दानियलको दोस्रो दर्शन: साँढ़भेड़ा र बोका
8
“राजा बेल-शज्जरको शासनकालको तेस्रो वर्षमा – पहिलेक मकहाँ देखा परेको दर्शनपछि – मकहाँ, म, दानियलकहाँ अर्को एउटा दर्शन देखा पर्यो। 2 अनि मैले त्यस दर्शनमा देखें; अनि यस्तो भयो: मैले त्यो देख्दा मचाहिँ शूशनको त्यस दरवारमा थिएँ, जुन दरवार एलामको प्रान्तमा छ; अनि मैले त्यस दर्शनमा देखें; अँ, म त ऊलै नदीको किनारमा थिएँ। 3 तब मैले आफ्ना आँखाहरू उठाएँ, र देखें; अनि हेर, त्यस नदीको सामु एउटा भेड़ाख उभिरहेको थियो, जसका दुईवटा सिङ थिए; अनि ती दुई सिङ अग्ला थिए; तर एउटाचाहिँ अर्कोभन्दा अग्लो थियो; अनि यो अग्लोचाहिँ पछि निस्क्योग। 4 मैले त्यस भेड़ालाई पश्चिमतिर, उत्तरतिर र दक्षिणतिर हानिरहेको देखें; अनि त्यसको सामु कुनै पशु टिक्न सकेन, न ता यसको हातबाट कसैले छुटाउन सक्यो; तर त्यसले आफ्नै इच्छाअनुसार काम गर्यो, र महान् भयो।5 अनि मैले विचार गरिरहेको बेलामा हेर, एउटा बोका पश्चिमबाट सारा पृथ्वीको सतहमाथि-माथि आइरहेको थियो, जसका खुट्टालेघ भुइँ छुँदैनथिए; अनि त्यस बोकाका आँखाहरूको बीचमा त्यसको एउटा हेर्न लायकको सिङ थियो। 6 अनि त्यो दुईवटा सिङ भएको त्यस भेड़ाकहाँ आयो, जसलाई मैले नदीको सामु उभिरहेको देखेको थिएँ; अनि त्यो आफ्नो शक्तिको क्रोधमा त्यस भेड़ातिरङ दगुर्यो। 7 अनि मैले त्यसलाई त्यस भेड़ानिर आइपुगेको देखें; अनि त्यो त्यससँग रिसले चूर भयो, त्यस भेड़ालाई हिर्कायो र त्यसका दुईवटा सिङ भाँचिदियो; अनि त्यस भेड़ामा त्यसको सामु उभिने कुनै शक्ति रहेन; तर त्यसले त्यसलाई भुइँमा पछार्यो र त्यसलाई कुल्चीमिल्ची पार्यो; अनि त्यस भेड़ालाई त्यसको हातबाट छुटाउन सक्ने कोही भएन।
8 तब त्यो बोका बढ़ेर अत्यन्तै महान् भयो; अनि जब त्यो शक्तिशाली बन्यो, तब त्यसको ठूलो सिङ भाँचियो; अनि त्यसको सट्टामा आकाशका चार दिशातिरच फर्केका चारवटा हेर्न लायकका सिङहरू निस्केछ। 9 अनि तीमध्ये एउटाबाट एउटा सानो सिङ निस्क्यो, जुन सिङ दक्षिणतिर, पूर्वतिर र महिमित देशतिर बढ़ेर अत्यन्तै महान् भयो। 10 अनि यो बढ़ेर स्वर्गीय सेनासम्म पुग्ने गरी महान् भयो; अनि यसले त्यस सेनामध्ये कतिलाई र ताराहरूमध्ये कतिलाई पृथ्वीमाथि झार्यो, र तिनलाई कुल्चीमिल्ची पार्यो। 11 अँ, यसले आफूलाई त्यस सेनाका सेनापतिसम्म उचाल्यो; अनि यसैद्वारा दिनहुँ चढ़ाइने बलिदान हटाइयो, र उहाँको पवित्रस्थानको ठाउँ तल फ्याँकियो। 12 अनि अपराधले गर्दा दिनहुँ चढ़ाइने बलिदानको विरोधमाज एउटा सेना यसको हातमा दिइयो; अनि यसले सत्यता भुइँमा फ्याँकिदियो; अनि यसले काम गर्यो, र सफल भयोझ। 