दुईवटा राज्य – मिस्र देश र सिरिया
11
‘अनि मचाहिँ – मादी दाराको पहिलो वर्षमा म उसलाई साथ दिन र बलियो तुल्याउन खड़ा भएँ।
2 अनि अब म तिमीलाई सत्यता बताउनेछु। हेर, फारसमा अझै पनि तीनजना राजा उठ्नेछन्; अनि चौथोचाहिँ तिनीहरू सबैभन्दा धेरै धनवान् हुनेछ; अनि जब आफ्नो धनसम्पत्तिद्वारा त्यो शक्तिशाली हुन्छ, तब त्यसले सबैलाई ग्रीस राज्यको विरोधमा उभाड़्नेछ।
3 अनि एउटा शक्तिशाली राजा उठ्नेछ, जसले ठूलो अधिकारसहित शासन गर्नेछ र आफ्नै इच्छाअनुसार काम गर्नेछ। 4 अनि जब त्यो उठ्नेछ, तब त्यसको राज्य टुक्रिनेछ र आकाशका चारै दिशातिर बाँड़िनेछ; तर त्यसका सन्तानका निम्ति होइन, र त्यसले शासन गरेको अधिकारअनुसार पनि होइन; किनकि त्यसको राज्य उखालिनेछ र तिनीहरूको सट्टामा अरूलाई दिइनेछ।
5 अनि दक्षिणको राजा बलवान् हुनेछ, र त्यसकै शासकहरूमध्ये एकजना पनि; यो त्योभन्दा अझ बलवान् हुनेछ, र शासन गर्नेछ; यसको राज्यचाहिँ एउटा ठूलो राज्य हुनेछ। 6 अनि वर्षहरूको अन्तमा तिनीहरू आपसमा मिल्नेछन्; किनकि दक्षिणको राजाकी छोरी सम्झौता गर्न उत्तरको राजाकहाँ आउनेछे; तर त्यस छोरीले पाखुराको बल थामिराख्‍नेछैन; न यो खड़ा रहनेछ, न यसको पाखुरा; तर त्यो छोरी आफै, साथै त्यसलाई ल्याउनेहरू, त्यसलाई जन्माउने बुबा र यी समयहरूमा त्यसलाई बलियो पार्नेचाहिँ त्यागिनेछन्
7 तर त्यस छोरीका जराहरूको एउटा हाँगाबाट एकजना यसको ठाउँमा उठ्नेछ, जो एउटा सेना लिएर आउनेछ, उत्तरको राजाको किल्‍लाभित्र पस्‍नेछ, तिनीहरूको विरोधमा काम गर्नेछ, र विजयी हुनेछ; 8 अँ, त्यसले तिनीहरूका ढालेर बनाएइका मूर्तिहरूको साथमा, अनि तिनीहरूका चाँदी र सुनका बहुमूल्य सरसामानहरूको साथमा तिनीहरूका देवताहरूलाई पनि कैदी बनाएर मिस्र देशमा लैजानेछ; अनि त्योचाहिँ उत्तरको राजाभन्दा बेसी वर्ष टिक्नेछ। 9 यसरी दक्षिणको राजा त्यसको राज्यभित्र आउनेछ, र आफ्नो देशमा फर्कनेछ।
10 तर त्यसका छोराहरू जुरमुराएर उठ्नेछन्, र ठूला-ठूला सेनाहरूको भीड़ भेला पार्नेछन्; अनि त्यो निश्‍चय आउनेछ, उर्लेर आउनेछ र पार भएर जानेछ; त्यसपछि त्यो फर्कनेछ, र जुरमुराएर यसको किल्‍लासम्म पनि पुग्‍नेछ। 11 अनि दक्षिणको राजा रिसले चूर हुनेछ, निस्केर आउनेछ, र त्यससँग अर्थात् उत्तरको राजासँग लड़ाइँ गर्नेछ; अनि त्यसले एउटा ठूलो भीड़ तयार पार्नेछ, अनि त्यो भीड़ यसको हातमा सुम्पिइनेछ। 