विलाप
हरेक पद हिब्रू वर्णमालाका क्रमसँगै राखिएका अक्षरबाट शुरु हुन्छ
यरूशलेमको शोक
1
मानिसहरूले भरपूर भएकी त्यो शहर कसरी एकलै बस्छे? कसरी त्यो विधवाजस्ती भई? त्यो त जातिहरूको बीचमा महान् थिई, प्रान्तहरूको बीचमा राजकुमारीक थिई; कसरी त्यो बेगारी गर्ने भई?2 राति त्यो खूबै रुन्छे, र त्यसका गालाहरूभरि नै त्यसका आँसु छन्; त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन; त्यसका सबै साथीहरूले त्यससित विश्वासघात गरेका छन्, तिनीहरू त्यसका शत्रु भएका छन्।
3 कष्ट र कठिन दासत्वको कारणले यहूदा कैदमा गएको छ; त्यो अन्यजातिहरूको बीचमा बस्छ, र विश्राम पाउँदैन; त्यसका सबै सताउनेहरूले त्यसलाई कठिनाइहरूको बीचमा भेट्टाए।
4 सियोनका बाटाहरू विलाप गर्छन्; किनकि तोकिएका चाड़हरूमा कोही पनि आउँदैन; त्यसका सबै मूलढोकाहरू उजाड़ छन्; त्यसका पूजाहारीहरू सुस्केरा हाल्छन्, त्यसका कन्याहरू कष्टमा परेका छन्; अनि त्यो आफूचाहिँ तीतो अवस्थामा छे।
5 त्यसका विरोधीहरू शासकख भएका छन्, त्यसका शत्रुहरू उन्नति गर्छन्; किनभने त्यसका प्रशस्त अपराधहरूको कारणले परमप्रभुले त्यसलाई कष्ट दिनुभएको छ; त्यसका बालबच्चाहरू शत्रुको अघि-अघि कैदमा गएका छन्।
6 अनि सियोनकी छोरीबाट त्यसको सम्पूर्ण सुन्दरता गइसकेको छ; त्यसका शासकहरू ती मृगहरूजस्ता भएका छन्, जसले खर्क पाउँदैनन्; अनि तिनीहरू सताउनेको अघि-अघि विनाबल हिँड़ेका छन्।
7 त्यसको कष्ट र त्यसका विपत्तिहरूका दिनहरूमा, जब त्यसका मानिसहरू शत्रुको हातमा परे, र त्यसलाई कसैले सहायता गरेन, तब यरूशलेमले आफ्ना सबै मनोहर थोकहरूको सम्झना गरी, जुन थोकहरू पहिलेका दिनहरूमा त्यससँग थिए; विरोधीहरूले त्यसलाई देखे, र त्यसका विश्रामदिन-मनाइहरूमा खिसी गरे।
8 यरूशलेमले खूबै पाप गरेकी छे; यसैकारण त्यो हटाइएकी छे; त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई तुच्छ ठान्छन्; किनकि तिनीहरूले त्यसको नाङ्गोपना देखेका छन्; अँ, त्यसले सुस्केरा हाल्छे, र पछिल्तिर फर्कन्छे।
9 त्यसको अशुद्धता त्यसका लुगाका फेरहरूमा छ; त्यसले आफ्नो अन्त सम्झिन; यसैले त्यो अद्भूत रीतिले तल खसी; त्यसको सान्त्वना दिने कोही पनि थिएन। हे परमप्रभु, मेरो कष्ट हेर्नुहोस्; किनभने शत्रुले आफूलाई ठूलो तुल्याएको छ।
10 विरोधीले त्यसका सबै मनोहर थोकहरूमाथि आफ्नो हात बढ़ाएको छ; किनकि जुन अन्यजातिहरूलाई तपाईंले ‘मेरो सभामा तिनीहरू नपसून्’ भनी आज्ञा गर्नुभयो, तिनीहरूलाई नै त्यसले आफ्नो पवित्रस्थानमा पसेका देखेकी छे।
11 त्यसका सबै मानिसहरू सुस्केरा हाल्छन्, तिनीहरू रोटी खोज्दैछन्; तिनीहरूले आफ्नो प्राण बचाउनलाईग खानेकुराका निम्ति आफ्ना मनोहर थोकहरू दिएका छन्; हेर्नुहोस्, हे परमप्रभु, विचार गर्नुहोस्; किनभने म नीच भएको छु।
12 हे सबै यहाँबाट भएर जानेहरूहो, के यो तिमीहरूका निम्ति केही पनि होइन? विचार गरेर हेर! जुन पीड़ा ममाथि आएकोघ छ, जसद्वारा परमप्रभुले आफ्नो बल्दो रिसको दिनमा मलाई कष्ट दिनुभएको छ, के त्योजस्तो अरू कुनै पीड़ा होला?
