दानियल
दानियल र तिनका तीनजना साथीहरू
1
यहूदाका राजा यहोयाकिमको शासनकालको तेस्रो वर्षमा बाबेलका राजा नबूकद्नेस्सर यरूशलेममा आए, र त्यसलाई घेरामा हाले। 2 अनि प्रभुलेक यहूदाका राजा यहोयाकिमलाई र परमेश्वरको भवनका कतिपय भाँड़ाकुँड़ाहरू तिनको हातमा सुम्पिदिनुभयो; ती भाँड़ाकुँड़ाहरू तिनले शिनार देशमा, आफ्नो देवताको मन्दिरमाख लगे, र ती भाँड़ाकुँड़ाहरू आफ्नो देवताको भण्डारमा राखिदिए।3 अनि राजाले आफ्ना अफिसरहरूकाग प्रधान अश्पनजलाई ‘इस्राएलीहरूबाट, राजाका सन्तानहरूबाट र भारादारहरूबाट कसै-कसैलाई ल्याउनू’ भन्ने आज्ञा गरे; 4 ‘अर्थात् यस्ता जवानहरूलाई ल्याउनू, जसमा कुनै कलङ्क छैन, तर जो हेर्नमा सुन्दर छन्, जो सबै प्रकारको बुद्धिमा निपुण, ज्ञानमा प्रवीण र विज्ञान जान्ने हुन्छन्, जसमा राजाको दरवारमा उभिन सक्ने क्षमता छ, र जसलाई तिनीहरूले कल्दीहरूको विद्या र भाषा सिकाउन सक्छन्।’ 5 अनि राजाले आफ्नैघ स्वादिष्ट भोजनबाट र आफूले पिउँदै गरेको दाखमद्यबाट तिनीहरूका निम्ति दिन-दिनको भाग खटाए, कि उनीहरूले तिनीहरूलाई तीन वर्षसम्म पालनपोषण गरून्, र त्यसको अन्तमा तिनीहरू राजाको सामु उभिऊन्। 6 अनि तिनीहरूको बीचमा यहूदाका सन्तानबाट दानियल, हनन्याह, मिशाएल र अजर्याह थिए; 7 उनीहरूलाई अफिसरहरूकाग प्रधानले नामहरू दिए; अनि तिनले दानियललाई बेल्त-शज्जर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद-नेगो भन्ने नाम दिए।
8 तर दानियलले आफ्नो हृदयमा राजाको भोजन र राजाले पिउँदै गरेको दाखमद्यले आफूलाई अशुद्ध नपार्ने अठोट गरेका थिए; यसकारण उनले अफिसरहरूकाग प्रधानलाई आफूले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी विन्ती गरे। 9 अनि परमेश्वरले दानियललाई अफिसरहरूकाग प्रधानको सामु करुणा र कोमल कृपाङ पाउने तुल्याउनुभएको थियो। 10 तब अफिसरहरूकाग प्रधानले दानियललाई भने: “मलाई मेरा प्रभु राजाको डर छ, जसले तिमीहरूको खानेकुरा र तिमीहरूको पिउने कुरा ठहऱ्याउनुभएको छ; किनभने किन उहाँले तिमीहरूका अनुहारहरूचाहिँ तिमीहरूका अरू दौंतरी जवानहरूको भन्दा खराब देखून्? तब तिमीहरूले राजाको सामु मेरो शिर खतरामा पार्नेछौ।” 11 तब दानियलले ती अधिकारीलाई भने, जसलाई अफिसरहरूकाग प्रधानले दानियल, हनन्याह, मिशाएल र अजर्याहमाथि खटाएका थिए: 12 “म तपाईंलाई विन्ती गर्दछु, दस दिनसम्म तपाईंका दासहरूलाई जाँचेर हेर्नुहोस्! अनि तिनीहरूले हामीलाई खानलाई सागपात र पिउनलाई पानी दिऊन्! 13 त्यसपछि तपाईंको सामु हाम्रा अनुहारहरू र राजाको भोजन खाने जवानहरूको अनुहार हेरिऊन्; तब जस्तो तपाईंले देख्नुहुन्छ, त्यस्तै तपाईंका दासहरूसँग व्यवहार गर्नुहोस्!” 14 तब यस विषयमा तिनले उनीहरूको कुरा मानेच, र उनीहरूलाई दस दिनसम्म जाँचे। 15 अनि दस दिनको अन्तमा उनीहरूका अनुहारहरूचाहिँ राजाको भोजन खाने सबै जवानहरूको भन्दा सुन्दर र मोटाघाटा देखा परे। 16 यसैले ती अधिकारीले उनीहरूले खानुपर्नेछ भोजन र उनीहरूले पिउनुपर्नेछ दाखमद्य हटाइदिए र उनीहरूलाई सागपात दिए।
17 परमेश्वरले यी चार जवानहरूलाई नै ज्ञान, सबै प्रकारको विद्यामा निपुणता र बुद्धि दिनुभयो; अनि दानियलचाहिँ सबै दर्शनहरू र सपनाहरू बुझ्नमा समझदार थिए। 18 अनि जुन समयभित्र राजाले ती जवानहरूलाईज भित्र ल्याउनू भनेका थिए, त्यस समयको अन्तमा अफिसरहरूकाग प्रधानले तिनीहरूलाई नबूकद्नेस्सरको सामु ल्याए। 19 अनि राजाले तिनीहरूसँग बातचित गरे; अनि तिनीहरू सबैको बीचमा दानियल, हनन्याह, मिशाएल र अजर्याहजस्ता कोही पनि पाइएन; यसकारण उनीहरू राजाको सामु उभिए। 20 अनि सबै प्रकारको बुद्धि र समझको विषयमा राजाले उनीहरूलाई सोधखोज गर्दा तिनले उनीहरूलाई आफ्नो सम्पूर्ण राज्यभरिका सबै जादुगर र ज्योतिषीहरूभन्दा दस गुणा उत्तम पाए। 21 अनि दानियल राजा कोरेसको पहिलो वर्षसम्म रहिरहे।