श्रेष्ठगीत
शूलामाइट दरवारका स्त्रीहरूसँग
1
श्रेष्ठगीत, जो सुलेमानको हो।2 उहाँले मलाई आफ्ना मुखका चुम्बनहरूले चुम्बन गरून्! किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम हो।
3 तपाईंका उत्तम तेलहरूको सुगन्धले गर्दा तपाईंको नाम खन्याइएको तेलजस्तै छ; यसैले कन्याहरूले तपाईंलाई प्रेम गर्छन्।
4 मलाई खिँच्नुहोस्! हामी तपाईंको पछि-पछि दगुर्नेछौं; राजाले मलाई आफ्ना कोठाहरूमा ल्याउनुभएको छ; तपाईंमा हामी रमाउनेछौं, र आनन्द गर्नेछौं; हामीले तपाईंको प्रेम दाखमद्यभन्दा बढ़ी सम्झनाक गर्नेछौं; तिनीहरूले तपाईंलाई सच्चा रीतिले प्रेम गर्छन्।
5 हे यरूशलेमका छोरीहरूहो, म काली त छु, तर सुन्दरी छु – केदारका पालहरूजस्तै, सुलेमानका पर्दाहरूजस्तै।
6 काली भएकीले मलाई नहेर! किनकि घामले मलाई डढ़ाएको हो; मेरी आमाका छोराहरू मसँग क्रोधित थिए; तिनीहरूले मलाई दाखबारीहरूकी रखवाल्नी तुल्याए; तर मैले आफ्नै दाखबारीको हेरचाह गरेकी छैनँ।
7 हे मेरा प्राण-प्रियख, तपाईं आफ्ना भेड़ाहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनलाई कहाँ सुताउनुहुन्छ, सो मलाई बताउनुहोस्! किनकि म किन तपाईंका साथीहरूका बगालहरूको छेउछाउमा भड़्किहिँड़ूँग?
8 हे स्त्रीहरूमा परम-सुन्दरी, तिमी जान्दिनौ भने भेड़ाबाख्राका खुरका छापहरू पहिल्याउँदै निस्केर जाऊ, र गोठालाहरूका पालहरूको छेउछाउमा आफ्ना बाख्राका पाठाहरू चराऊ!
9 हे मेरी प्रिया, मैले तिमीलाई फाराओका रथहरूको घोड़ासँग तुलना गरेको छु।
10 तिम्रा गालाहरू गहनाका लहरहरूले, र तिम्रो गला सुनका सिक्रीहरूले सुन्दर छन्।
11 हामीले तिम्रा निम्ति चाँदीका फूलीहरू जड़िएका सुनका लहरहरू बनाइदिनेछौं।
12 राजा आफ्नो आसनमाघ बस्नुभएको बेला मेरो जटामसीले आफ्नो सुगन्ध फैलाउँछ।
13 मेरा प्रिय मेरा निम्ति एउटा गन्धरसको थैलीसरह हुनुहुन्छ, जो रातभरि मेरो छातीकोङ बीचमा ढल्कनुहुन्छ।
14 मेरा प्रिय मेरा निम्ति एन्-गदीका दाखबारीहरूमा भएको मेंहदी-फूलको झुप्पाजस्तो हुनुहुन्छ।
15 हे मेरी प्रिया, हेर, तिमी सुन्दरी छ्यौ; हेर, तिमी सुन्दरी छ्यौ; तिम्रा आँखाहरू ढुकुरहरूका जस्ताच छन्।
16 हे मेरा प्रिय, तपाईं सुन्दर हुनुहुन्छ; अँ, मनोहर हुनुहुन्छ; अँ, हाम्रो ओछ्यान हरियो छ।
17 हाम्रो घरका निदालहरू देवदार हुन्, र हाम्रा दलिनहरू सल्ला हुन्।