इस्राएलसित परमप्रभुको मुद्दा छ
4
“हे इस्राएलीहरूहो, परमप्रभुको वचन सुन; किनकि यस देशका बासिन्दाहरूसँग परमप्रभुको एउटा मुद्दा छ; किनभने यस देशमा न सत्यता छ, न कृपा न परमेश्वरको ज्ञान नै छ। 2 शपथ खान, झूट बोल्न, हत्या गर्न, चोरी गर्न र व्यभिचार गर्नमा तिनीहरू सीमा नाघेर जान्छन्; अनि रक्तपातमाथि रक्तपात हुन्छ। 3 यसकारण यस देशले विलाप गर्नेछ, र यसमा बस्ने हरेक मानिस मैदानका पशुहरू र आकाशका चराहरूको साथमा ओइलिनेछ; अँ, समुद्रका माछाहरू पनि लगिनेछन्।4 तरै पनि कसैले कसैसँग झगड़ा नगरोस्, न ता कसैले कसैलाई हप्काओस्! किनभने तिम्रा मानिसहरू पूजाहारीसँग झगड़ा गर्नेहरूजस्ता छन्। 5 यसकारण तिमीले दिनमै ठेस खानेछौ, र भविष्यवक्ताले पनि रातमा तिमीसँग ठेस खानेछ; अनि म तिम्री आमालाई नाश गर्नेछु।
6 मेरो प्रजा ज्ञानको अभावले नष्ट भयो; तिमीले ज्ञानलाई रद्द गरेका हुनाले म पनि तिमीलाई मेरो पूजाहारी हुनदेखि रद्द गर्नेछु; तिमीले आफ्ना परमेश्वरको व्यवस्था बिर्सिदिएका हुनाले म पनि तिम्रा छोराछोरीहरूलाई बिर्सिदिनेछु।
7 तिनीहरू जति बढ़े, त्यति नै तिनीहरूले मेरो विरोधमा पाप गरे; यसकारण म पनि तिनीहरूको महिमा शर्ममा बदली गरिदिनेछु। 8 तिनीहरूले मेरो प्रजाको पाप खान्छन्क; अनि तिनीहरूले उनीहरूको अधर्मको चाहना गर्छन्ख। 9 अनि जस्ता मानिसहरू छन्, त्यस्तै पूजाहारी हुनेछ; अनि म तिनीहरूलाई तिनीहरूका चालचलनहरूको दण्ड दिनेछु र तिनीहरूलाई तिनीहरूका कामहरूको प्रतिफल दिनेछु। 10 किनकि तिनीहरूले खानु त खानेछन्, तर तृप्त हुनेछैनन्; तिनीहरूले वेश्याकर्म त गर्नेछन्, तर बढ़्नेछैनन्; किनभने तिनीहरूले परमप्रभुमाथि ध्यान दिन छोड़िदिएका छन्। 11 वेश्यागमन, दाखमद्य र नयाँ दाखमद्यले हृदयलाई हरण गर्छन्। 12 मेरो प्रजाले आफ्नो ठुटाबाट सल्लाह माग्छन्, र तिनीहरूको लौरोले तिनीहरूलाई भविष्य बताउँछग; किनकि वेश्याकर्महरूको आत्माले तिनीहरूलाई भड़्किने तुल्याएको छ; अनि तिनीहरूले आफ्ना परमेश्वरको अधीनताबाट हटेर तिनीहरूले वेश्याकर्म गरेका छन्।
13 तिनीहरू पहाड़हरूका टाकुराहरूमा बलि चढ़ाउँछन् र डाँड़ाहरूहुँदो फलाँट, जामून र कटुसकाघ रूखहरूमुनि धूप बाल्छन्; किनभने तिनीहरूको छाया असल हो; यसैकारण तिमीहरूका छोरीहरूले वेश्याकर्म गर्नेछन् र तिमीहरूका पत्नीहरूलेङ व्यभिचार गर्नेछन्। 14 तिमीहरूका छोरीहरूले वेश्याकर्म गर्दा र तिमीहरूका स्वास्नीहरूलेङ व्यभिचार गर्दा म तिनीहरूलाई दण्ड दिनेछैनँ; किनकि पुरुषहरूच नै वेश्याहरूसँग अलग जान्छन्, र देवदासीहरूसँगछ बलि चढ़ाउँछन्; यसकारण समझ नभएका मानिसहरू ठेस खाएर लड़्नेछन्।
15 हे इस्राएल, तिमीले वेश्याकर्म गरे तापनि यहूदा दोषी नहोस्; अनि गिल्गालमा नआओ, माथि बेत-आवनमा नजाओ र ‘परमप्रभुको जीवनको शपथ’ भन्दै शपथ खाँदै नखाओ!
16 किनभने पछि हट्ने कोरलीजस्तो इस्राएल पछि हटेको छ; अब परमप्रभुले तिनीहरूलाई फराकिलो ठाउँमा भेड़ाको पाठालाई झैं चराउनुहुनेछ। 17 एप्रैम त मूर्तिहरूसँग जोड़िएको छ; त्यसलाई छोड़िदेऊ! 18 तिनीहरूको मदिरा अमिलो छ; तिनीहरूले निरन्तर वेश्याकर्म गरेका छन्; त्यसका शासकहरूले शर्मलाई अति नै प्रेम गर्छन्। 19 हावाले त्यसलाई आफ्ना पखेटाहरूमा बाँधेकोज छ; अनि तिनीहरू आफ्ना बलिदानहरूको कारणले लज्जित हुनेछन्।”