राजा नबूकद्नेस्सरको पहिलो सपना
2
अनि नबूकद्नेस्सरको शासनकालको दोस्रो वर्षमा नबूकद्नेस्सरले सपनाहरू देखे, जसको कारणले तिनको आत्मा विचलित भयो, र तिनको निद्राले तिनलाई छोड्यो। 2 तब राजाले जादुगरहरू, ज्योतिषीहरू, मन्त्रतन्त्र गर्नेहरू र कल्दीहरूलाई, तिनीहरूले राजालाई तिनका सपनाहरूको अर्थ खोलिदिऊन्क भनी बोलाउने आज्ञा दिए। अनि तिनीहरू आए, र राजाको सामु उभिए। 3 अनि राजाले तिनीहरूलाई भने: “मैले एउटा सपना देखेको छु; अनि त्यस सपनाको अर्थ बुझ्नलाई मेरो आत्मा विचलित भएको छ।” 4 तब ती कल्दीहरूले राजालाई अरामी भाषामा भने: “राजा अमर रहून्! हजुरले आफ्ना दासहरूलाई त्यो सपना बताइदिनुहोस्, र हामी त्यसको अर्थ बताइदिनेछौं।” 5 राजाले जवाफ दिएर कल्दीहरूलाई भने: “मबाट यो आज्ञा भइसक्यो: तिमीहरूले मलाई त्यो सपना र त्यस सपनाको अर्थ बुझाएनौ भने तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ, र तिमीहरूका घरहरू घुरान बनाइनेछन्। 6 तर तिमीहरूले मलाई त्यो सपना र त्यसको अर्थ बतायौ भने मबाट तिमीहरूले दानहरू, इनामहरू र ठूलो मान पाउनेछौ; यसकारण मलाई त्यो सपना र त्यसको अर्थ बताओ!” 7 तिनीहरूले फेरि जवाफ दिएर भने: “राजाले आफ्ना दासहरूलाई त्यो सपना बताऊन्, र हामी त्यसको अर्थ बताउनेछौं।” 8 राजाले जवाफ दिएर भने: “मलाई पक्का थाहा छ, तिमीहरूले मबाट यो आज्ञा भइसकेको देखेका हुनाले तिमीहरू समय बढ़ाउन चाहन्छौ। 9 तर तिमीहरूले मलाई त्यो सपना बुझाएनौ भने तिमीहरूका निम्ति एउटै फैसला छ; किनभने समय बदली नहोउन्जेल तिमीहरूले मेरो सामु झूटा र भ्रष्ट कुरा बोल्नलाई आपसमा मतो गरेका छौ; यसकारण मलाई त्यो सपना बताओ! तब तिमीहरूले मलाई त्यसको अर्थ पनि बताउन सक्छौ भनी म थाहा पाउनेछु।”10 कल्दीहरूले राजाको सामु जवाफ दिएर भने: “पृथ्वीमाथि यस्तो कुनै मानिस नै छैन, जसले राजाको यो कुरा बताउन सक्दछ; यसैकारण यस्ता कुनै राजा, प्रधान वा शासक नै छैनन्, जसले कुनै जादुगर, ज्योतिषी वा कल्दीलाई यस्ता कुराहरू मागे। 11 अनि राजाले माग गर्नुभएको कुरा नहुनेख कुरा हो; देवताहरूबाहेक, जसको वासस्थान मानिसहरूको साथमाग छैन, राजाको सामु यो कुरा बताउन सक्ने अरू कोही छैन।”
12 यस कुराले गर्दा राजा रिसाए र अति क्रोधित भए, अनि बाबेलका सबै बुद्धिमान् मानिसहरूलाई नाश गर्ने आज्ञा दिए। 13 अनि बुद्धिमान् मानिसहरू मारिऊन् भन्ने उर्दी निस्क्यो; अनि दानियल र उनका साथीहरू पनि मारिऊन् भनेर तिनीहरूले उनीहरूलाई खोजे।
14 तब दानियलले सल्लाह र बुद्धिको साथ राजाका अङ्गरक्षकहरूकाघ कप्तान अर्योकलाई जवाफ दिए; तिनी बाबेलका बुद्धिमान् मानिसहरूलाई मार्न भनी निस्केका थिए; 15 उनले जवाफ दिएर राजाका कप्तान अर्योकलाई भने: “राजाबाट यो उर्दी किन यति छिटो निस्क्यो?” तब अर्योकले दानियललाई त्यो कुरा बुझाइदिए। 16 तब दानियल भित्र गए, र राजालाई विन्ती गरे: “मलाई समय दिनुहोस्, र म राजालाई त्यस सपनाको अर्थङ बताउनेछु।”
17 तब दानियल आफ्नो घर गए, र आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई त्यो कुरा बुझाइदिए, 18 यस हेतुले कि दानियल र उनका साथीहरू बाबेलका बाँकी बुद्धिमान् मानिसहरूको साथमा नाश नहोऊन् भनेर उनीहरूले त्यस रहस्यको विषयमा स्वर्गका परमेश्वरबाट कोमल कृपाच पाउनलाई विन्ती गरून्।