12 त्यस भीड़लाई कब्जा गरेकोमा यसको हृदय फुल्नेछ; अनि यसले हजारौं-हजारलाई ढाल्नेछ, तर पनि त्यस कार्यद्वारा यो बलवन्त बन्‍नेछैन। 13 किनकि उत्तरको राजा फर्कनेछ, र पहिलेको भन्दा ठूलो भीड़ तयार पार्नेछ; अनि केही वर्षपछि त्यो निश्‍चय ठूलो सेना र प्रशस्त धनसम्पत्ति लिएर आउनेछ।
14 अनि ती दिनहरूमा धेरैजना दक्षिणको राजाको विरोधमा खड़ा हुनेछन्; अनि यो दर्शन पूरा गर्नलाई तिम्रो जातिका डाँकूहरूले पनि आफूलाई माथि उचाल्नेछन्; तर तिनीहरू ठेस खाएर लोट्नेछन्। 15 तब उत्तरको राजा आउनेछ, र ढिस्को उठाउनेछ, अनि पर्खालले घेरिएका शहरहरू कब्जा गर्नेछ; अनि न दक्षिणका शक्तिहरूले, न यसका चुनिएका मानिसहरूले सामना गर्नेछन्, न ता सामना गर्ने बल नै रहनेछ। 16 तर जो यसको विरोधमा आउँछ, त्यसले आफ्नो इच्छाअनुसार काम गर्नेछ, र त्यसको सामु कोही टिक्नेछैन; अनि त्यो महिमित देशमा उभिनेछ, जो त्यसकै हातद्वारा नष्‍ट हुनेछ 17 अनि आफ्नो सारा राज्यको शक्तिसित, र आफ्नो साथमा सीधा चालकाहरू लिएर त्यसले भित्र पस्‍नलाई आफ्नो अनुहार फर्काउनेछ, र यस्तै गर्नेछ; अनि त्यसले यसलाई स्त्रीहरूकी छोरी दिनेछ – त्यस छोरीलाई नाश गर्नका निम्ति; तर त्यो छोरी त्यसको पक्षमा उभिनेछैन, न ता त्यसका निम्ति नै केही हुनेछे। 18 त्यसपछि त्यसले आफ्नो अनुहार टापुहरूतिर फर्काउनेछ र धेरैलाई कब्जा गर्नेछ; तर एउटा शासकले त्यसले गरेको निन्दा त्यसकै निम्ति अन्त गरिदिनेछ, र त्यसको निन्दा त्यसैमाथि फर्काइदिनेछ। 19 तब त्यसले आफ्नो अनुहार आफ्नै देशका किल्‍लाहरूतिर फर्काउनेछ; तर त्यसले ठेस खानेछ, लड़्नेछ र भेट्टाइनेछैन।
20 तब त्यसको ठाउँमा अर्को एकजना कर उठाउनेचाहिँ राज्यको महिमामा खड़ा हुनेछ; तर केही दिनभित्र त्यो नाश हुनेछ – रिसमा होइन, लड़ाइँमा पनि होइन।
21 अनि त्यसको ठाउँमा एक तुच्छ मानिस खड़ा हुनेछ, जसलाई तिनीहरूले राज्यको इज्जत दिनेछैनन्; तर त्यो शान्तिपूर्वक भित्र पस्‍नेछ, र चिप्लो घसाइहरूद्वारा राज्य हात पार्नेछ। 22 अनि त्यसको सामुबाट तिनीहरू बाढ़रूपी शक्तिहरूद्वारा बगाइनेछन्, र टुक्रा-टुक्रा पारिनेछन्, अँ, वाचाको प्रधान पनि। 23 अनि त्यससँग मेलको वाचा बाँधेपछि त्यसले छलको काम गर्नेछ; किनकि त्यो माथि आउनेछ, र थोरै मानिस लिएर त्यो शक्तिशाली बन्‍नेछ। 24 शान्तिपूर्वक त्यो प्रान्तका मोटा-चिल्‍ला ठाउँहरूमा पनि प्रवेश गर्नेछ; अनि जुन काम न त्यसका पुर्खाहरूले, न त्यसका बुबाहरूका बुबाहरूले गरे, त्यो त्यसले गर्नेछ; त्यसले तिनीहरूको बीचमा डाँका मारेको माल, लुटको माल र धनसम्पत्तिहरू छरिदिनेछ; अनि केही समयसम्म त्यसले किल्‍लाहरूको विरोधमा युक्तिहरू रच्‍नेछ।
