राजा बेल-शज्जरको अन्तिम भोज
5
राजा बेल-शज्जरले आफ्ना प्रधानहरूमध्ये एक हजारका निम्ति एउटा ठूलो भोज लगाए, र ती हजारजनाको सामु दाखमद्य पिए। 2 बेल-शज्जरले दाखमद्य चाख्दै गर्दा तिनका बुबाक नबूकद्नेस्सरले यरूशलेममा भएको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरूबाट राजाले, तिनका प्रधानहरूले, तिनका पत्नीहरू र तिनका उपपत्नीहरूले पिऊन् भनी तिनले ती भाँड़ाकुँड़ाहरू ल्याउने आज्ञा दिए। 3 तब तिनीहरूले ती सुनका भाँड़ाकुँड़ाहरू ल्याए, जुन भाँड़ाकुँड़ाहरू यरूशलेममा भएको परमेश्वरको भवनको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रधानहरूले, तिनका पत्नीहरू र तिनका उपपत्नीहरूले तीबाट पिए। 4 तिनीहरूले दाखमद्य पिए, अनि सुन, चाँदी, पित्तल, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।5 त्यही घड़ी नै एउटा मानिसको हातका औंलाहरू देखा परे, र सामदानको सामु राजाको दरवारको भित्ताको पलस्तरमाथि लेख्न थाले; अनि राजाले हातको त्यो भाग देखे, जसले लेखिरहेको थियो। 6 तब राजाको चेहराको रङ्ग उड़्यो, र तिनका विचारहरूले तिनलाई विचलित पारे; यसैले तिनका कम्मरका जोर्नीहरू खकुला भए, र घुँड़ाहरू एक-अर्कासँग ठक् ठक् ठोकिन थाले। 7 तब राजा ‘ज्योतिषीहरू, कल्दीहरू र जोखना हेर्नेहरूलाई भित्र ल्याओ!’ भन्दै जोड़ले कराए। अनि राजा बोलेख, र बाबेलका बुद्धिमान् मानिसहरूलाई भने: “हरेक जसले यो लेख पढ़्ला र मलाई त्यसको अर्थ बताउला, उसैलाई बैजनी वस्त्र पहिर्याइनेछ, त्यसको गलामा एउटा सुनको सिक्री लगाइनेछ, र ऊ राज्यमा तेस्रो शासनकर्ता हुनेछ।” 8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए; तर तिनीहरूले न त्यो लेख पढ़्न सके, न राजालाई त्यसको अर्थ बताउन सके। 9 तब राजा बेल-शज्जर साह्रै विचलित भए, अनि तिनमा तिनको चेहराको रङ्ग उड़्यो; अनि तिनका प्रधानहरू पनि जिल्ल परेग। 10 अब राजा र तिनका प्रधानहरूका वचनहरूको कारणले रानीघ भोजको घरभित्र आइन्; अनि रानीघ बोलिन्ङ, र भनिन्: “राजा अमर रहून्! तपाईंका विचारहरूले तपाईंलाई विचलित नपारून्, न ता तपाईंको चेहराको रङ्ग नै उड़ोस्! 11 तपाईंको राज्यमा एकजना मानिस छन्, जसभित्र पवित्र ईश्वरहरूको आत्मा छ; अनि तपाईंका पिताका दिनहरूमा तिनमा ज्योति, समझ र ईश्वरहरूको बुद्धिजस्तै बुद्धि पाइएको थियो; तिनलाई राजा नबूकद्नेस्सर, तपाईंका पितालेच, अँ, तपाईंका पिताले जादुगरहरू, ज्योतिषीहरू, कल्दीहरू र जोखना हेर्नेहरूका प्रधान तुल्याउनुभएको थियो; 12 किनभने यी दानियलमा सर्वोत्तम आत्मा, ज्ञान, समझ र सपनाहरूको अर्थ खोल्ने क्षमता, कठिन-कठिन कुराहरूकोछ अर्थ बताउने क्षमता, र जटिल-जटिल गाँठाहरू फुकाउने क्षमता पाइन्थ्यो; तिनलाई राजाले बेल्त-शज्जर भन्ने नाम दिनुभयो; अब यी दानियल बोलाइऊन्, र तिनले अर्थ बताइदिनेछन्।”
दानियलले लेखको अर्थ खोल्छन्