13 माथिबाट उहाँले मेरा हड्डीहरूभित्र एउटा आगो पठाउनुभएको छ, र यसले तिनलाई वशमा पारेको छ; उहाँले मेरा पाउहरूका निम्ति एउटा जाल फैलाउनुभएको छ; उहाँले मलाई पछिल्तिर फर्काउनुभएको छ; उहाँले मलाई उजाड़ तुल्याउनुभएको छ, र दिनभरि म र्मूच्छित हुन्छु।
14 उहाँको हातले मेरा अपराधहरूको जुवा बाँधिएको छ; ती एकसाथ बुनिएका छन् र मेरो गर्दनमाथि चढ़ेका छन्; उहाँले मेरो बल घटाउनुभएको छ; परमप्रभुले मलाई तिनको हातमा सुम्पनुभएको छ, जसको विरोधमा म उठ्न सक्दिनँ।
15 प्रभुले मेरो बीचमा मेरा सबै शूरवीरहरूलाई कुल्चनुभएको छ; मेरो विरोधमा मेरा जवान मानिसहरूलाई नाश पार्नलाई उहाँले एउटा जमात बोलाउनुभएको छ; प्रभुले त्यस कन्यालाई, अर्थात् यहूदाकी छोरीलाई दाखको कोलमा झैं कुल्चीमिल्ची गर्नुभएको छ।
16 यी कुराहरूको कारणले म रुन्छु; मेरो आँखाबाट, अँ, मेरो आँखाबाट आँसुको धारा बग्दैछ; किनभने जुन सान्त्वना दिनेले मेरो प्राण सम्हाल्नुपर्थ्यो, ऊ मबाट टाढ़ा छ; मेरा छोराछोरीहरू उजाड़ भए; किनकि शत्रु विजयी भयो।
17 सियोनले आफ्ना हातहरू फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन; याकूबको विषयमा परमप्रभुले ‘त्यसका विरोधीहरू त्यसको चारैतिर होऊन्’ भनी आज्ञा गर्नुभएको छ; तिनीहरूको बीचमा यरूशलेम एउटी अशुद्ध स्त्रीझैं भएकी छे।
18 परमप्रभुचाहिँ – उहाँ धर्मी हुनुहुन्छ; किनभने मैले उहाँको आज्ञाको विरोधमा विद्रोह गरेकी छु; हे सबै जातिका मानिसहरूहो, म तिमीहरूलाई विन्ती गर्छु, सुन, र मेरो दुःख हेरङ! मेरा कन्याहरू र मेरा जवानहरू कैदमा गएका छन्।
19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए; आफ्नो प्राण बचाउनलाई आफ्नो खानेकुरा खोज्दा-खोज्दै मेरा पूजाहारीहरू र मेरा बूढ़ा प्रधानहरूले शहरमा प्राण त्यागे।
20 हे परमप्रभु, हेर्नुहोस्; किनकि म सङ्कष्टमा छु; मेरो अन्तस्करण व्याकुल छ; मभित्र मेरो हृदय मड़ारिन्छ; किनभने मैले खूबै विद्रोह गरेकी छु; बाहिरच तरवारले निस्सन्तान पार्छ, घरभित्र मृत्युझैं छ।
21 म सुस्केरा हाल्छु भनेर तिनीहरूले सुनेका छन्; मलाई सान्त्वना दिने कोही पनि छैन; मेरा सबै शत्रुहरूले मेरो विपत्तिको विषयमा सुनेका छन्; तपाईंले यसो गर्नुभएकोमा तिनीहरू रमाएका छन्; तर तपाईंले आफूले घोषणा गर्नुभएको दिन ल्याउनुहुनेछ; तब तिनीहरू पनि मजस्तै हुनेछन्।
22 तिनीहरूको सबै दुष्टता तपाईंको सामु आओस्; अनि मेरा सबै अपराधहरूको कारणले तपाईंले मसित जस्तो गर्नुभएको छ, तिनीहरूसित पनि त्यस्तै गर्नुहोस्! किनकि मेरा सुस्केराहरू धेरै छन्, र मेरो हृदय र्मूच्छितछ हुन्छ।