तपाईं मेरा दाज्यू हुनुहुँदो हो ता!
8
तपाईं मेरी आमाका स्तनहरू चुस्ने मेरा दाज्यू हुनुहुँदो हो ता! जब म तपाईंलाई बाहिर भेट्थें, तब म तपाईंलाई चुम्बन गर्नेथिएँ; अँ, मानिसहरूलेक मलाई तुच्छ ठान्नेथिएनन्।2 म तपाईंलाई डोर्याउनेथिएँ, र तपाईंलाई मेरी आमाको घरभित्र ल्याउनेथिएँ, जसले मलाई शिक्षा दिनुहुनेथ्यो; म तपाईंलाई मेरा दारिमको रसको मसला मिलाएको दाखमद्य पिउन लाउनेथिएँ।
3 उहाँको देब्रे हात मेरो शिरमुनि हुनेथियो, र उहाँको दाहिने हातले मलाई अँगाल्नेथियो।
मेरो प्रेम जगाउने प्रयत्न नगर!
4 हे यरूशलेमका छोरीहरूहो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्दछुख: “जबसम्म प्रेमले चाहँदैन, तबसम्म त्यसलाई नउठाओ, र नजगाओ!”
शूलामाइट आफ्ना प्रियतमको साथ गाउँमा फर्कन्छिन्
5 आफ्ना प्रियमाथि अड़ेसिएर उजाड़स्थानबाट निस्केर आउने यिनी को हुन्? स्याउको रूखमुनि मैले तिमीलाई जगाएँ; त्यहीं तिम्री आमाले तिमीलाई जन्माइन्ग, त्यहीं तिमीलाई जन्माउनुहुनेले तिमीलाई जन्माइन्घ।
6 मलाई मोहोरछापझैं आफ्नो हृदयमाथि लगाउनुहोस्, मोहोरछापझैं आफ्नो पाखुरामाथि लगाउनुहोस्; किनकि प्रेम मृत्युझैं बलवान् हुन्छ; डाहा चिहानझैंङ कठोरच हुन्छ; त्यसका ज्वालाहरू आगोका ज्वालाहरू हुन्, प्रचण्डछ ज्वाला हुन्!
7 प्रेमलाई धेरै पानीहरूले पनि निभाउन सक्दैन, न ता बाढ़हरूले नै त्यसलाई डुबाउन सक्छन्; मानिसले प्रेमका निम्ति आफ्नो घरको सारा सम्पत्ति दिइहाले तापनि त्यो बिलकुलै तुच्छ ठानिनेछ।
8 हाम्री एउटी सानी बहिनी छे, जसका स्तनहरू उठेका छैनन्; जुन दिन यसको विवाहको कुरा उठ्छ, त्यस दिन हामी आफ्नी बहिनीका निम्ति के गरौं?
9 यदि ऊ एउटा पर्खाल हुँदी हो ता, हामी उसमाथि एउटा चाँदीको महलज बनाउनेछौं; अनि यदि ऊ एउटा ढोका हुँदी हो ता, हामी उसलाई देवदारका फल्याकहरूले घेर्नेछौं।
10 म एउटा पर्खाल हुँ, अनि मेरा स्तनहरूचाहिँ धरहराहरूजस्ता छन्; तब म उहाँको दृष्टिमा शान्ति प्राप्त गर्ने भएँ।
11 बाल-हामोनमा सुलेमानको एउटा दाखबारी थियो; उहाँले त्यो दाखबारी रखवालाहरूलाई सुम्पनुभयो; हरेकले त्यसको फलका निम्ति चाँदीका एक हजार टुक्राहरू ल्याउनुपर्थ्यो।
12 मेरो दाखबारी, जो मेरो हो, मेरो सामु छ; हे सुलेमान, तपाईंले हजार पाउनुहुन्छ, र त्यसको फलका रखवालाहरूले दुई सय पाउँछन्।
13 तिमी, जो बगैंचाहरूमा बस्छ्यौ; साथीहरूले तिम्रो सोर ध्यानपूर्वक सुन्छन्; मलाई पनि त्यो सुन्न देऊ!
14 हे मेरा प्रिय, हतार गर्नुहोस्! मसलाहरूका पहाड़हरूमाथि मृग वा जवान हरिणसरह बन्नुहोस्!