विश्रामदिन, औंसी र अरू दिनहरूमा शासकको भेटी, अनि परमप्रभुको भवनमा पस्ने र निस्कने नियम
46
“प्रभु यहोवा यसो भन्नुहुन्छ: भित्री चोकको पूर्वतिर फर्केको मूलढोका छवटा काम गर्ने दिनहरूमा बन्द रहोस्, तर विश्रामदिनमा त्यो खोलियोस् र औंसीको दिनमा त्यो खोलियोस्! 2 अनि शासक बाहिरबाट त्यस मूलढोकाको दलानबाट भएर भित्र पसोस्, र त्यस मूलढोकाको खाँबाको छेउमा उभिओस्; अनि पूजाहारीहरूले उसको होमबलि र उसका मेलबलिहरू तयार पारून्, अनि उसले त्यस मूलढोकाको सँघारमा दण्डवत् गरोस्; तब ऊ निस्केर जाओस्; तर त्यो मूलढोका साँझसम्म बन्द नगरियोस्! 3 अनि देशका मानिसहरूले विश्रामदिनहरू र औंसीहरूमा त्यस मूलढोकाको मुखमा परमप्रभुको सामु दण्डवत् गरून्! 4 अनि जुन होमबलि यस शासकले विश्रामदिनमा परमप्रभुका निम्ति चढ़ाउनेछ, त्यो छवटा निस्खोट भेड़ाका पाठा र एउटा निस्खोट भेड़ाकोक होस्! 5 अनि अन्नबलिचाहिँ एउटा भेड़ाका निम्ति एक एपा होस्, र भेड़ाका पाठाहरूका निम्ति अन्नबलि उसको औकातअनुसार होस्; अनि एक एपाका निम्ति एक हिन तेल होस्! 6 अनि औंसीको दिनमा चाहिँ एउटा निस्खोट जवान बहर, छवटा भेड़ाका पाठा र एउटा भेड़ा; ती निस्खोट होऊन्! 7 अनि उसले अन्नबलि तयार गरोस्ख: एउटा बहरका निम्ति एक एपा र एउटा भेड़ाकाक निम्ति एक एपा, अनि भेड़ाका पाठाहरूका निम्ति उसको औकातअनुसार; अनि एक एपाका निम्ति एक हिन तेल होस्!8 अनि जब शासक भित्र पस्दछ, तब त्यस मूलढोकाको दलानबाट भएर ऊ भित्र पसोस्, र त्यही बाटो भएर ऊ निस्केर जाओस्! 9 तर जब देशका मानिसहरू तोकिएका चाड़हरूमा परमप्रभुको सामु आउनेछन्, तब दण्डवत् गर्नलाई उत्तरको मूलढोकाबाट भएर भित्र पस्ने मानिस दक्षिणको मूलढोकाबाट भएर निस्कोस्, अनि दक्षिणको मूलढोकाबाट भएर भित्र पस्ने मानिस उत्तरको मूलढोकाबाट भएर निस्केर जाओस्; जुन मूलढोकाबाट भएर त्यो भित्र पसेको छ, त्यस मूलढोकाबाट भएर त्यो नफर्कोस्, तर त्यसको सामुबाट भएर त्यो निस्कोस्! 10 अनि यो शासक तिनीहरूको बीचमा रहेर जब तिनीहरू भित्र पस्छन्, तब ऊ भित्र पसोस्, र जब तिनीहरू निस्कन्छन्, तब ऊ पनि निस्केर जाओस्! 11 अनि चाड़हरू र तोकिएका समयहरूमा अन्नबलिचाहिँ एउटा बहरका निम्ति एक एपा, एक भेड़ाका निम्ति एक एपा र भेड़ाकाक पाठाहरूका निम्ति चाहिँ उसको औकातअनुसार होस्; अनि एउटा एपाका निम्ति एक हिन तेल होस्! 12 अनि जब यस शासकले परमप्रभुका निम्ति स्वेच्छा होमबलि वा स्वेच्छा मेलबलिहरू तयार गर्ला, तब कसैले उसका निम्ति पूर्वतिर फर्केको त्यो मूलढोका खोलिदेओस्, अनि उसले विश्रामदिनमा गरेझैं आफ्नो होमबलि र आफ्ना मेलबलिहरू तयार पारोस्; अनि ऊ निस्केर जाओस्; अनि ऊ निस्केर गएपछि कसैले त्यो मूलढोका बन्द गरोस्! 13 दिनहुँ तिमीले परमप्रभुका निम्ति होमबलिको रूपमा एक वर्षको निस्खोट भेड़ाको पाठा तयार पार्नू! हरेक बिहान तिमीले त्यो तयार पार्नू! 14 अनि हरेक बिहान तिमीले यसका निम्ति एउटा अन्नबलि तयार पार्नू: एपाको छैटौं भाग, र त्यस मैदासँग मिसाउनका निम्ति हिनको तेस्रो भाग तेल; सदा रहिरहने विधिअनुसार परमप्रभुका निम्ति अन्नबलि निरन्तर चढ़ाइयोस्! 15 यसरी तिनीहरूले त्यो भेड़ाको पाठा, त्यो अन्नबलि र त्यो तेल होमबलिको रूपमा हरेक बिहान निरन्तर तयार पारून्!”
