यशैया
1
आमोसका छोरा यशैयाको दर्शन, जुन दर्शन तिनले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाहका दिनहरूमा यहूदा र यरूशलेमको विषयमा देखे:परमप्रभुको आरोप: यहूदाको दुष्टता
2 “हे आकाशहरूहो, सुन! अनि हे पृथ्वी, कान लगा! किनकि परमप्रभु बोल्नुभएको छ: मैले छोराछोरीहरूलाई पालनपोषण गरें, र हुर्काएँ-बढ़ाएँ, तर तिनीहरूले चाहिँ मेरो विरोधमा विद्रोहक गरेका छन्। 3 गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड़ चिन्छ; तर इस्राएलले चिन्दैन, मेरो प्रजाले विचारै गर्दैनख। 4 धिक्कार, त्यस पापी जाति, अधर्मले लादिएको प्रजा, कुकर्मीहरूको वंश, भ्रष्टाचारी सन्तानहरूलाई! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र जनको रिस उठाएकाग छन्; तिनीहरू पराई भएर पछि हटेका छन्।”
5 “तिमीहरू अझै पनि किन कुटाइ खान्छौ? तिमीहरू अझै विद्रोह गर्छौ। सम्पूर्ण शिर बिरामी छ, र सम्पूर्ण हृदय व्याकुल भएको छ। 6 खुट्टाको पैतालादेखि शिरसम्म त्यसमा रोग नभएकोघ कुनै छैन; तर चोटहरू, नीला डामहरू र पाकेका घाउहरू छन्; ती निचोरिएका छैनन्, न मलहमपट्टी बाँधिएका छन्, न ता तेलले नरम पारिएका छन्। 7 तिमीहरूको देश उजाड़ छ, तिमीहरूका शहरहरू आगोले जलाइएका छन्; तिमीहरूको जग्गा-जमिन – परदेशीहरूले तिमीहरूकै सामु त्यसलाई खाइदिन्छन्, अनि परदेशीहरूले नाश पारेको झैं त्यो उजाड़ भएको छ। 8 अनि सियोनकी छोरीचाहिँ दाखबारीमा भएको छाप्रोजस्तो, काँक्राको बारीमा भएको कटेरोजस्तो, घेरा हालिएको शहरजस्तै छोड़िएकीङ छे।” 9 सेनाहरूका परमप्रभुले हाम्रा निम्ति बाँकी रहेको एउटा सानो भाग राखिछोड़्नुभएको भए हामी सदोमजस्ता हुनेथियौं, हामी गमोराजस्ता हुनेथियौं।
10 हे सदोमका शासकहरूहो, परमप्रभुको वचन सुन! हे गमोराका मानिसहरूहो, हाम्रा परमेश्वरको व्यवस्थामा कान लगाओ! 11 परमप्रभु भन्नुहुन्छ: तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? भेड़ाहरूकाच होमबलिहरू र मोटा-मोटा पशुहरूको बोसोले म अघाइसकेको छु; अनि बहरहरू, भेड़ाका पाठाहरू र बोकाहरूको रगतले म प्रसन्न हुँदिनँ। 12 जब तिमीहरू मेरो सामु देखा पर्नछ आउँछौ, तब कसले तिमीहरूको हातबाट यो मागेकोज छ, कि तिमीहरू मेरो आँगनलाई कुल्चीमिल्ची पार्छौ? 13 व्यर्थका भेटीहरू फेरि नल्याओ; धूप त मेरा निम्ति घृणित वस्तु हो; औंसी र विश्रामदिनहरू – सभाहरूको आयोजना – अधर्म र महासभा म सहन सक्तिनँ। 14 तिमीहरूका औंसीहरू र तोकिएका चाड़हरूलाई मेरो मनलेझ घृणा गर्छ; ती मेरा निम्ति भार हुन्; तिनलाई बोक्दा-बोक्दै म थकित भएको छु। 15 अनि जब तिमीहरू आफ्ना हातहरू फैलाउँछौ, तब म तिमीहरूबाट आफ्ना आँखाहरू लुकाउनेछु; अँ, जब तिमीहरू धेरै-धेरै प्रार्थना गर्दछौ, तब म सुन्नेछैनँ; तिमीहरूका हातहरू रगतले भरिएका छन्। 16 आफूलाई धोओ, आफूलाई शुद्ध पार; मेरा आँखाको सामुबाट आफ्ना कामहरूको दुष्टता हटाओ; खराबी गर्न छोड़िदेओ! 17 भलाइ गर्न सिक; न्यायको खोजी गर; थिचोमिचोमा परेकोलाई छुटाओञ; टुहुराको न्याय गरिदेओ; विधवाको मुद्दा लड़िदेओ!
