अन्तका दिनहरूमा परमप्रभुको भवनको पर्वत
2
आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेको दर्शनरूपी वचन: 2 “अनि अन्तका दिनहरूमा यस्तो हुनेछ: परमप्रभुको भवनको पर्वत पहाड़हरूको टाकुरामा स्थापित हुनेछ र डाँड़ाहरूभन्दा उच्च पारिनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्। 3 अनि धेरै जातिका मानिसहरू जानेछन्, र भन्नेछन्: ‘आओ, र हामी माथि परमप्रभुको पर्वतमा, याकूबका परमेश्वरको भवनमा जाऔं; अनि उहाँले हामीलाई आफ्ना मार्गहरूको शिक्षा दिनुहुनेछ, र हामी उहाँका बाटाहरूमा हिँड़्नेछौं’; किनकि सियोनबाट व्यवस्था, र यरूशलेमबाट परमप्रभुको वचन निस्कनेछ। 4 अनि उहाँले जाति-जातिको बीचमा न्याय गर्नुहुनेछ र धेरै जातिहरूलाई हप्काउनुहुनेछक; अनि तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू, र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्; एउटा जातिले अर्को जातिको विरोधमा तरवार उठाउनेछैन, न ता तिनीहरूले फेरि कहिल्यै युद्ध-विद्या सिक्नेछन्।”परमप्रभुको दिन
5 “हे याकूबको घराना, आओ, र हामी परमप्रभुको ज्योतिमा हिँड़ौं! 6 किनभने तपाईंले आफ्नो प्रजा याकूबको घरानालाई त्याग्नुभएको छ; किनकि तिनीहरू पूर्वका कुराले भरिएका छन्, पलिस्तीहरूझैं जोखनाख हेर्नेहरू भएका हुन्छन् र परदेशीहरूका छोराछोरीहरूसँग थपड़ी मार्दछन्। 7 अनि तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, न ता तिनीहरूका धनसम्पत्तिको अन्त नै छ; अनि तिनीहरूको देश घोड़ाहरूले भरिएको छ, न ता तिनीहरूका रथहरूको अन्त नै छ। 8 अनि तिनीहरूको देश मूर्तिहरूले भरिएको छ; तिनीहरू आफ्नै हातको कामलाई दण्डवत् गर्छन्, जुन काम तिनीहरूकै औंलाहरूले बनाएका हुन्; 9 अनि साधारण मानिस झुक्छ, र ठूलो मानिसचाहिँ होच्याइन्छ; यसैले तिनीहरूलाई क्षमा नगर्नुहोस्! 10 परमप्रभुको डरकोग कारणलेघ, साथै उहाँको प्रतापको सर्वश्रेष्ठताको कारणलेघ तिमी चट्टानभित्र पस, र माटोभित्र लुक! 11 मानिसका घमण्डले चढ़ेका आँखाहरू होच्याइनेछन्, मानिसहरूको सेखी तल झारिनेछ; अनि त्यस दिन परमप्रभु मात्र उच्च पारिनुहुनेछ।
12 किनकि सेनाहरूका परमप्रभुको दिन हरेक घमण्डी र सेखीबाजमाथि, अँ, हरेक तुजुकवालामाथिङ आइपर्नेछ; अनि त्यो तल झारिनेछ; 13 साथै लेवानोनका सबै अग्ला र उच्च देवदारहरूमाथि, र बाशानका सबै फलाँटहरूमाथि, 14 अनि सबै अग्ला-अग्ला पहाड़हरूमाथि, र सबै उठेका डाँड़ाहरूमाथि, 15 अनि हरेक उच्च धरहरामाथि, र हरेक बलियो पर्खालमाथि, 16 अनि टार्शिशका सबै जहाजहरूमाथि, र सबै मनोहर कारिगरीहरूमाथित आइपर्नेछ। 17 अनि मानिसको घमण्ड होच्याइनेछ, र मानिसहरूको सेखी तल झारिनेछ; अनि त्यस दिन परमप्रभु मात्र उच्च पारिनुहुनेछ। 18 अनि उहाँले मूर्तिहरूलाई बिलकुलै मेटाउनुहुनेछ। 19 अनि पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई जब परमप्रभु उठ्नुहुन्छ, तब उहाँको डरकोच कारणलेघ र उहाँको प्रतापको सर्वश्रेष्ठताको कारणलेघ तिनीहरू चट्टानहरूका गुफाहरूभित्र र माटोका दुलाहरूभित्र पस्नेछन्। 20 त्यस दिन मानिसले आफ्ना चाँदीका मूर्तिहरू र आफ्ना सुनका मूर्तिहरूलाई छुचुन्द्राहरू र चमेराहरूको अघि फालिदिनेछ, जुन मूर्तिहरू तिनीहरूले दण्डवत् गर्न भनी आफ्ना निम्ति बनाएका थिए – 21 पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई जब परमप्रभु उठ्नुहुन्छ, तब उहाँको डरकोच कारणलेघ र उहाँको प्रतापको सर्वश्रेष्ठताको कारणलेघ चट्टानहरूका धाँदाहरूभित्र र पहराहरूका चिराहरूभित्र पस्नलाई मानिसले यसो गर्नेछ। 22 नाकमा सास भएको मानिसलाई छोड़िदेओ; किनकि त्यसको मूल्य केछ पो छ र?”