअनुसार त्यसले वेदीहरू बढ़ायो; त्यसको देशको उत्तमताअनुसार तिनीहरूले राम्रा-राम्रा खाँबारूपी मूर्तिहरू बनाए। 2 तिनीहरूको हृदय बाँड़िएको छ; अब तिनीहरू दोषी पाइनेछन्; उहाँले नै तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ; उहाँले तिनीहरूका खाँबारूपी मूर्तिहरू नष्ट पार्नुहुनेछ।3 किनकि अब तिनीहरूले भन्नेछन्: ‘हाम्रा राजा छैनन्; किनभने हामीले परमप्रभुको डर मानेनौं; तब राजाले हाम्रा निम्ति के गर्लान् र?’ 4 तिनीहरूले झूटो शपथ खाँदै वाचा बाँध्नलाई वचनहरू बोलेका छन्; यसैले खेतबारीका हलोका सियाहरूमा उम्रेको विषालु झारझैं न्याय मौलाउनेछ।
5 सामरियाका बासिन्दाहरू बेत-आवनका बाछाहरूको कारणलेक डराउनेछन्; किनकि त्यसका मानिसहरूले त्यसका निम्ति विलाप गर्नेछन्; अनि त्यसका पूजाहारीहरूले, जो त्यसको महिमाका निम्ति त्यसमा रमाउँथे, विलाप गर्नेछन्; किनभने त्यो महिमा त्यसबाट लगिसकेको छ। 6 अँ, त्यो राजा यारेबका निम्ति सौगात हुनलाई अश्शूरमा पुर्याइनेछ; एप्रैमले शर्म पाउनेछ, अनि इस्राएल आफ्नै सल्लाहको कारणले लज्जित हुनेछ। 7 सामरियाचाहिँ – त्यसका राजा पानीको सतहमाथिको फिँजजस्तै नष्ट हुन्छ। 8 अनि इस्राएलको पाप अर्थात् आवनका उच्च स्थानहरूख नष्ट पारिनेछन्; तिनीहरूका वेदीहरूमाथि काँड़ा र सिउँड़ीहरू उम्रनेछन्; अनि तिनीहरूले पहाड़हरूलाई ‘हामीलाई छोपिदेओ!’ र डाँड़ाहरूलाई ‘हामीमाथि खस!’ भन्नेछन्।
9 हे इस्राएल, तैंले गिबाका दिनहरूदेखि नै पाप गर्दै आएको छस्; त्यहाँ तिनीहरू खड़ा रहे; अधर्मका सन्तानको विरोधमा गिबामा चलेको लड़ाइँले तिनीहरूलाई भेट्टाएन। 10 म तिनीहरूलाई ताड़ना दिऊँ – यो मेरो इच्छा हो; जब तिनीहरूले आफूलाई आफ्ना दुई अधर्महरूमाग बाँध्नेछन्, तब जाति-जातिका मानिसहरू तिनीहरूको विरोधमा भेला हुनेछन्। 11 अनि एप्रैम एउटा सधाइएको कोरलीजस्तो छ, जसले दाइँ गर्न मन पराउँछ; तर म त्यसको सुन्दर गर्दनमाथि पार भएर गएँघ; म एप्रैमलाई नार्नेछुङ, यहूदाले जोत्नेछ, र याकूबले त्यसका डल्लाहरू फुटाउनेछ। 12 तिमीहरू आफ्ना निम्ति धार्मिकतामाच बीउ छर! कृपाअनुसारको कटनी गर! आफ्नो बाँझो जमिन खनजोत गर; किनभने जबसम्म उहाँ आउनुहुन्न र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्न, तबसम्म परमप्रभुलाई खोजी गर्ने समय यही हो। 13 तिमीहरूले दुष्टता जोतेका छौ; तिमीहरूले अधर्मको कटनी गरेका छौ; तिमीहरूले झूटको फल खाएका छौ; किनभने तैंले आफ्नै चालमाथि, आफ्ना शूरवीर मानिसहरूको भीड़माथि भरोसा राखिस्। 14 यसकारण तेरा मानिसहरूको बीचमा एउटा हूलदङ्गा मच्चिनेछ; अनि लड़ाइँको दिनमा शल्मनद्वारा बेत-अर्बेल नष्ट भएझैं तेरा सबै किल्लाहरू नष्ट हुनेछन्; आफ्नै छोराछोरीहरूमाथि आमालाई पछारेर त्यो टुक्रा-टुक्रा पारिई। 15 तिमीहरूको ठूलो दुष्टताले गर्दा बेतएलले तिमीहरूलाई यस्तो गर्नेछ; बिहानै इस्राएलको राजा बिलकुलै नष्ट हुनेछ।”