25 अनि एउटा ठूलो सेना लिएर त्यसले दक्षिणको राजाको विरोधमा आफ्नो बल र आफ्नो हिम्मत उभाड़्नेछ; अनि एउटा अत्यन्तै ठूलो र शक्तिशाली सेना लिएर दक्षिणको राजा लड़ाइँ गर्नका निम्ति मच्चेर उठ्नेछ; तर यो टिक्नेछैन, किनकि तिनीहरूले यसको विरोधमा युक्तिहरू रच्‍नेछन्। 26 अँ, यसको स्वादिष्‍ट भोजन खानेहरूले नै यसलाई नाश पार्नेछन्; अनि यसको सेना उर्लेर आउनेछ; अनि धेरै मारिएकाहरू ढल्नेछन्। 27 अनि यी दुवै राजाका हृदयहरू खराबी गर्नुपट्टि झुकेका हुनेछन्; अनि एउटै टेबलमा बसेर तिनीहरू झूट बोल्नेछन्; तर यो कुरा सफल हुनेछैन; किनकि तोकिएको समयमा अन्त आउने नै छ। 28 तब प्रशस्त धनसम्पत्ति लिएर त्यो आफ्नो देशमा फर्कनेछ; अनि त्यसको हृदय पवित्र वाचाको विरोधमा हुनेछ; अनि त्यसले काम गर्नेछ, र आफ्नो देशमा फर्कनेछ।
29 तोकिएको समयमा त्यो फर्कनेछ, र दक्षिणतिर आउनेछ; तर यो पहिलोजस्तो हुनेछैन, न पछिल्‍लोजस्तो हुनेछ। 30 किनकि कित्तिमका जहाजहरू त्यसको विरोधमा आउनेछन्; यसैले त्यो दुःखित हुनेछ, र फर्कनेछ, अनि पवित्र वाचाको विरोधमा क्रोधित हुनेछ, र काम गर्नेछ; अँ, त्यो फर्कनेछ, र पवित्र वाचा त्‍याग्‍नेहरूमाथि ध्यान लगाउनेछ 31 अनि शक्तिहरूक्ष त्यसको पक्षमा खड़ा हुनेछन्; अनि तिनीहरूले त्यो किल्‍लारूपी पवित्रस्थानलाई अशुद्ध पार्नेछन् र त्यो दिनहुँ चढ़ाइने बलिदान हटाइदिनेछन्; अनि तिनीहरूले त्यो घृणित वस्तु स्थापित गर्नेछन्, जसले उजाड़ पार्दछ। 32 अनि त्यसले वाचाको विरोधमा दुष्‍ट काम गर्नेहरूलाई चिप्लो घसी-घसीत्र भ्रष्‍टज्ञ पार्नेछ; तर जुन मानिसहरूले आफ्ना परमेश्‍वरलाई चिन्दछन्, उनीहरू बलवान् हुनेछन्, र बहादुरी गर्नेछन्। 33 अनि मानिसहरूको बीचमा जो-जो समझदार छन्, उनीहरूले धेरैलाई शिक्षा दिनेछन्क१; तापनि धेरै दिनसम्म उनीहरू तरवार र आगोको ज्वालाद्वारा, कैद र लुटाइद्वारा लोट्नेछन्। 34 अनि जब उनीहरू ठेस खाएर लोट्नेछन्, तब सानो सहायताद्वारा उनीहरूले सहायता पाउनेछन्; तर धेरैचाहिँ चिप्लो घसी-घसीख१ उनीहरूसँग टाँसिनेछन्ग१ 35 अनि समझदारहरूमध्ये कतिजना लोट्नेछन् – अन्तको समयसम्म उनीहरूलाई जाँच्‍नघ१, शुद्ध पार्न र सेता बनाउनलाई; किनभने यो दर्शन अझै तोकिएको समयका निम्ति हो।
