शुद्धिपछि महिमित सियोन
4
“अनि त्यस दिन सात स्त्रीहरूले एउटै पुरुषलाई समातेर भन्‍नेछन्: ‘हामीले आफ्नै रोटी खानेछौं, र आफ्नै लुगा पहिरनेछौं; केवल हामी तिम्रा हौं भनिन पाऔं; हाम्रो निन्दा हटाऊ!’ 2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलका बचेकाहरूका निम्ति पृथ्वीको फल उत्तम र मनोहर हुनेछ। 3 अनि यस्तो हुनेछ: जो सियोनमा बाँकी रहेको छ, र यरूशलेममा बचेको छ, अँ, हरेक, जसको नाम यरूशलेममा जिउँदाहरूको बीचमा लेखिएको छ, त्यो पवित्र कहलाइनेछ; 4 जब प्रभुले न्यायको आत्माद्वारा र भस्म पार्ने आत्माद्वारा सियोनका छोरीहरूको मैलाफोहोर धोइसक्नुहुनेछ र यरूशलेमको रगत त्यसको बीचबाट शुद्ध पारिसक्नुहुनेछ, 5 तब परमप्रभुले सियोन पर्वतको हरेक वासस्थानमाथि र तिनीहरूका सभाहरूमाथि दिउँसो बादल र धूवाँ, अनि राति दन्किरहेको आगोको चमक सृष्‍टि गर्नुहुनेछ; किनकि त्यो सबै महिमामाथि एउटा छाना रहनेछ। 6 अनि दिउँसो गर्मीबाट बचाउने छायाको रूपमा, अनि आँधीबतास र झरीबाट बचाउने शरणस्थान र आड़को रूपमा एउटा सामियाना हुनेछ।”