नयाँ मन्दिरको दर्शन: पवित्रस्थान र शहर, पूजाहारीहरू र शासकहरूका निम्ति छुट्याइएको भूमि
45
“अनि जब तिमीहरूले पैतृक सम्पत्तिका निम्ति देशलाई चिट्ठा हालेर बाँड़्नेछौ, तब तिमीहरूले देशको एउटा पवित्र भाग परमप्रभुका निम्ति भेटीस्वरूप चढ़ाउनू! लमाइ पच्चीस हजार हात र चौड़ाइ बीस हजार हात होस्! चारैतिर त्यसको सबै सिमानाभरि त्यो पवित्र ठहरियोस्! 2 त्यसबाट पवित्रस्थानका निम्ति चारैतिर पाँच सय हात लमाइ र पाँच सय हात चौड़ाइ भएको एउटा वर्गाकार क्षेत्र, र चारैतिर पचास हातको खुला जमिन होस्! 3 अनि यस नापबाट तिमीले लमाइ पच्चीस हजार हात र चौड़ाइ दस हजार हातको एउटा क्षेत्र नाप; अनि यस ठाउँमा पवित्रस्थान र महापवित्रस्थान रहून्। 4 यस भूमिको पवित्र भागचाहिँ पूजाहारीहरू अर्थात् पवित्रस्थानका सेवकहरूका निम्ति हुनेछ, जो परमप्रभुको सेवा गर्न नजिक आउँछन्; अनि योचाहिँ तिनीहरूका घरहरूका निम्ति एउटा ठाउँ र पवित्रस्थानका निम्ति एउटा पवित्र भूमि हुनेछ। 5 अनि लमाइ पच्चीस हजार हात र चौड़ाइ दस हजार हात भएको भागचाहिँ अधिकारको भागको रूपमा लेवीहरू अर्थात् भवनका सेवकहरूका निम्ति, बीसवटा कोठाहरूका निम्ति हुनेछ। 6 अनि तिमीहरूले पवित्र भागरूपी भेटीको छेउमा पच्चीस हजार हात लामो र पाँच हजार हात चौड़ा भएको शहरको अधिकारको भाग राखिदिनू! योचाहिँ इस्राएलको सम्पूर्ण घरानाका निम्ति हुनेछ। 7 अनि पवित्र भागरूपी भेटी र शहरको अधिकारको भागको यतापट्टि र उतापट्टि एउटा भाग शासकका निम्ति हुनेछ, यो भाग पवित्र भागरूपी भेटीको सामु र शहरको अधिकारको भागको सामु हुनेछ, र पश्चिमपट्टि पश्चिमतिर र पूर्वपट्टि पूर्वतिर पर्नेछ। अनि यसको लमाइचाहिँ यी भागहरूको एउटा भागको छेउ-छेउमा पश्चिम सिमानादेखि पूर्व सिमानासम्म हुनेछ। 8 इस्राएलमा यो भूमि उसको अधिकारको भाग हुनेछ; अनि मेरा शासकहरूले मेरो प्रजालाई फेरि कहिल्यै थिचोमिचो गर्नेछैनन्; अनि बाँकी जमिनचाहिँ तिनीहरूले आफ्ना कुलहरूअनुसार इस्राएलको घरानालाई दिऊन्।9 प्रभु यहोवा यसो भन्नुहुन्छ: हे इस्राएलका शासकहरूहो, तिमीहरूका निम्ति यो पर्याप्त भयो! अत्याचार र लुटपिट हटाओ! न्याय र धार्मिकताको काम गर! मेरो प्रजालाई निकालिदिने तिमीहरूका कामहरू बन्द गरक, प्रभु यहोवा भन्नुहुन्छ।
10 तिमीहरूका सच्चा तराजु, सच्चा एपा र सच्चा बत होऊन्! 11 एपा र बत एउटै नापका होऊन्, कि एक बतमा होमेरको दसौं अंश, र एपामा होमेरको दसौं अंश अँटाओस्; होमेरको नापअनुसार त्यसको नाप राखियोस्! 12 अनि बीस गेराको एक शेकेल होस्; तिमीहरूको तौलख बीस शेकेल, पच्चीस शेकेल र पन्ध्र शेकेलका होऊन्!