13 तब दानियल भित्र राजाको सामु ल्याइए। अनि राजा बोलेज, र दानियललाई भने: “के तिमी त्यही दानियल हौ, जो राजा मेरा पितालेझ यहूदाबाट ल्याउनुभएका यहूदाका कैदीहरूमध्ये एक हौ? 14 अँ, ईश्वरहरूको आत्मा तिमीमा छ, र तिमीमा ज्योति, समझ र सर्वोत्तम बुद्धि पाइन्छ भनी मैले तिम्रो विषयमा सुनेको छु। 15 अनि ती बुद्धिमान् मानिसहरू अर्थात् ती ज्योतिषीहरूले यो लेख पढून्, र मलाई यसको अर्थ बुझाऊन् भनी तिनीहरू अहिले भित्र मेरो सामु ल्याइए; तर तिनीहरूले मलाई यस कुराको अर्थ बताउन सकेनन्; 16 अनि तिमीले अर्थहरू खोल्न र जटिल-जटिल गाँठाहरू फुकाउन सक्छौ भनी मैले तिम्रो विषयमा सुनेको छु; अब तिमीले यो लेख पढ़्न र मलाई यसको अर्थ बुझाउन सक्यौ भने तिमीलाई बैजनी वस्त्र पहिर्याइनेछ, तिम्रो गलामा एउटा सुनको सिक्री लगाइनेछ र तिमी राज्यमा तेस्रो शासनकर्ता हुनेछौ।”
17 तब दानियलले जवाफ दिएर राजाको सामु भने: “तपाईंका दानहरू तपाईंसँगै रहून्, र तपाईंका इनामहरूचाहिँ अरू कसैलाई दिनुहोस्! तैपनि म यो लेख राजाका निम्ति पढ़िदिनेछु, र उहाँलाई यसको अर्थञ बुझाइदिनेछु। 18 तपाईंचाहिँ हे राजा, परमप्रधान परमेश्वरले तपाईंका पिता नबूकद्नेस्सरलाई राज्य, प्रतापट, महिमा र आदर दिनुभयो; 19 अनि परमेश्वरलेठ उहाँलाई दिनुभएको प्रतापकोड कारणले सबै मानिसहरू, जातिहरू र भाषाहरू थरथर काम्थे र उहाँको सामु डराउँथे; उहाँले जसलाई मार्न चाहनुभयो, त्यसलाई मार्नुभयो, र जसलाई बचाउन चाहनुभयो, त्यसलाई बचाउनुभयो; अनि उहाँले जसलाई बसाल्न चाहनुभयो, त्यसलाई बसाल्नुभयो, र जसलाई होच्याउन चाहनुभयो, त्यसलाई होच्याउनुभयो। 20 तर जब उहाँको हृदय अहङ्कारले फुल्यो, र उहाँको आत्मा घमण्डले कठोर भयो, तब उहाँ आफ्नो राजसिंहासनबाट ओरालिनुभयो, र तिनीहरूले उहाँबाट उहाँको महिमा खोसे। 21 अनि उहाँ मानिसहरूको बीचबाट धपाइनुभयो, र उहाँको हृदय पशुहरूको जस्तो बनाइयो, अनि उहाँको वासस्थान जङ्गली गधाहरूसँग भयो; तिनीहरूले उहाँलाई गोरुहरूलाई झैं घाँस खान लगाए; अनि जबसम्म परमप्रधान परमेश्वरले मानिसहरूको राज्यमा शासन गर्नुहुन्छ, अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यसमाथि बसाल्नुहुन्छ भन्ने कुरा राजालेढ जान्नुभएन, तबसम्म उहाँको शरीर आकाशको शीतले भिजिरह्यो। 22 अनि तपाईंचाहिँ उहाँकै छोरा, हे बेल-शज्जर, यो सबै कुरा जानेर पनि तपाईंले आफ्नो हृदय नम्र तुल्याउनुभएको छैन; 23 तर स्वर्गका प्रभुको विरोधमा तपाईंले आफूलाई अहङ्कारी तुल्याउनुभएको छ; अनि तिनीहरूले उहाँको भवनका भाँड़ाकुँड़ाहरू तपाईंको सामु ल्याए; अनि तपाईंले, तपाईंका प्रधानहरूले, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिउनुभएको छ; अनि तपाईंले चाँदी र सुन, अनि पित्तल, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभएको छ, जसले न देख्छन्, न सुन्छन्, न बुझ्छन्; अनि परमेश्वर, जसको हातमा तपाईंको सास छ र जससँग तपाईंका सबै मार्गहरू छन्, उहाँलाई चाहिँ तपाईंले महिमा दिनुभएन; 24 तब उहाँबाट हातको यो भाग पठाइयो; अनि यो लेख लेखियो।
25 अनि त्यो लेखिएको लेख यो हो: ‘मने, मने, तकेल उपर्सीन्ण।’ 26 त्यस कुराको अर्थ यो हो: ‘मने’ – परमेश्वरले तपाईंको राज्य गन्ती गर्नुभयो, र त्यसको अन्त गर्नुभयो। 27 ‘तकेल’: तराजुमा तपाईं तौलिनुभएको र घटी पाइनुभएको हो। 28 ‘परेस’: तपाईंको राज्य टुक्रिएको छ अनि मादीहरू र फारसीहरूलाई दिइयो।”
29 तब बेल-शज्जरले आज्ञा दिए; अनि तिनीहरूले दानियललाई बैजनी वस्त्र पहिर्याइदिए, उनको गलामा एउटा सुनको सिक्री लगाइदिए; अनि राज्यमा उनी तेस्रो शासनकर्ता हुनेछन् भनी तिनको विषयमा घोषणा गरे।