दानियलका तीन साथीहरू सुनको मूर्तिलाई ढोग्दैनन्
3
राजा नबूकद्नेस्सरले एउटा सुनको मूर्ति बनाए, जसको उचाइ साठी हात थियो र जसको चौड़ाइ छ हात थियो; तिनले त्यसलाई बाबेलको प्रान्तमा दूराको मैदानमा खड़ा गरे। 2 तब राजा नबूकद्नेस्सरले शासकहरू, राज्यपालहरू, कप्तानहरू, न्यायकर्ताहरू, खजान्चीहरू, सल्लाहकारहरू, दण्डाधिकारीहरू र प्रान्तहरूका सबै अधिकारीहरूलाई, तिनीहरू राजा नबूकद्नेस्सरले खड़ा गरेको मूर्तिको समर्पण-समारोहमा आऊन् भनी बोलाइपठाए। 3 तब राजा नबूकद्नेस्सरले खड़ा गरेको मूर्तिको समर्पण-समारोहमा शासकहरू, राज्यपालहरू, कप्तानहरू, न्यायकर्ताहरू, खजान्चीहरू, सल्लाहकारहरू, दण्डाधिकारीहरू र प्रान्तहरूका सबै अधिकारीहरू भेला भए; अनि तिनीहरू नबूकद्नेस्सरले खड़ा गरेको मूर्तिको सामु उभिए। 4 तब उद्घोषकले चर्को सोरले कराएर भन्यो: “हे मानिसहरू, जातिहरू र भाषाहरूहो, तिमीहरूलाई यो हुकुम दिइन्छ: 5 ‘जुन समयमा तिमीहरूले नरसिङ्गाक, बाँसुरी, वीणा, सारङ्गीख, सितार, मसकबाजा र सबै प्रकारका बाजाको आवाज सुन्छौ, तब तिमीहरूले भुइँमा घोप्टो परेर राजा नबूकद्नेस्सरले खड़ा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्नू! 6 अनि जसले भुइँमा घोप्टो परेर दण्डवत् गर्दैन, त्यो त्यही घड़ी नै जलिरहेको आगोको भट्टीभित्र फालिनेछ।’ ” 7 यसकारण जति बेला सबै मानिसहरूले नरसिङ्गाक, बाँसुरी, वीणा, सारङ्गीख, सितार र सबै प्रकारका बाजाहरूको आवाज सुने, त्यति बेला सबै मानिसहरू, जातिहरू र भाषाहरू भुइँमा घोप्टो परे, र तिनीहरूले राजा नबूकद्नेस्सरले खड़ा गरेको सुनको मूर्तिलाई दण्डवत् गरे।8 यसकारण त्यस समय कति कल्दीहरू नजिक आए, र यहूदीहरूलाई दोष लगाए। 9 तिनीहरूले कुरा उठाएग, र राजा नबूकद्नेस्सरलाई भने: “राजा अमर रहून्! 10 हे राजा, तपाईंले यस्तो आज्ञा गर्नुभएको छ: ‘हरेक जसले नरसिङ्गाक, बाँसुरी, वीणा, सारङ्गीख, सितार, मसकबाजा र सबै प्रकारका बाजाको आवाज सुन्ला, त्यो भुइँमा घोप्टो परोस्, र सुनको मूर्तिलाई दण्डवत् गरोस्! 11 अनि जसले भुइँमा घोप्टो परेर दण्डवत् गर्दैन, त्यो जलिरहेको आगोको भट्टीभित्र फालिनेछ।’ 12 केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद-नेगो, जसलाई तपाईंले बाबेल प्रान्तका कार्यहरूमाथि अधिकारीको रूपमा नियुक्त गर्नुभएको छ; हे राजा, यी मानिसहरूले तपाईंलाई आदर दिएका छैनन्; तिनीहरू तपाईंका देवताहरूको पूजाघ गर्दैनन्, न ता तपाईंले खड़ा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्छन्।”
13 तब नबूकद्नेस्सरले आफ्नो रिस र क्रोधमा शद्रक, मेशक र अबेद-नेगोलाई ल्याउने आज्ञा गरे। तब तिनीहरूले ती मानिसहरूलाई राजाको सामु ल्याए। 14 तब नबूकद्नेस्सर बोलेङ, र उनीहरूलाई भने: “हे शद्रक, मेशक र अबेद-नेगो, के तिमीहरू मेरा देवताहरूको पूजा गर्दैनौ, र मैले खड़ा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा साँचो हो? 15 अब जुन समय तिमीहरूले नरसिङ्गाक, बाँसुरी, वीणा, सारङ्गीख, सितार, मसकबाजा र सबै प्रकारका बाजाहरूको आवाज सुन्छौ, त्यस समय तिमीहरू तयार छौ भने, ठीक छ, भुइँमा घोप्टो पर, र मैले बनाएको त्यस मूर्तिलाई दण्डवत् गर! तर तिमीहरू दण्डवत् गर्दैनौ भने त्यही घड़ी नै तिमीहरू जलिरहेको आगोको भट्टीभित्र फालिनेछौ; तब त्यो कुनचाहिँ ईश्वर होला, जसले तिमीहरूलाई मेरो हातबाट छुटाउला?”