13 तिमीहरूले चढ़ाउनुपर्ने भेटी यो हो: एक होमेर गहुँबाट एपाको छैटौं भाग; अनि एक होमेर जौबाट तिमीहरूले एपाको छैटौं भाग दिनू! 14 अनि तेलको बतको विषयमा तेलको नियम यो हो: एक कोरबाट तिमीहरूले बतको दसौं अंश चढ़ाउनू; एक कोरमा दस बत अर्थात् एक होमेर हुन्छ; किनकि दस बत एक होमेर हुन्छन्। 15 अनि इस्राएलका सिँचिएका खर्कहरूबाट दुई सय भेड़ाबाख्राको बगालबाट एउटा पाठा दिनू; यो तिनीहरूका निम्ति प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिहरूका लागि हुनेछ, प्रभु यहोवा भन्नुहुन्छ। 16 इस्राएलको शासकका निम्ति देशका सबै मानिसहरूले यो भेटी चढ़ाऊन्!”
भेटीको सम्बन्धमा शासकको कर्तव्य
17 “अनि शासकको कर्तव्यचाहिँ यो हुनेछ: चाड़हरूमा, औंसीहरूमा र विश्रामदिनहरूमा, अँ, इस्राएलको घरानाका सबै तोकिएका समयहरूमा उसले होमबलिहरू, अन्नबलिहरू र अर्घबलिहरू देओस्; इस्राएलको घरानाका निम्ति प्रायश्चित गर्नलाई उसले पापबलि, अन्नबलि, होमबलि र मेलबलिहरू तयार गरोस्ग!
18 प्रभु यहोवा यसो भन्नुहुन्छ: पहिलो महिनामा, त्यस महिनाको पहिलो दिनमा तिमीले एउटा निस्खोट जवान बहर लिएर पवित्रस्थानलाई शुद्ध पार्नू! 19 अनि पूजाहारीले पापबलिको रगतबाट केही लिएर भवनका खाँबाहरूमा, वेदीको घेराका चार कुनामा र भित्री चोकको मूलढोकाका खाँबाहरूमा लगाओस्! 20 अनि यही महिनाको सातौं दिनमा तिमीले हरेक भूलचूक गर्नेघ र सीधासादा मानिसका निम्ति यसै गर्नू! यसरी तिमीहरूले भवनका निम्ति प्रायश्चित गर्नू!”
निस्तार चाड़मा शासकको भेटी
21 “पहिलो महिनाको चौधौं दिनमा तिमीहरूका निम्ति निस्तार चाड़ सात दिनको चाड़ हुनेछ; अखमीरे रोटी खाइयोस्! 22 अनि त्यस दिन शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा बहर तयार गरोस्ग! 23 अनि यस चाड़का सात दिनसम्म उसले परमप्रभुका निम्ति एउटा होमबलि अर्थात् सात दिनसम्म दिनहुँ सातवटा निस्खोट बहर र सातवटा निस्खोट भेड़ाहरू, अनि दनहुँ पापबलिका निम्ति एउटा बाख्राको पाठोङ तयार गरोस्ग! 24 अनि उसले अन्नबलिको रूपमा हरेक बहरका निम्ति एक एपा र हरेक भेड़ाका निम्ति एक एपा अनि हरेक एपाका निम्ति एक हिन तेल तयार गरोस्ग! 25 अनि सातौं महिनामा, त्यस महिनाको पन्ध्रौं दिनमा, त्यस सात दिनको चाड़मा उसले पापबलि, होमबलि र अन्नबलिअनुसार अनि तेलअनुसार त्यस्तै तयार गरोस्ग!”