परमप्रभुको निराश तुल्याउने दाखबारीको गीत
5
“अब आफ्नो प्रियका निम्ति तिनको दाखबारीको विषय लिएर म आफ्नो प्रिय जनको गीत गाउनेछु; एउटा अति उब्जाउ डाँड़ामाक मेरो प्रियको एउटा दाखबारी छ; 2 अनि तिनले त्यसलाई खनखान गरे, त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, त्यसमा उत्तम जातको दाखको बोट रोपे र त्यसको बीचमा एउटा टुङ बनाए, साथै त्यसमा एउटा कोल पनि खोपेर बनाए; अनि त्यसले अङ्गुरहरू फलाओस् भनेर तिनले बाटो हेरेर बसे, तर त्यसले जङ्गलीख अङ्गुरहरू फलायो। 3 अनि अब हे यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरूहो, म तिमीहरूलाई विन्ती गर्छु, म र मेरो दाखबारीको बीचमा न्याय गरिदेओ! 4 मेरो दाखबारीका निम्ति अरू के गर्न सकिन्छ, जो मैले त्यसमा गरेको छैनँ? त्यसले अङ्गुरहरू फलाओस् भनेर मैले बाटो हेरें, तब किन त्यसले जङ्गलीख अङ्गुरहरू फलायो? 5 अब म आफ्नो दाखबारीलाई के गर्नेछु, सो म तिमीहरूलाई अहिले नै बताउनेछु: म त्यसको बार हटाइदिनेछु, र त्यो निलिनेछ; म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची पारिनेछ; 6 अनि म त्यसलाई उजाड़ पार्नेछु; त्यो छिँवलिनेछैन, न ता खनखान नै गरिनेछ; तर त्यसमा काँड़ेझाङ र काँड़ाहरू उम्रनेछन्; अनि बादलहरूले त्यसमाथि पानी नबर्साऊन् भनी म तिनीहरूलाई आज्ञा गर्नेछु। 7 किनकि सेनाहरूका परमप्रभुको दाखबारीचाहिँ इस्राएलको घराना हो, अनि यहूदाका मानिसहरूचाहिँ उहाँको मनोहर बोटबिरुवा हुन्; अनि उहाँले न्यायको खोज गर्नुभयोग, तर हेर, थिचोमिचो! अँ, धार्मिकताको खोजी गर्नुभयोग, तर हेर, चिच्च्याहट!”धिक्कारको जिन्दगी
8 “धिक्कार तिनीहरूलाई, जसले पृथ्वीको बीचमा आफू मात्र बस्न पाऔं भनेर कुनै ठाउँ नरहुन्जेल घरमाथि घर जोड़्छन् र खेतमाथि खेत थप्दै लान्छन्। 9 सेनाहरूका परमप्रभुले मेरा कानहरूमा भन्नुभयो: साँच्चै धेरै घरहरू उजाड़ हुनेछन्, अँ, ठूला-ठूला र सुन्दर-सुन्दर घरहरू बासिन्दाविनाका हुनेछन्। 10 किनभने दस एकरघ दाखबारीले एक बतङ; फल फलाउनेछ, र एक होमेरङ बीउबाट एक एपाङ फल फल्नेछ। 11 धिक्कार तिनीहरूलाई, जो मदिराको पछि लाग्न एकाबिहानै उठ्छन् र दाखमद्यले तिनीहरूलाई नरन्काउन्जेल बेलुकीपखसम्म पिउँदै बस्छन्! 12 अनि तिनीहरूका भोजहरूमा वीणा, सितार, खैंजड़ी, बाँसुरी र मदिरा पाइन्छन्; तर परमप्रभुको कामलाई तिनीहरू वास्ता गर्दैनन्, न ता उहाँका हातहरूको कार्यलाई नै विचार गर्दछन्च।
13 यसैकारण ज्ञान नभएकाले गर्दा मेरो प्रजा कैदमा गएको छ; अनि तिनीहरूका आदरणीय मानिसहरू भोकले ग्रस्त हुन्छन्, र तिनीहरूको भीड़चाहिँ तिर्खाले सुक्छ। 14 यसैकारण अधोलोकले आफूलाई ठूलो पारेको छ र आफ्नो मुख बेहिसाब खोलेको छ; अनि तिनीहरूकोछ महिमा, तिनीहरूकोछ भीड़भाड़ र तिनीहरूकोछ ठाँटबाँट, साथै त्यो पनि, जो यसमा अत्यन्तै रमाउँछ, त्यसभित्र झर्नेछ। 15 अनि साधारण मानिस निहुराइनेछ, ठूलो मानिस होच्याइनेछ, अनि अहङ्कारीहरूका आँखाहरू झुकाइनेछन्; 16 तर सेनाहरूका परमप्रभु न्यायमाज उच्च पारिनुहुनेछ, र परमेश्वर, जो पवित्र हुनुहुन्छ, धार्मिकतामाझ पवित्र ठहरिनुहुनेछ। 17 तब भेड़ाका पाठाहरू आफ्नो चरनमा झैंञ चर्नेछन्, र मोटा-मोटा पशुहरूका उजाड़ भएका ठाउँहरूचाहिँ परदेशीहरूले खानेछन्।