13 तब मैले एकजना पवित्र जनलाई बोलिरहेका सुनें; अनि अर्को एकजना पवित्र जनले यी बोल्ने व्यक्ति विशेषलाई भने: ‘पवित्रस्थान र सेना दुवै कुल्चीमिल्ची पारिऊन् भनेर सुम्पिदिनलाई त्यस दिनहुँ चढ़ाइने बलिदान र त्यस उजाड़ पार्ने अपराधको विषयमा जुन दर्शन छ, त्यो कहिलेसम्म रहन्छञ?’ 14 अनि तिनले मलाई भने: ‘दुई हजार तीन सय दिनसम्मट, त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछठ।’
15 अनि यस्तो भयो: जब मैले, अँ, म दानियलले त्यो दर्शन देखें र त्यसको अर्थ बुझ्न खोजें, तब हेर, मेरो सामु मानिसझैं देखा पर्ने एकजना खड़ा भए। 16 अनि ऊलै नदीका किनारहरूको मध्यभागबाट मैले एकजना मानिसको सोर सुनें, जसले बोलाए र भने: ‘हे गब्रियल, यस मानिसलाई यस दर्शनको अर्थ बुझाइदेऊ!’ 17 तब तिनी म उभिएको ठाउँनिर आए; अनि जब तिनी आए, तब म डराएँ, र भुइँमाड घोप्टो परें; तर तिनले मलाई भने: ‘हे मानिसको छोरा, बुझ; किनकि यो दर्शन अन्तको समयका निम्ति हो।’
18 अनि तिनी मसित बोल्दै गर्दा मचाहिँ आफ्नो अनुहार भुइँमा टेकाएर घोप्टो परेको अवस्थामा गहिरो निद्रामा परेको थिएँ; तर तिनले मलाई छोए र मलाई सीधा खड़ा उभ्याए। 19 अनि तिनले भने: ‘हेर, त्यस क्रोधको अन्तमा के हुनेछ, सो म तिमीलाई बुझाउनेछु; किनकि तोकिएको समयमा अन्त हुने नै छ। 20 तिमीले देखेको दुईवटा सिङ भएको भेड़ाचाहिँ मादी र फारसी राजाहरू हुन्। 21 अनि त्यो रौं नै रौं भएको बोकाचाहिँ ग्रीसको राजा हो; अनि त्यसका आँखाहरूको बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो। 22 अनि त्यो भाँचियो, र त्यसको ठाउँमा चारवटा खड़ा भए; त्यस जातिबाट चार राज्यहरू खड़ा हुनेछन्, तर त्यसको शक्तिमा होइन। 23 अनि तिनीहरूको राज्यको पछिल्लो समयमाढ जब अपराधीहरू चरमसीमामा आइपुग्छन्, तब निर्दयी चेहरा भएको र गूढ़ कुराहरूण बुझ्ने एकजना राजा खड़ा हुनेछ। 24 अनि त्यसको शक्ति बलियो हुनेछ, तर आफ्नै शक्तिले होइन; अनि त्यसले अचम्म प्रकारले नाश गर्नेछ, सफल हुनेछ र गर्दै जानेछ; अनि त्यसले शक्तिशालीहरू र पवित्र जनहरूको जातिलाई नाश गर्नेछ। 25 अनि आफ्नो चतुर्याइँले त्यसले आफ्नो हातमा छलकपटलाई सफल तुल्याउनेछ; अनि त्यसले आफ्नो हृदयमा आफूलाई महान् तुल्याउनेछ र शान्तिद्वारात धेरैलाई नाश गर्नेछ; अनि त्यो शासकहरूका शासकको विरोधमा उठ्नेछ; तर कसैको हातैविना त्यो नाश हुनेछथ। 26 अनि ती दिनहरूकोद विषयमा बताइएको दर्शनचाहिँ सत्य हो; यसैले यो दर्शन बन्द गरिदेऊ; किनकि यो धेरै दिनपछिका निम्ति हो।’
27 अनि म, दानियल बेहोश भएँ, र केही दिन बिरामी भएँ; त्यसपछि म उठें, र राजाको कामकाज गरें; अनि त्यस दर्शनको कारणले म अवाक् भएँ; तर त्यसलाई बुझ्ने कोही भएन।”