36 अनि त्यस राजाले आफ्नै इच्छाअनुसार गर्नेछ; अनि त्यसले आफूलाई उचाल्नेछ, र आफूलाई हरेक ईश्‍वरभन्दा महान् तुल्याउनेछ, अनि ईश्‍वरहरूका परम ईश्‍वरको विरोधमा ताजुपङ१ लाग्‍ने कुराहरू बोल्नेछ; क्रोध पूरा नहोउन्जेल त्यो सफल हुनेछ; किनकि जो तोकिएको छ, त्यो पूरा हुने नै छच१ 37 त्यसले न आफ्ना पितापुर्खाहरूका ईश्‍वरहरूलाई, न स्त्रीहरूको चाहना जान्‍नेछ, न कुनै ईश्‍वरलाई नै मान्‍नेछछ१; किनकि त्यसले आफूलाई सबैभन्दा महान् तुल्याउनेछ। 38 तर उहाँको सट्टामाज१ त्यसले किल्‍लाहरूको ईश्‍वरलाई आदर गर्नेछ; अनि जुन ईश्‍वरलाई त्यसका पितापुर्खाहरूले जान्दैनथे, त्यही ईश्‍वरलाई त्यसले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र मनोहर वस्तुहरू चढ़ाएर आदर गर्नेछ। 39 अनि त्यस पराई ईश्‍वरको साथमा त्यसले अत्यन्तै दृढ़ किल्‍लाहरूसँग व्यवहार गर्नेछ; जसले त्यसलाई स्वीकार गर्नेछ, त्यसको महिमा त्यसले बढ़ाइदिनेछ; अनि त्यसले तिनीहरूलाई धेरैमाथि शासन गर्ने तुल्याउनेछ र फाइदाका निम्तिझ१ देश बाँड़्नेछ।
40 अन्तको समयमा दक्षिणको राजाले त्यसलाई घचेट्नेछ; अनि उत्तरको राजा रथहरू, घोड़चड़ीहरू र धेरै जहाजहरू लिएर यसको विरोधमा आँधीझैं आउनेछ, ती देशहरूमा पस्‍नेछ, उर्लेर आउनेछ र अघि बढ्नेछ। 41 अनि त्यो महिमित देशमा पनि पस्‍नेछ, अनि धेरै देशहरूञ१ पतित हुनेछन्; तर यिनीहरूचाहिँ त्यसको हातबाट उम्कनेछन्: एदोम र मोआब, अनि अम्मोनीहरूका प्रधानहरूट१ 42 अनि त्यसले देशहरूमाथि आफ्नो हात बढ़ाउनेछ; अनि मिस्र देश उम्कनेछैन। 43 तर सुन र चाँदीका बहुमूल्य वस्तुहरूमाथिठ१ अनि मिस्रका सबै धनसम्पत्तिहरूमाथि त्यसले अधिकार जमाउनेछ; अनि लूबीहरू र कूशीहरू त्यसका पाइलाहरूमा हुनेछन्। 44 तर पूर्वबाट र उत्तरबाट आएका खबरहरूले त्यसलाई विचलित पार्नेछन्; यसैले त्यो अत्यन्तै क्रोधित भएर नाश गर्न र धेरैलाई बिलकुलै खतम पार्नलाई निस्कनेछ। 45 अनि त्यसले आफ्ना दरवाररूपीड१ पालहरू समुद्रहरूको बीचमा, महिमित पवित्र पर्वततिर टाँग्‍नेछ; तैपनि त्यो आफ्नो अन्तमा आइपुग्‍नेछ; अनि कसैले त्यसलाई सहायता गर्नेछैन।’