18 धिक्कार तिनीहरूलाई, जसले अधर्मलाई व्यर्थताका डोरीहरूले, र पापलाई चाहिँ गाड़ाको लठारोले झैं तान्छन्; 19 जसले भन्छन्: ‘उहाँले हतार गरून् र आफ्नो काम चाँड़ो गरून्, र हामीले त्यो देख्न सकौं; अनि इस्राएलका पवित्र जनको मनसायट नजिक आओस्, र पूरा होस्, र हामीले त्यो जान्न पाऔं!’ 20 धिक्कार तिनीहरूलाई, जसले असललाई खराब, र खराबलाई असल भन्दछन्; जसले ज्योतिलाई अन्धकार, र अन्धकारलाई ज्योति ठहराउँछन्; जसले मीठोलाई तीतो, र तीतोलाई मीठो ठहराउँछन्। 21 धिक्कार तिनीहरूलाई, जो आफ्ना आँखामा बुद्धिमान्, र आफ्नो दृष्टिमा समझदार छन्। 22 धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनमा शक्तिशाली, र मदिरा मिलाउनमा बहादुर छन्; 23 जसले घूसका निम्ति दुष्टलाई निर्दोष ठहराउँछन् र धर्मी जनहरूको धार्मिकताठ उनीहरूबाट खोस्छन्।
24 यसैकारण जसरी आगोले नलका ठुटालाई निल्दछ, र जसरी ज्वालाले भुस भस्म पार्दछ, त्यसरी नै तिनीहरूको जरा सड़ावटजस्तो हुनेछ, र तिनीहरूको कोपिला धूलोझैं माथि उड़्नेछ; किनभने तिनीहरूले सेनाहरूका परमप्रभुको व्यवस्था फ्याँकिदिएड, र इस्राएलका पवित्र जनको वचनलाई तुच्छ ठाने। 25 यसैकारण आफ्नो प्रजाको विरोधमा परमप्रभुको रिस दन्कियो, अनि उहाँले तिनीहरूको विरोधमा आफ्नो हात बढ़ाउनुभयो र तिनीहरूलाई हिर्काउनुभयोढ; अनि पहाड़हरू थरथर कामे, र तिनीहरूका लासहरू सड़कहरूको बीचमा मैला-कसिङ्गरसरह भए। यति भएर पनि उहाँको रिस मरेको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
26 अनि टाढ़ाबाट उहाँले जाति-जातिका निम्ति एउटा झण्डा खड़ा गर्नुहुनेछण, र पृथ्वीको छेउदेखि तिनीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ; अनि हेर, तिनीहरू हतारसाथ छिटो आउनेछन्; 27 तिनीहरूमध्ये कोही पनि थाक्नेछैन, न ता कसैले ठेस खानेछ; कोही उँग्नेछैन, न ता निदाउनेछ; न ता तिनीहरूका कम्मरको पेटी खकुलो हुनेछ, न तिनीहरूका जुत्ताको फिता चुँड़िनेछ; 28 जसका काँड़हरू तीखा छन्, र जसका सबै धनुहरू नुहेका छन्; तिनीहरूका घोड़ाहरूका टापहरू बज्रजस्ता, र तिनीहरूका चक्काहरू भुमरीजस्ता ठानिनेछन्; 29 तिनीहरूको गर्जन सिंहको जस्तो हुनेछ; तिनीहरू जवान सिंहहरूले जस्तै गर्जनेछन्; अँ, तिनीहरू गर्जनेछन्, शिकारलाई गाँज्नेछन् र त्यसलाई सुरक्षासाथ लैजानेछन्, अनि कसैले त्यसलाई छुटाउनेछैन। 30 त्यस दिन समुद्रको गर्जनझैं तिनीहरू उनीहरूको विरोधमा गर्जनेछन्; अनि कसैले त्यस देशमाथि आँखा गाड्यो भने हेर, अन्धकार र विपत्ति; अनि त्यसको आकाशमात ज्योति अन्धकार हुनेछ।”