यरूशलेम र यहूदाको न्याय
3
“किनकि हेर, प्रभुले, सेनाहरूका परमप्रभुले यरूशलेम र यहूदाबाट सहारा र लौरा – रोटीको सबै सहारा र पानीको सबै सहारा हटाइदिनुहुनेछ, 2 शूरवीर मानिस, योद्धा, न्यायकर्ता, भविष्यवक्ता, जोखना हेर्ने र वृद्ध मानिसलाई – 3 पचासजनाका कप्तान, आदरणीय मानिस, सल्लाहकार, निपुण कारिगर, र पोख्त प्रवक्तालाई हटाइदिनुहुनेछ। 4 अनि तिनीहरूका शासकहरू हुनलाई म ठिटाहरूलाई दिनेछु, र चञ्चल बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्। 5 अनि मानिसहरू एक-अर्काद्वारा, हरेक आ-आफ्नो छिमेकीद्वारा थिचोमिचोमा पर्नेछन्; ठिटाले वृद्ध मानिससित, र तुच्छ व्यक्तिले आदरणीय मानिससित दुर्व्यवहार गर्नेछ। 6 तब मानिसले आफ्नो बुबाको घरानाको आफ्नो भाइलाईक समातेर यसो भन्नेछ: “तिमीसित लुगाफाटा छ; तिमी हाम्रा शासक बन, र यो बरबाद तिम्रो हातको अधीनतामा आओस्!”, 7 त्यस दिन त्यसले शपथ खाएरख भन्नेछ: ‘म निको पार्नेग मानिस बन्नेछैनँ; किनकि मेरो घरमा न रोटी छ, न लुगा; मलाई यी मानिसहरूको शासक नबनाओ’; 8 किनकि यरूशलेम बरबाद भएकोघ छ, र यहूदा पतित भएको छ; किनकि तिनीहरूको वचनङ र तिनीहरूका कामहरू उहाँको महिमाका आँखाहरूको विरुद्ध विद्रोह गर्नलाई परमप्रभुको विरोधमा छन्। 9 तिनीहरूको अनुहारको रवाफले नै तिनीहरूको विरुद्ध साक्षी दिन्छ; अनि तिनीहरू सदोमले जस्तै आफ्नो पाप प्रकट गर्छन्, तिनीहरू त्यसलाई लुकाउँदैनन्। हाय, तिनीहरूको प्राणलाई; किनकि तिनीहरूले आफैमाथि खराबी ल्याएका छन्। 10 तिमीहरूले धर्मी जनलाई भन: ‘तिम्रो भलो हुनेछ!’ किनभने तिनीहरूले आफ्ना कामहरूको फल खानेछन्। 11 दुष्टलाई हाय! त्यसको कुभलो हुनेछ; किनकि त्यसका हातहरूको प्रतिफल त्यसलाई दिइनेछ। 12 मेरो प्रजा – तिनीहरूका थिचोमिचो गर्नेहरू बालकहरू हुन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरो प्रजा, तिम्रा अगुवाहरूले तिमीलाई कुबाटोमा लगाउँछन् र तिम्रो हिँड़्ने बाटो नष्ट पारिदिन्छन्।13 परमप्रभु मुद्दा लड़्न खड़ा हुनुहुन्छ, र मानिसहरूको न्याय गर्न उभिनुहुन्छ। 14 परमप्रभुले आफ्नो प्रजाका बूढ़ा प्रधानहरू र त्यसका शासकहरूको न्याय गर्नुहुनेछ; किनकि तिमीहरूले त्यस दाखबारीलाई खाइदिएका छौ, गरिबलाई लुटेको माल तिमीहरूका घरहरूभित्र छ। 15 तिमीहरू मेरो प्रजालाई टुक्रा-टुक्रा पार्छौ, र गरिबहरूका चेहराहरू पिँध्छौ – तिमीहरूका निम्ति यसको मतलब के हो? प्रभु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ।
16 अनि परमप्रभु भन्नुहुन्छ: सियोनका छोरीहरू अहङ्कारीच छन्, अनि गर्दन ठड़्याएर र विलासी आँखाहरू उचालेर हिँड़्छन्, र आफ्ना पाउहरूले छमछम आवाज गर्दै स्वाङ पारी हिँड़्छन्। 17 यसैकारण प्रभुले सियोनका छोरीहरूको थाप्लामा लुतैलुतो उछ्राउनुहुनेछ; अनि परमप्रभुले तिनीहरूका गुप्त अङ्गहरू उघारिदिनुहुनेछ। 18 त्यस दिन प्रभुले तिनीहरूका पाउको छमछम गर्ने पाउजेबको शोभालाई, शिरबन्दीहरू, चन्द्रहारहरू; 19 सिक्रीहरूछ, चुराहरू र घुम्टाहरूज, 20 पछ्यौराहरू, खुट्टाका नूपुरहरू, शिरपोसहरू, अत्तरदानीहरू र कुन्डलहरू; 21 औंठीहरूझ र नत्थहरू, 22 सुन्दर वस्त्रहरू, खास्टाहरू, मजेत्राहरू र थैलीहरू; 23 ऐनाहरू, मिहिन मलमल, पगरीहरू र घुम्टाहरू हटाइदिनुहुनेछ। 24 अनि यस्तो हुनेछ: सुगन्धको सट्टामा सड़ेको दुर्गन्ध, पटुकाको सट्टामा डोरी, कोरीबाटी गरेको केशको सट्टामा खुइलिएको तालु, बहुमूल्य वस्त्रको सट्टामा कम्मरमा बाँधेको भाङ्ग्राको लुगा र सुन्दरताको सट्टामा जलेको डाम हुनेछन्। 25 तिम्रा पुरुषहरू तरवारले र तिम्रा शूरवीरहरू लड़ाइँमा मारिनेछन्ञ। 26 अनि त्यसका मूलढोकाहरूले बिलौना गर्नेछन् र विलापट गर्नेछन्; अनि त्योचाहिँ उजाड़ भएर भुइँमा बस्नेछ।”