नयाँ मन्दिरको दर्शन: त्यसको बाहिरी चोकमा हुने कोठाहरू र बाहिरी पर्खाल
42
तब तिनले उत्तरतिरको बाटो भएर मलाई बाहिरी चोकमा लगे; अनि तिनले मलाई त्यस कोठाभित्र ल्याए, जो त्यस अलग ठाउँको सामुन्ने थियो र जो उत्तरतिरको भवनकोक सामु थियो। 2 सय हात लमाइ भएको अगाड़िको भागको सामु उत्तरीय ढोका थियो; अनि त्यसको चौड़ाइ पचास हात थियो। 3 भित्री चोकका निम्ति भएको बीस हातको भागको सामु र बाहिरी चोकका निम्ति भएको फर्सको सामु आमुन्ने-सामुन्ने पर्ने गरी तीनै तलामा बरन्डाहरू थिए। 4 अनि ती कोठाहरूको सामु भित्रपट्टि दस हात चौड़ा भएको बाटो थियो, एक सय हात लामो; अनि ती कोठाहरूकाख ढोकाहरू उत्तरतिर फर्केका थिए। 5 अनि माथिल्ला कोठाहरू अलिक छोटा थिए; किनकि बरन्डाहरूले ती तलाले भन्दा, भवनकोग तल्लो र बीचको तलाले भन्दा बेसी ठाउँ खाएका थिए। 6 किनभने ती कोठाहरूघ तीन तलाका थिए, तर चोकहरूका खाँबाहरूजस्ताङ तिनका खाँबाहरूच थिएनन्; यसैले भुइँबाट उँभो त्यो माथिल्लो तला तल्लो र बीचको तलाभन्दा अलिक छोटाइएको थियो। 7 अनि ती कोठाहरूनिर बाहिरको पर्खाल, जो बाहिरी चोकपट्टि ती कोठाहरूको सामुन्ने थियो, त्यसको लमाइ पचास हात थियो; 8 किनकि बाहिरी चोकमा भएका ती कोठाहरूको लमाइ पचास हात थियो; अनि हेर, मन्दिरको सामुन्नेका कोठाहरूको लमाइ सय हात थियो। 9 अनि ती कोठाहरूमुन्तिर, बाहिरी चोकबाट ती कोठाहरूभित्र पस्नलाई पूर्वपट्टि एउटा पस्ने ठाउँ थियो। 10 पूर्वतिर चोकको भित्ताको चौड़ाइमाछ त्यस अलग ठाउँ र त्यस भवनकोक सामु कोठाहरू थिए। 11 अनि यी कोठाहरूको सामु एउटा बाटो थियो, जसको रूप ती कोठाहरूको रूपजस्तै थियो, जो उत्तरतिर थिए – तिनको लमाइजस्तै र तिनको चौड़ाइजस्तै। अनि यी कोठाहरूकाज सबै निस्कने ठाउँहरू तिनका नमुनाहरूअनुसारका र तिनका ढोकाहरूजस्तै थिए। 12 अनि दक्षिणतिर फर्केका कोठाहरूअनुसार बाटोको सिरानमा एउटा ढोका थियो; ती कोठाहरूभित्र पस्दा त्यो बाटो पूर्वतिर त्यस पर्खालको ठीक सामुमा थियो।13 तब तिनले मलाई भने: “उत्तरका कोठाहरू र दक्षिणका कोठाहरू, जुनचाहिँ त्यस अलग ठाउँको सामु छन्, ती पवित्र कोठाहरू हुन्, जहाँ परमप्रभुको नजिक आउने पूजाहारीहरूले महापवित्र वस्तुहरू खानेछन्; त्यहाँ उनीहरूले महापवित्र वस्तुहरू, साथै अन्नबलि, पापबलि र अपराधबलि राख्नेछन्; किनभने त्यो स्थान पवित्र छ। 14 जब ती पूजाहारीहरू त्यसभित्र पस्छन्, तब तिनीहरू त्यस पवित्रस्थानबाट बाहिरी चोकमा निस्केर नजाऊन्, तर जुन वस्त्रहरू लगाएर उनीहरूले सेवा गर्छन्, ती वस्त्रहरू उनीहरूले त्यहीं छोड़िराखून्; किनभने ती पवित्र छन्; अनि उनीहरूले अर्कै वस्त्रहरू पहिरून्, र मानिसहरूका निम्ति जे कुराहरू छन्, ती कुराहरूको नजिक जाऊन्।”
15 अनि तिनले भित्री भवन नापेर सिद्ध्याए, तब तिनले मलाई बाहिर त्यस मूलढोकातर्फ लगे, जुनचाहिँ पूर्वतिर फर्केको थियो; अनि तिनले त्यसको चारैतिर नापे। 16 तिनले नाप्ने टाँगोले पूर्वी भाग, अँ, त्यस नाप्ने टाँगोले चारैतिर नापे – पाँच सय टाँगो। 17 तिनले नाप्ने टाँगोले उत्तरी भाग, अँ, त्यस नाप्ने टाँगोले चारैतिर नापे – पाँच सय टाँगो। 18 तिनले त्यस नाप्ने टाँगोले दक्षिणी भाग नापे – पाँच सय टाँगो। 19 तिनी पश्चिम भागतिरझ फर्के र त्यस नाप्ने टाँगोले पाँच सय टाँगो नापे। 20 तिनले त्यसको चारै दिशा नापे; पवित्रस्थानलाई सर्वसाधारण ठाउँबाट अलग पार्नका निम्ति त्यसको चारैतिर पाँच सय हात लामो र पाँच सय हात चौड़ा भएको पर्खाल थियो।