परमप्रभुले इस्राएललाई दण्ड दिन छोड़्नुहुन्न
9
“हे इस्राएल, अरू मानिसहरूले झैं हर्षले आनन्द नमना; किनभने तैंले आफ्ना परमेश्वरलाई त्यागेर वेश्याकर्म गरेको छस्, तैंले हरेक अन्नको खलामा वेश्याकर्मको ज्याला मन पराएको छस्। 2 खला र कोलले तिनीहरूलाई खुवाउनेछैनन्; अनि त्यसमा नयाँ दाखमद्यको घटी हुनेछ। 3 तिनीहरू परमप्रभुको देशमा बस्नेछैनन्; तर एप्रैम मिस्रमा फर्कनेछ, अनि तिनीहरूले अश्शूरमा अशुद्ध कुराहरू खानेछन्। 4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको अर्घबलि चढ़ाउनेछैनन्, न ता ती उहाँका निम्ति मनपर्दा ठहरिनेछन्; तिनीहरूका बलिहरू तिनीहरूका निम्ति शोक गर्नेहरूको रोटीजस्ता हुनेछन्; जतिले त्यसबाट खान्छन्, तिनीहरू सबै अशुद्ध हुनेछन्; किनभने जुन रोटी तिनीहरूकै प्राणका निम्ति हो, त्यो तिनीहरूको रोटी परमप्रभुको भवनभित्र आउनेछैन। 5 तोकिएको चाड़को दिनमा र परमप्रभुको चाड़को दिनमा तिमीहरूले के गर्नेछौ? 6 किनकि हेर, विनाशले गर्दा तिनीहरू गइहालेका छन्; तर मिस्रले तिनीहरूलाई जम्मा पार्नेछ, मेम्फिसलेक तिनीहरूलाई गाड़िदिनेछ; तिनीहरूका चाँदीका मनोहर ठाउँहरूलाई सिस्नुले ओगट्नेछख; तिनीहरूका वासस्थानहरूमा काँड़ैकाँड़ा हुनेछन्।7 दण्डका दिनहरू आएका छन्, बदला लिने दिनहरू आएका छन्; इस्राएलले यो कुरा जान्नेछ; तेरा धेरै अधर्म र ठूलो घृणाको कारणले भविष्यवक्ता मूर्ख, आत्मिक मानिस पागल भएको छ। 8 एप्रैमको पहरेदार मेरा परमेश्वरको साथमा थियो; तर भविष्यवक्ताचाहिँ उसका सबै बाटाहरूभरि नै चरा मार्नेको पासो हो; उसका परमेश्वरको भवनमा घृणा छ। 9 तिनीहरूले गिबाका दिनहरूमा झैं आफूलाई साह्रै भ्रष्ट पारेका छन्; यसकारण उहाँले तिनीहरूको अधर्म सम्झना गर्नुहुनेछ; उहाँले तिनीहरूका पापहरूको दण्ड दिनुहुनेछ।
10 उजाड़स्थानका अङ्गुरहरूजस्तो मैले इस्राएललाई भेट्टाएँ; नेभाराको रूखको पहिलो ऋतुमा त्यसको पहिलो पाकेको फलजस्तो मैले तिमीहरूका पितापुर्खाहरूलाई देखें; तर तिनीहरू बाल-पोरकहाँ गए, र त्यस शर्मलाग्दो वस्तुका निम्ति तिनीहरूले आफूलाई अलग पारे; अनि घृणित वस्तुहरूलाईग तिनीहरूले जस्तो प्रेम गरे, त्यहीअनुसार तिनीहरू घृणित वस्तुहरू बने। 11 एप्रैमको विषयमा चाहिँ – तिनीहरूको महिमा चराझैं उड़िजानेछ; न कसैको जन्म हुनेछ, न कोही गर्भवती हुनेछे, न कसैको गर्भ नै बस्नेछ। 12 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई हुर्काए-बढ़ाए तापनि म तिनीहरूलाई एउटै मानिस नरहने गरी निस्सन्तान तुल्याउनेछु; अँ, जब म तिनीहरूलाई छोड़ेर जाउँला, तब तिनीहरूलाई पनि हाय! 13 मैले टायरलाई जस्तो देखे, त्यस्तै एप्रैमचाहिँ एउटा मनोहर ठाउँमा रोपिएको छ; तर एप्रैमले आफ्ना छोराछोरीहरूलाई हत्याराकहाँ निकालेर लैजानेछ। 14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्! तपाईंले के दिनुहुनेछ? तिनीहरूलाई तुहुने गर्भ र सुकेका स्तनहरू दिनुहोस्!
15 तिनीहरूको सारा दुष्टता गिल्गालमा छ; किनभने त्यहाँ मैले तिनीहरूलाई घृणा गरें; तिनीहरूका कामहरूको दुष्टताको कारणले म तिनीहरूलाई मेरो घरबाट निकालिदिनेछु, म तिनीहरूलाई फेरि कहिल्यै प्रेम गर्नेछैनँ; तिनीहरूका सबै शासकहरू विद्रोहीहरू हुन्। 16 एप्रैम हिर्काइएको छ, तिनीहरूको जरा सुकेको छ; तिनीहरूले फल फलाउनेछैनन्; अँ, तिनीहरूले जन्माए तापनि तिनीहरूको गर्भका फलरूपी स्नेहपात्रहरूलाईघ म मारिदिनेछु। 17 मेरा परमेश्वरले तिनीहरूलाई फ्याँकिदिनुहुनेछ; किनभने तिनीहरूले उहाँको कुरा ध्यानसित सुनेनन्ङ; अनि तिनीहरू जाति-जातिको बीचमा भड़्किहिँड़्ने हुनेछन्।”