शासकको पैतृक सम्पत्तिको विषयमा नियम
16 “प्रभु यहोवा यसो भन्नुहुन्छ: यदि यस शासकले आफ्नो पैतृक सम्पत्तिबाट आफ्ना छोराहरूमध्ये कसैलाई एउटा दान दियो भने उसको त्यो पैतृक सम्पत्तिचाहिँ उसका छोराहरूकै हुनेछ; त्यो पैतृक सम्पत्तिको रूपमा तिनीहरूको अधिकारको भाग हुनेछ। 17 तर उसले आफ्नो पैतृक सम्पत्तिबाट आफ्ना दासहरूमध्ये कसैलाई एउटा दान दियो भने छुटकाराकोग वर्षसम्म त्यो त्यसको हुनेछ; त्यसपछि त्यो यस शासककहाँ फर्केर जाओस्; तर उसको पैतृक सम्पत्तिचाहिँ उसका छोराहरूकै हुनेछ। 18 अनि यस शासकले प्रजाको पैतृक सम्पत्तिबाट थिचोमिचो गरेर तिनीहरूलाई तिनीहरूको अधिकारको भागबाट हटाएर केही नलेओस्; तर उसले आफ्नै अधिकारको भागबाट आफ्ना छोराहरूलाई पैतृक सम्पत्ति देओस्, यस हेतुले कि मेरो प्रजा, हरेक मानिस आ-आफ्नो अधिकारको भागबाट तितरबितर नहोस्!”
19 तब उहाँले मलाई त्यस मूलढोकाको छेउमा भएको पस्ने ठाउँबाट पूजाहारीहरूका पवित्र कोठाहरूभित्र ल्याउनुभयो, जुन कोठाहरू उत्तरतिर फर्केका थिए; अनि हेर, त्यहाँ पश्चिमतिर दुईवटा छेउमा एउटा ठाउँ थियो। 20 तब उहाँले मलाई भन्नुभयो: “यो त्यो ठाउँ हो, जहाँ मानिसहरूलाई पवित्र पार्नलाई तिनीहरूले यिनलाई बोकेर बाहिर बाहिरी चोकमा नलैजाऊन् भन्ने हेतुले पूजाहारीहरूले दोषबलि र पापबलि उमाल्छन्, जहाँ तिनीहरूले अन्नबलि पकाउँछन्।”
21 तब उहाँले मलाई बाहिर बाहिरी चोकमा लैजानुभयो, र त्यस चोकका चारै कुनाहरूबाट भएर हिँड़ाउनुभयो; अनि हेर, त्यस चोकको हरेक कुनामा एउटा चोक थियो। 22 त्यस चोकका चारै कुनाहरूमा घेरिएकाघ चोकहरू थिए – चालीस हात लामा र तीस हात चौड़ा; यी चारै कुनाहरू एउटै नापका थिए। 23 अनि ती चोकहरूभित्र वरिपरि – ती चारैवटाको वरिपरि ढुङ्गाहरूको लहरङ थियो; अनि चारैतिर ती लहरहरूमुनि उमाल्ने चुल्हाहरू बनाइएका थिए। 24 तब उहाँले मलाई भन्नुभयो: “यीचाहिँ उमाल्नेच घरहरू हुन्, जहाँ भवनका सेवकहरूले मानिसहरूको बलिदान उमाल्छन्।”