होशेले आफ्नी व्यभिचारी पत्नीलाई फेरि ग्रहण गर्छन्
3
तब परमप्रभुले मलाई भन्नुभयो: “फेरि जाऊ, जुन इस्राएलीहरू अरू देवताहरूतिर फर्किरहेका छन् र दाखमद्यका सुराहीहरू मन पराइरहेका छन्क, ती इस्राएलीहरूप्रति भएको परमप्रभुको प्रेमअनुसार एउटी स्त्रीलाई प्रेम गर, जसले व्यभिचारिणी भए तापनि आफ्नो साथीको प्रेम पाइकी छे!” 2 तब पन्ध्र टुक्रा चाँदी र डेढ़ होमेरख जौ दिएर मैले उसलाई आफ्ना निम्ति किनें; 3 अनि मैले उसलाई भनें: “तिमी धेरै दिनसम्म मेरै निम्ति रहिरहनू; तिमीले वेश्याकर्म नगर्नू; अनि तिमी अर्को मानिसकी नहुनू! तब म पनि तिमीप्रति यस्तै रहनेछु।” 4 किनभने इस्राएलीहरू धेरै दिनसम्म विनाराजा, विनाशासक, विनाबलिदान, विनामूर्तिग, विनाएपोद र विनागृहदेवता रहनेछन्; 5 त्यसपछि इस्राएलीहरू फर्कनेछन्, अनि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई र दाऊद आफ्ना राजालाई खोज्नेछन्; अनि पछिल्ला दिनहरूमा तिनीहरू परमप्रभुको र उहाँको भलाइको डर मान्नेछन्।