इस्राएलको व्यभिचार र त्यसको दण्ड
2
“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’क र आफ्ना दिदीबहिनीहरूलाई ‘रूहामा’ख भनिदेओ! 2 तिमीहरूकी आमासित मुद्दा लड़, मुद्दा लड़; किनभने त्यो मेरी पत्नी होइन, अनि म त्यसको पति होइनँ; यसकारण त्यसले आफ्नो सामुबाट आफ्ना वेश्याकर्महरू र आफ्ना स्तनहरूको बीचबाट आफ्ना व्यभिचारहरू हटाओस्! 3 नत्र म त्यसका लुगाहरू फुकालेर त्यसलाई नाङ्गै पारिदिनेछु, अनि त्यो जन्मेको दिनमा जस्ती थिई, त्यस्तै म त्यसलाई हाजिर गराउनेछुग; अनि म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु, त्यसलाई सुक्खा भूमि तुल्याइदिनेछु र त्यसलाई तिर्खाले मार्नेछु।4 अनि म त्यसका छोराछोरीहरूमाथि दया देखाउनेछैनँ; किनकि तिनीहरू वेश्याकर्महरूका छोराछोरीहरू हुन्। 5 किनभने तिनीहरूकी आमाले वेश्याकर्म गरेकी छे; जसले तिनीहरूलाई गर्भधारण गरी, त्यसले शर्मलाग्दो काम गरेकी छे; किनकि त्यसले भन्थी: ‘म आफ्ना प्रेमीहरूको पछि लाग्नेछु, जसले मलाई मेरो रोटी र मेरो पानी, मेरो ऊन र मेरो सनघ, मेरो तेल र मेरा पिउने कुराहरू दिन्छन्।’
6 यसकारण हेर, त्यसले आफ्ना बाटाहरू नभेट्टाओस् भनेर म तिम्रो बाटो काँड़ाहरूले बार्नेछु र त्यसको वरिपरि एउटा पर्खालङ लगाउनेछु। 7 अनि त्यसले आफ्ना प्रेमीहरूलाई पछ्याउनु त पछ्याउनेछे, तर तिनीहरूलाई भेट्नेछैन; अनि त्यसले तिनीहरूलाई खोज्नेछे, तर भेट्टाउनेछैन। तब त्यसले भन्नेछे: ‘म जानेछु, र मेरा पहिलो पतिकहाँ फर्कनेछु; किनकि मलाई अहिलेभन्दा त्यस बेलामै राम्रो थियो।’ 8 किनकि मैले नै त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिएँ, र मैले नै त्यसका निम्ति चाँदी र सुन बढ़ाइदिएँ भन्ने कुरा त्यसले थाहा पाइन; जुन थोकहरू तिनीहरूले बाल देवताका निम्ति चलाए। 9 यसकारण म फर्कनेछु, र मेरो अन्न अन्नको समयमा र मेरो नयाँ दाखमद्य नयाँ दाखमद्यको ऋतुमा उठाइलैजानेछु; अनि म त्यसको नग्नता ढाक्नलाई दिइएको मेरो ऊन र मेरो कपासच लैजानेछु। 10 अनि अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसको तन उघारिदिनेछु, र कसैले पनि त्यसलाई मेरो हातबाट छुटाउनेछैन। 11 अनि म त्यसको सम्पूर्ण खुशीयाली र त्यसका चाड़हरू, त्यसका औंसीहरू र त्यसका विश्रामदिनहरू, अँ, त्यसका सबै तोकिएका चाड़हरू पनि अन्त गरिदिनेछु। 12 अनि म त्यसका दाखका बोटहरू र त्यसका नेभाराका रूखहरू नाश गर्नेछु, जसको विषयमा त्यसले ‘यी थोकहरूचाहिँ मेरा प्रेमीहरूले मलाई दिएका मेरो ज्याला हुन्’ भन्थी; अनि म तिनलाई एउटा वन तुल्याइदिनेछु, र मैदानका पशुहरूले तिनलाई खाइदिनेछन्। 13 अनि जुन दिनहरूमा त्यसले बाल देवताहरूलाई धूप बाल्थी, अनि आफ्ना कुन्डलहरू र आफ्ना गहनाहरूले आफूलाई सिँगार्थी, र आफ्ना प्रेमीहरूको पछि लाग्थी, ती दिनहरूका निम्ति म त्यसलाई दण्ड दिनेछु; तर मलाई चाहिँ त्यसले बिर्सी, परमप्रभु भन्नुहुन्छ।”
परमप्रभुले विश्वासयोग्य नरहेको आफ्नो प्रजालाई प्रेम गर्नुहुन्छ
14 “यसकारण हेर, म त्यसलाई फकाउनेछु, त्यसलाई उजाड़स्थानमा ल्याउनेछु र त्यसको हृदयसित बोल्नेछु। 15 अनि त्यहाँबाट म त्यसलाई त्यसका दाखबारीहरू, र आकोरको बेंसी आशाको ढोकाको रूपमा दिनेछु; अनि त्यहाँ त्यसले आफ्ना जवानीका दिनहरूमा झैं र मिस्र देशबाट निस्केर आएको दिनमा झैं गाउनेछे।
16 अनि त्यस दिनमा यस्तो हुनेछ: तिमीले मलाई ‘इशी’छ भनी सम्बोधन गर्नेछ्यौ, र ‘बाली’ज भनेर मलाई फेरि कहिल्यै सम्बोधन गर्नेछैनौ, परमप्रभु भन्नुहुन्छ। 17 किनभने त्यसको मुखबाट म बाल देवताहरूका नामहरू हटाइदिनेछु, र ती देवताहरूझ फेरि कहिल्यै तिनीहरूको नामले सम्झना गरिनेछैनन्। 18 अनि त्यस दिन म उनीहरूका निम्ति मैदानका पशुहरू, आकाशका चराहरू र भुइँमाथि घस्रने जन्तुहरूसँग एउटा वाचा बाँध्नेछु; अनि यस पृथ्वीबाट म धनु, तरवार र लड़ाइँ मेटिदिनेछु र उनीहरूलाई सुरक्षासाथ सुत्ने तुल्याउनेछु।
19 अनि म तिमीलाई सधैंभरि मेरी हुनका निम्ति मगनी गर्नेछु; अँ, धार्मिकतामा, न्यायमा, करुणामा र कोमल कृपाहरूमा म तिमीलाई मेरी हुनका निम्ति मगनी गर्नेछु। 20 अँ, विश्वासयोग्यतामा पनि म तिमीलाई मेरी हुनका निम्ति मगनी गर्नेछु; अनि तिमीले परमप्रभुलाई चिन्नेछ्यौ। 21 अनि त्यस दिनमा यस्तो हुनेछ: म सुन्नेछुञ, परमप्रभु भन्नुहुन्छ, म आकाशको विन्ती सुन्नेछुट; अनि त्यसले चाहिँ पृथ्वीको विन्ती सुन्नेछट; 22 अनि पृथ्वीले अन्न, नयाँ दाखमद्य र तेलको विन्ती सुन्नेछट; अनि ती थोकहरूले चाहिँ यिज्रेएलको विन्ती सुन्नेछन्ट। 23 अनि म त्यसलाई आफ्ना निम्ति पृथ्वीमाठ छर्नेछु; अनि म त्यसमाथि, जसले दया पाएकी थिइन, दया देखाउनेछु; अनि म तिनीहरूलाई, जो मेरो प्रजा थिएनन्, ‘तिमी मेरो प्रजा हौ’ भन्नेछु; अनि तिनीहरूले ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ’ भन्नेछन्।”