यरूशलेमको विनाशको विवरण
52
सिद्कियाहले राज्य गर्न शुरु गर्दा तिनी एक्काइस् वर्षका थिए; अनि तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम हमूतल थियो, जो लिब्नाका यर्मियाकी छोरी थिइन्। 2 अनि तिनले सबै कुरामा यहोयाकिमले जस्तै परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे। 3 किनकि परमप्रभुले उनीहरूलाई आफ्नो सामुबाट नहटाउन्जेल उहाँको क्रोधले गर्दा यरूशलेम र यहूदामा यस्तो भयो, अर्थात् सिद्कियाहले बाबेलका राजाको विरोधमा विद्रोह गरे।4 अनि यस्तो भयो: तिनको राज्यकालको नवौं वर्षको दसौं महिनामा, त्यस महिनाको दसौं दिनमा बाबेलका राजा नबूकद्नेस्सरले – उनले र उनको सारा सेनाले यरूशलेममाथि चढ़ाइ गरे, र यसको विरोधमा छाउनी हाले; अनि तिनीहरूले यसको विरोधमा वरिपरि घेराबन्दीका पर्खालहरू बनाए। 5 अनि सिद्कियाहको एघारौं वर्षसम्म त्यो शहर घेरामा परिरह्यो। 6 अनि चौथो महिनामा, त्यस महिनाको नवौं दिनदेखि शहरमा यति घोर अनिकाल पर्यो, कि देशका मानिसहरूका निम्ति केही खानेकुराक रहेन। 7 तब त्यो शहर फोरियो, र सबै योद्धाहरू भागे, अनि राति राजाको बगैंचाको छेउमा भएका दुई पर्खालको बीचमा मूलढोकाको बाटो भएर शहरबाट निस्केर गए; (त्यति बेला कल्दीहरू वरिपरि शहरको विरोधमा बसेका थिए); अनि उनीहरू अराबाको बाटो लागे। 8 तर कल्दीहरूको सेना राजाको पछि खेद्दै गयो, र सिद्कियाहलाई यरिहोका मैदानहरूमा फेला पार्यो; अनि तिनको सारा सेना तिनीदेखि तितरबितर भयो। 9 तब तिनीहरूले राजालाई पक्रेर तिनलाई हमात देशको रिब्लामा बाबेलका राजाकहाँ ल्याए, जहाँ उनले तिनको विरोधमा न्यायको फैसला दिए। 10 अनि बाबेलका राजाले सिद्कियाहका छोराहरूलाई तिनकै आँखाको सामु मारे; अनि रिब्लामा उनले यहूदाका सबै शासकहरूलाई पनि मारे। 11 तब उनले सिद्कियाहका आँखाहरू निकालिदिए; अनि बाबेलका राजाले तिनलाई पित्तलका साङ्लाहरूलेख बाँधेर तिनलाई बाबेलमा लगे र तिनको मृत्युको दिनसम्मै तिनलाई झ्यालखानामा हाले।
12 अनि पाँचौं महिनामा, त्यस महिनाको दसौं दिनमा, जुनचाहिँ बाबेलका राजा नबूकद्नेस्सरको उन्नाइसौं वर्ष थियो, बाबेलका राजाका कर्मचारी अर्थात् अङ्गरक्षकहरूका कप्तान नबूजर-अदान यरूशलेममा आए; 13 अनि उनले परमप्रभुको भवन, राजाको भवन र यरूशलेमका सबै घरहरू जलाइदिए; अनि उनले ठूला मानिसहरूका सबै घरहरू आगोले जलाइदिए; 14 अनि ती अङ्गरक्षकहरूका कप्तानको साथमा भएका कल्दीहरूको सारा सेनाले यरूशलेमको वरिपरिका सबै पर्खालहरू भत्काइदियो। 15 तब अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले गरिब मानिसहरूमध्ये कतिलाई, शहरमा छोड़िएका बाँकी मानिसहरूलाई र बाबेलका राजाकहाँ शरण लिएका शरणार्थीहरूलाई, साथै बाँकी भीड़लाई पनि कैदी बनाएर लगे। 16 तर अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले देशका गरिबहरूमध्ये कतिलाई दाखबारीमा काम गर्ने माली र खेतीकिसानहरूको रूपमा छोड़िराखे।
