इस्राएलमा इमानदारी छैन
6
“ ‘आओ, हामी परमप्रभुकहाँ फर्कौं; किनभने उहाँले च्यातचुत पार्नुभएको हो, र उहाँले नै हामीलाई निको पार्नुहुनेछ; उहाँले हिर्काउनुभएको हो, र उहाँले नै हामीलाई मलहमपट्टी बाँध्नुहुनेछ। 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिनमा उहाँले हामीलाई उठाएर खड़ा पार्नुहुनेछ, र हामी उहाँको सामु जिउनेछौं। 3 यसैले हामी उहाँलाई चिनौं! परमप्रभुलाई चिन्नुको पछि लागौं; उहाँको उदय बिहानीजस्तो निश्चित छ; अनि उहाँ वर्षाझैं, पृथ्वीमाथि बर्सने पछिल्लो र अघिल्लो वर्षाझैं हामीकहाँ आउनुहुनेछ।’4 हे एप्रैम, म तँसित के गरूँ? हे यहूदा, म तँसित के गरूँ? तिमीहरूको भलोपनाक त बिहानको कुइरोजस्तोख र एकाबिहानै उड़िजाने शीतजस्तो छ। 5 यसकारण मैले तिनीहरूलाई भविष्यवक्ताहरूद्वारा काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तिनीहरूलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; अनि तेरा न्यायहरू निस्केर जाने ज्योतिजस्ता छन्। 6 किनकि मैले बलिदान होइन, तर कृपाको चाहना गरेको छु; होमबलिहरूभन्दा बढ़ी मानिसले परमेश्वरको ज्ञान राखेको चाहेको छु। 7 तर तिनीहरूले मानिसहरूले झैंग वाचालाई तोड़ेकाघ छन्; त्यहाँ तिनीहरूले मसितङ विश्वासघात गरेका छन्। 8 गिलादचाहिँ अधर्म गर्नेहरूको शहर हो र रगतले पोतिएको हो। 9 अनि जसरी डाँकूहरूका दलहरू मानिसलाई ढुकेर बस्छन्, त्यसरी नै पूजाहारीहरूको दलले एकै मत भएरच बाटोमा हत्या गर्छ; किनभने तिनीहरूले कामुकता गर्छन्। 10 इस्राएलको घरानामा मैले भयानक कुरा देखेको छु; त्यहाँ एप्रैमको वेश्यागमन छ, इस्राएल अशुद्ध भएको छ। 11 हे यहूदा, जब म आफ्नो प्रजाको कैदलाईछ फर्काएर ल्याउनेछु, तब तिम्रा निम्ति पनि कटनी ठहऱ्याइएको छ।”