19 तब रातको दर्शनमा दानियलकहाँ त्यो रहस्य प्रकट भयो। तब दानियलले स्वर्गका परमेश्वरलाई धन्यवाद चढ़ाएछ। 20 दानिएलले जवाफ दिएर भने: “परमेश्वरको नाम सदा-सर्वदा धन्यको होस्; किनकि बुद्धि र सामर्थ्य उहाँकै हुन्; 21 अनि समयहरू र बेलाबखतहरू उहाँले नै बदली गर्नुहुन्छ; उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई बसाल्नुहुन्छ; उहाँले बुद्धिमान्हरूलाई बुद्धि र समझदारहरूलाई समझ दिनुहुन्छ। 22 उहाँले नै गहिरा-गहिरा कुराहरू र गुप्त कुराहरू प्रकट गर्नुहुन्छ; अन्धकारभित्र के छ, सो उहाँ जान्नुहुन्छ, अनि उहाँसित ज्योतिले वास गर्छ। 23 हे मेरा पितापुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु र तपाईंको प्रशंसा गर्छु; तपाईंले मलाई बुद्धि र सामर्थ्य दिनुभएको छ; अनि तपाईंबाट जुन कुरा पाउनलाई हामीले विन्ती गर्यौंज, त्यो कुरा तपाईंले अहिले मलाई प्रकट गर्नुभएकोझ छ; किनकि तपाईंले हामीलाई राजाको कुरा प्रकट गर्नुभएकोझ छ।”
दानियल सपनाको अर्थ खोल्छन्
24 यसकारण दानियल भित्र अर्योककहाँ गए, जसलाई राजाले बाबेलका बुद्धिमान् मानिसहरूलाई नाश गर्न भनी नियुक्त गरेका थिए; उनी गए, र तिनलाई यसो भने: “बाबेलका बुद्धिमान् मानिसहरूलाई नाश नगर्नुहोस्! मलाई भित्र राजाको सामु लैजानुहोस्, र म राजालाई त्यस सपनाको अर्थञ बताइदिनेछु।”
25 तब अर्योकले दानियललाई हतार-हतार भित्र राजाको सामु ल्याए, र तिनलाई यसो भने: “मैले यहूदाका कैदीहरूमध्ये एउटा मानिसलाई भेट्टाएको छु, जसले राजालाई त्यस सपनाको अर्थञ बताउनेछ।” 26 राजाले जवाफ दिए, र दानियललाई, जसको नाम बेल्त-शज्जर थियो, भने: “के तिमीले मलाई मैले देखेको सपना र त्यसको अर्थ बताउन सक्छौ?” 27 दानियलले राजाको सामु जवाफ दिए र भने: “जुन रहस्य राजाले माग गर्नुभएको छ, त्यो रहस्य बुद्धिमान् मानिसहरूले, ज्योतिषीहरूले, जादुगरहरूले र जोखना हेर्नेहरूले राजालाई बताउन सक्नेछैनन्; 28 तर स्वर्गमा एउटा परमेश्वर हुनुहुन्छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्छ; अनि उहाँले पछिल्ला दिनहरूमा के हुनेछ, सो कुरा राजा नबूकद्नेस्सरलाई बताउनुहुन्छ। तपाईंको सपना, र तपाईंको पलङमाथि देखिएका तपाईंको शिरका दर्शनहरू यी हुन्: 29 तपाईंचाहिँ, हे राजा, आफ्नो पलङमाथि हुनुहुँदा तपाईंको मनमा ‘यसपछि के हुन्छ होला?’ भन्ने विचारहरू उठे; अनि जसले रहस्यहरू प्रकट गर्नुहुन्छ, उहाँले के हुनेछ, सो कुरा तपाईंलाई बताउनुहुन्छ। 30 तर मचाहिँ – मसँग अरू कुनै जीवित प्राणीसित भन्दा बढ़ी बुद्धि भएकोले यो रहस्य मकहाँ प्रकट भएको होइन, तर यस सपनाको अर्थ राजालाई बताइयोस्, र हजुरले आफ्नो हृदयको विचार जानून् भनेर प्रकट भएको हो।
31 हे राजा, तपाईंले हेरिरहनुहुँदा हेर, एउटा ठूलो मूर्ति! त्यो ठूलो मूर्ति, जसको चमक अति उत्तमट थियो, तपाईंको सामु खड़ा थियो; अनि त्यसको रूप भयानक थियो। 32 त्यस मूर्तिको शिर उत्तम सुनको थियो, त्यसको छाती र त्यसका पाखुराहरू चाँदीका थिए, र त्यसको पेट र त्यसका तिघ्राहरू पित्तलका थिए; 33 त्यसका खुट्टाहरू फलामका थिए, र त्यसका पाउहरूचाहिँ केही भाग फलामका र केही भाग माटाका थिए। 34 तपाईंले त्यति बेलासम्म हेरिरहनुभएको थियो, जब एउटा ढुङ्गा कसैका हातहरूविना काटियो, जसले त्यस मूर्तिलाई त्यसका फलाम र माटोले बनेका पाउहरूमा हिर्कायो र तिनलाई टुक्रा-टुक्रा पारिदियो। 35 त्यसपछि फलाम, माटो, पित्तल, चाँदी र सुन एकसाथ टुक्रा-टुक्रा भए, र ग्रीष्म ऋतुका खलाहरूको भुसझैं भए; अनि हावाले तिनलाई उड़ाएर लग्यो, र ती थोकहरूका निम्ति कुनै ठाउँ पाइएन; अनि जुन ढुङ्गाले त्यस मूर्तिलाई हिर्कायो, त्यो ढुङ्गा एउटा ठूलो पहाड़ बन्यो, र सम्पूर्ण पृथ्वीलाई भरिदियो।