18 परमप्रभु भन्नुहुन्छ: अब आओ, र हामी आपसमा तर्कवितर्क गरौं! तिमीहरूका पापहरू सिन्दुरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढ़ा राता भए तापनि ती ऊनजस्तै सेता हुनेछन्। 19 तिमीहरू इच्छुक भयौ र आज्ञाकारी भयौ भने तिमीहरूले यस देशका असल-असल कुराहरू खान पाउनेछौ। 20 तर तिमीहरूले मान्न इन्कार गर्यौ र विद्रोह गर्यौ भने तिमीहरू तरवारले निलिनेछौ; किनकि परमप्रभुको मुखले यो कुरा भनेको हो।”
भ्रष्ट शहर सियोनको विषयमा परमेश्वरको विलाप र न्यायको घोषणा
21 “यो विश्वासयोग्य शहर कसरी एउटी वेश्या भयो! यो न्यायले भरपूर थियो; धार्मिकताले यसमा वास गर्थ्यो; तर अहिलेचाहिँ हत्याराहरूले वास गर्छन्। 22 तेरो चाँदी धातुको मैला भएको छ, तेरो मदिरामा पानी मिसिएको छ; 23 तेरा शासकहरू विद्रोही र चोरहरूका सङ्गीहरू हुन्; हरेकले घूस मन पराउँछ, र उपहारहरूको पछि दगुर्छ; तिनीहरू टुहुराको न्याय गर्दैनन्, न ता विधवाको मुद्दा नै तिनीहरूकहाँ आउँछ।
24 यसैकारण प्रभु, सेनाहरूका परमप्रभु, इस्राएलका शक्तिशाली जन यसो भन्नुहुन्छ: आह! म आफूलाई मेरा विरोधीहरूबाट आराम दिनेछु, र आफ्ना शत्रुहरूलाई बदला दिनेछु; 25 अनि म तँमाथि आफ्नो हात लगाउनेछु, र तेरो धातुको मैला बिलकुलै शुद्ध हुने गरी खार्नेछु, र तेरो सारा राङ हटाउनेछु। 26 अनि म पहिले जस्तै तेरा न्यायकर्ताहरूलाी र शुरुमा जस्तै तेरा सल्लाहकारहरूलाई फेरि लगाउनेछु; त्यसपछि तँ ‘धार्मिकताको शहर र विश्वासयोग्य शहर’ भनिनेछस्। 27 सियोन न्यायद्वारा, र यसका फर्केर आउनेहरूचाहिँ धार्मिकताद्वारा छुटाइनेछन्। 28 अनि अपराधीहरू र पापीहरूको विनाश एकसाथ हुनेछ; अनि परमप्रभुलाई त्याग्नेहरू नाश गरिनेछन्। 29 किनभने जुन फलाँटका रूखहरूको तिमीहरूले लालसा गर्थ्यौ, तीबाट तिनीहरू लज्जित हुनेछन्, र जुन बगैंचाहरू तिमीहरूले चुन्थ्यौ, तीबाट तिमीहरू शर्ममा पर्नेछौ। 30 किनकि तिमीहरू पात ओइलिएको फलाँटको रूखजस्तो र पानी नभएको बगैंचाजस्तो हुनेछौ। 31 अनि बलवान् सनपाटकोट धागोजस्तो, र त्यसको काम आगोको झिल्काजस्तो हुनेछ; अनि ती दुवै एकसाथ जल्नेछन्, र कसैले तिनलाई निभाउनेछैन।”