16 शद्रक, मेशक र अबेद-नेगोले जवाफ दिए र राजालाई भने: “हे नबूकद्नेस्सर, यस विषयमा तपाईंलाई जवाफ दिने खाँचो हामीलाई छैन। 17 यस्तै हो भने पनि हाम्रा परमेश्वरले, जसको सेवा हामी गर्दछौं, हामीलाई त्यस जलिरहेको आगोको भट्टीबाट छुटाउन सक्नुहुन्छ; अनि हे राजा, उहाँले हामीलाई तपाईंको हातबाट छुटाउनुहुनेछ। 18 तर यस्तो भएन भने पनि हे राजा, यो कुरा तपाईंलाई थाहा होस् : हामी तपाईंका देवताहरूको पूजा गर्नेछैनौं, न ता तपाईंले खड़ा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौं।”
सात गुणा दन्काइएको आगोको भट्टी
19 तब नबूकद्नेस्सर क्रोधले भरिए, अनि शद्रक, मेशक र अबेद-नेगोको विरोधमा तिनको चेहराको रूप बदली भयो; यसकारण तिनी बोलेङ, र अरू बेला जति गरम पारिन्थ्योच, त्योभन्दा सात गुणा बढ़ी त्यो भट्टी तातोछ पार्ने आज्ञा दिए। 20 अनि तिनले आफ्नो सेनाका सबैभन्दा शूरवीर योद्धाहरूलाई शद्रक, मेशक र अबेद-नेगोलाई बाँध्ने र उनीहरूलाई जलिरहेको आगोको भट्टीभित्र फालिदिने आज्ञा दिए। 21 तब यी मानिसहरू उनीहरूका कोटहरू, उनीहरूका दौराहरू र उनीहरूका टोपीहरू र उनीहरूका अरू वस्त्रहरूसँगै बाँधिए, र त्यस जलिरहेको आगोको भट्टीभित्र फालिए। 22 यसकारण राजाको आज्ञा जरूरी भएको हुनाले र भट्टी साह्रै गरम भएको हुनाले आगोको ज्वालाले शद्रक, मेशक र अबेद-नेगोलाई उठाएर लैजाने ती मानिसहरूलाई मारिदियो। 23 अनि यी तीनजना मानिसहरू, शद्रक, मेशक र अबेद-नेगो बाँधिएकै अवस्थामा त्यस जलिरहेको आगोको भट्टीको बीचमा खसे।
24 तब राजा नबूकद्नेस्सर आश्चर्यचकितज भए, र हतार-हतार उठे; अनि जवाफ दिएर तिनले आफ्ना सल्लाहकारहरूलाई भने: “के हामीले त्यस आगोको बीचमा तीनजना बाँधिएका मानिसहरूलाई फालेका होइनौं र?” तिनीहरूले जवाफ दिएर राजालाई भने: “हे राजा, सही हो!” 25 तिनले जवाफ दिएर भने: “हेर, म चारजना मानिसहरूलाई फुक्का भएर आगोको बीचमा हिँड़िरहेका देख्दैछु, र तिनीहरूलाई कुनै हानि भएको छैन; अनि चौथोचाहिँको रूप परमेश्वरको पुत्रजस्तै छ।”
26 तब नबूकद्नेस्सर त्यस जलिरहेको आगोको भट्टीको मुखनिरझ आए, जवाफ दिए र भने: “हे परमप्रधान परमेश्वरका दासहरू शद्रक, मेशक र अबेद-नेगो, बाहिर निस्क, र यहाँ आओ!” तब शद्रक, मेशक र अबेद-नेगो त्यस आगोको बीचबाट निस्केर आए। 27 अनि शासकहरू, राज्यपालहरू, कप्तानहरू र राजाका सल्लाहकारहरू भेला भए, र यी मानिसहरूलाई हेरे, जसका शरीरहरूमाथि आगोले कुनै असर पारेकोञ थिएन, न उनीहरूको शिरको केश डढ़ेको थियो, न उनीहरूका कोटहरू बदली भएका थिए, न ता उनीहरूमाथि कुनै आगोको गन्ध नै थियोट।
28 तब नबूकद्नेस्सरले जवाफ दिएर भने: “शद्रक, मेशक र अबेद-नेगोका परमेश्वर धन्यको होऊन्, जसले आफ्नो दूतलाई पठाएर आफ्ना दासहरूलाई छुटाउनुभयो, जसले उहाँमाथि भरोसा राखे, अनि आफ्ना परमेश्वरलाई बाहेक अरू कुनै देवतालाई पूजा गर्नु वा दण्डवत् गर्नु नपरोस् भनेर राजाको वचन बदली गरे, र आफ्नै शरीरहरू दिइहाले। 29 यसकारण म यो आज्ञा दिँदछुठ: हरेक मानिस, जाति र भाषा, जसले शद्रक, मेशक र अबेद-नेगोका परमेश्वरको विरोधमा कुनै बेठीक कुरा बोल्छ, त्यो टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू घुरान बनाइनेछन्; किनकि यस प्रकारले छुटाउन सक्ने अरू कुनै ईश्वर छैन।” 30 तब राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद-नेगोको पदोन्नति गरिदिए।