36 सपना यही हो; अनि हामी राजाको सामु त्यसको अर्थ बताइदिनेछौं। 37 हे राजा, तपाईंचाहिँ राजाहरूका राजा हुनुहुन्छ; किनकि स्वर्गका परमेश्वरले तपाईंलाई राज्य, अधिकार, शक्ति र महिमा दिनुभएको छ। 38 अनि जहाँ-जहाँ मानिसका सन्तानहरू, मैदानका पशुहरू र आकाशका चराहरू बस्छन्, ती सबै ठाउँहरू उहाँले तपाईंको हातमा दिनुभएको छ र ती सबैमाथि तपाईंलाई शासक तुल्याउनुभएको छ। त्यो सुनको शिर तपाईं नै हुनुहुन्छ। 39 अनि तपाईंपछिठ तपाईंभन्दा कमसल अर्को राज्य खड़ा हुनेछ; अनि अर्को, पित्तलको तेस्रो राज्य खड़ा हुनेछ, जसले सारा पृथ्वीमाथि राज्य गर्नेछ। 40 अनि चौथो राज्यचाहिँ फलामजस्तै बलियो हुनेछ; किनकि फलामले टुक्रा-टुक्रा पार्दछ र सबै कुराहरू दमन गर्दछ; अनि जसरी फलामले सबै कुराहरू चूरचूर पार्दछ, त्यसरी त्यसले टुक्रा-टुक्रा पार्नेछ र चूरचूर पार्नेछ। 41 अनि जसरी तपाईंले पाउहरू र औंलाहरू केही भाग कुमालेको माटाका र केही भाग फलामका देख्नुभयो, त्यसरी नै त्यो राज्य विभाजित हुनेछ; तरै पनि त्यसभित्र फलामको बल हुनेछ; किनकि तपाईंले फलाम गिलो माटोसँग मिसिएको देख्नुभयो। 42 अनि जसरी पाउहरूका औंलाहरू केही भाग फलामका र केही भाग माटाका थिए, त्यसरी नै यो राज्य केही भाग बलियो र केही भाग फुटिजाने किसिमको हुनेछ। 43 अनि जसरी तपाईंले फलाम गिलो माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै तिनीहरू मानिसका सन्तानसँग मिसिनेछन्; तर जसरी फलाम माटोसँग मिसिँदैन, त्यसरी नै तिनीहरू एक-अर्कासँग टाँसिनेछैनन्। 44 अनि ती राजाहरूका दिनहरूमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ, जुन राज्य कहिल्यै नष्ट हुनेछैन; अनि त्यो राज्य अरू कुनै जातिको हातमा छोड़िनेछैन, तर त्यसले ती सबै राज्यहरू टुक्रा-टुक्रा पारेर नाशड गर्नेछ; अनि त्यो सदा-सर्वदा स्थिर रहनेछ। 45 तपाईंले कसैका हातहरूविना पहाड़बाट त्यो ढुङ्गा काटिएको देख्नुभयो, र त्यसले फलाम, पित्तल, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो; यसकारण महान् परमेश्वरले राजालाई यसपछि के हुने हो, सो थाहा दिनुभएको छ; अनि यो सपना पक्का हो, र यसको अर्थ निश्चितढ छ।”
46 तब राजा नबूकद्नेस्सरले आफ्नो अनुहार भुइँमा टेकाएर दानियललाई दण्डवत् गरे, अनि उनलाई भेटी, र धूपण चढ़ाउने आज्ञा दिए। 47 राजाले दानियललाई जवाफ दिएर भने: “यो कुरा साँचो हो; तिमीहरूका परमेश्वरचाहिँ ईश्वरहरूका परम ईश्वर र राजाहरूका प्रभु हुनुहुन्छ, अनि गुप्त कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यो रहस्य प्रकट गर्न सक्यौ।” 48 तब राजाले दानियललाई एउटा महान् व्यक्ति तुल्याए, र उनलाई धेरै ठूला-ठूला दानहरू दिए, अनि उनलाई बाबेलको सम्पूर्ण प्रान्तका शासक बनाए, र बाबेलका सबै बुद्धिमान् मानिसहरूमाथि उनलाई राज्यपालहरूका प्रधान तुल्याए। 49 तब दानियलले राजालाई विन्ती गरे; अनि तिनले शद्रक, मेशक र अबेद-नेगोलाई बाबेलका प्रान्तका कार्यहरूमाथि अधिकारीको रूपमा नियुक्त गरे; तर दानियलचाहिँ राजाको मूलढोकामात बसे।