17 अनि परमप्रभुको भवनमा भएका पित्तलका खाँबाहरू, साथै परमप्रभुको भवनमा भएका आधारहरू र पित्तलको समुद्रग पनि कल्दीहरूले टुक्रा-टुक्रा पारे र तिनका सबै पित्तल बाबेलमा लगे। 18 अनि तिनीहरूले उनीहरूले सेवामा प्रयोग गरेका कराहीहरू, बेल्चाहरू, सलेतो काट्ने कैंचीहरू, बाटाहरू, चम्चाहरू र पित्तलका सबै भाँड़ाकुँड़ाहरू लगे। 19 अनि भाँड़ाहरू, आगोदानीहरू, बाटाहरू, कराहीहरू, सामदानहरू, चम्चाहरू र कचौराहरू – जे सुनका थिए, तिनका सुन, र जे चाँदीका थिए, तिनका चाँदी अङ्गरक्षकहरूका कप्तानले लगे। 20 राजा सुलेमानले परमप्रभुको भवनका निम्ति बनाएका ती दुईवटा खाँबाहरू, त्यो समुद्रग र ती बाह्र पित्तलका बहरहरू, जो आधारहरूमुनि थिए – ती सबै सरसामानहरूको पित्तलको वजन तौलेर नसकिने थियो। 21 अनि ती खाँबाहरूचाहिँ – हरेक खाँबाको उचाइ अठार हात थियो; अनि त्यसको घेरा बाह्र हात, र त्यसको मोटाइ चार अमल थियो; त्यो खोक्रो थियो। 22 अनि खाँबामाथिघ पित्तलको टुप्पो थियो; अनि हरेक टुप्पोको उचाइ पाँच हात थियो; ती टुप्पाहरूमाथि वरिपरि एउटा जाली र दारिमहरू थिए – सबै पित्तलका थिए। अनि अर्को खाँबा र दारिमहरू यीजस्तै थिए। 23 अनि चौड़ाइमा छयान्नब्बे दारिमहरू थिए, अनि त्यस जालीमाथि चाहिँ वरिपरि जम्मा एक सय दारिमहरू थिए।
24 अनि अङ्गरक्षकहरूका कप्तानले प्रधान पूजाहारी सरायाहलाई, दोस्रो पूजाहारी सपन्याहलाई र ढोकामा पहरा दिने तीनजना द्वारपालहरूलाई लगे; 25 अनि उनले त्यस शहरबाट योद्धाहरूमाथि अधिकार राख्ने एकजना अफिसरलाई, राजाको भेटीमा रहनेहरूमध्ये सातजना मानिसहरूलाई, जुन शहरमा फेला परे, देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने सेनाको प्रधान सचिवलाई र देशका मानिसहरूमध्ये साठीजना मानिसलाई लगे, जो शहरको बीचमा फेला परे। 26 अनि अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले उनीहरूलाई लगे, र उनीहरूलाई रिब्लामा बाबेलका राजाकहाँ पुर्याए। 27 अनि हमात देशको रिब्लामा बाबेलका राजाले उनीहरूलाई प्रहार गरे र उनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैद गरेर लगियो।
28 नबूकद्नेस्सरले कैद गरेर लगेका मानिसहरू यी नै हुन्: उनको राज्यकालको सातौं वर्षमा तीन हजार तेइस यहूदीहरू; 29 नबूकद्नेस्सरको अठारौं वर्षमा उनले यरूशलेमबाट आठ सय बत्तीसजनालाई कैद गरेर लगे; 30 अनि नबूकद्नेस्सरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले सात सय पैंतालीसजना यहूदीहरूलाई कैद गरेर लगे; जम्मा चार हजार छ सय मानिसहरू भए।
राजा यहोयाकिनले कृपा पाएर कैदबाट निस्केको विवरण
31 अनि यस्तो भयो: यहूदाका राजा यहोयाकिन कैदमा परेको सैंतीसौं वर्षको बाह्रौं महिनामा, त्यस महिनाको पच्चीसौं दिनमा बाबेलका राजा एबील-मरोदकले आफ्नो राज्यकालको पहिलो वर्षमा यहूदाका राजा यहोयाकिनको शिर उच्च पारिदिए र तिनलाई झ्यालखानाबाट निकाले; 32 अनि उनले तिनीसित मङ्गलकारीङ कुरा गरे र तिनको सिंहासन बाबेलमा आफूसँग भएका अरू राजाहरूको सिंहासनभन्दा उच्च पारिदिए; 33 अनि उनले तिनको कैदका लुगाहरू बदली गरिदिए; अनि तिनले आफ्नो जीवनभरि नै लगातार राजाकोच सामु भोजन गरेछ। 34 अनि तिनको भोजनको प्रबन्धचाहिँ – तिनको सारा जीवनभरि नै तिनको मृत्युको दिनसम्मै तिनलाई बाबेलका राजाबाट हर दिनको आवश्यकताअनुसार निरन्तर भोजनज दिइयो।