नयाँ मन्दिरको दर्शन: त्यस मन्दिरको भित्रपट्टिको भाग
41
त्यसपछि तिनले मलाई मन्दिरमा ल्याए, र यी खाँबाहरू नापे – यतापट्टि छ हात चौड़ा र उतापट्टि छ हात चौड़ा; यो निवासस्थानको चौड़ाइ थियो; 2 अनि ढोकाको चौड़ाइ दस हात थियो; अनि त्यस ढोकाका पल्लाहरू यतापट्टि पाँच हात र उतापट्टि पाँच हात थिए; अनि तिनले त्यस भागको लमाइ चालीस हात र चौड़ाइ बीस हात नापे। 3 तब तिनी भित्र पसे, र ढोकाको खाँबा नापे – दुई हात; अनि ढोकाचाहिँ छ हात थियो; अनि ढोकाको चौड़ाइ सात हात थियो। 4 अनि तिनले मन्दिरको सामु त्यस भागको लमाइ बीस हात र चौड़ाइ बीस हात नापे; अनि तिनले मलाई भने: “यो महापवित्रस्थान हो।”5 त्यसपछि तिनले भवनको भित्ता नापे – छ हात; अनि चारैतिर त्यस भवनको वरिपरि भएका बगल-कोठाहरूको चौड़ाइ चार हात थियो। 6 अनि ती बगल-कोठाहरू एकमाथि अर्को गरेर तीन तला थिए, अनि एउटा लहरमा तीसवटा थिए; अनि ती त्यस भवनको गारोभित्र पसेका थिए, जुन गारो चारैतिर भएका बगल-कोठाहरूका निम्ति थियो; ती त्यससँग आड़ होस् भनी अड़िएका थिए, तर त्यस भवनको भित्तासँग गाँसिएका थिएनन्। 7 अनि ती बगल-कोठाहरू एक तलादेखि अर्को तलामा फराकिलो हुँदै र फन्को मार्दै उँभो-उँभो गएका थिए; किनकि त्यस भवनको सिढ़ी भवनलाई फन्को मार्दै-मार्दै तला-तला हुँदै उँभो-उँभो गएको थियो; यसैले मास्तिर तला-तलामा भवनको चौढ़ाइ बढ़ेको थियो; यसरी मानिस तल्लो तलाबाट बीचको तला हुँदै माथिल्लो तलामा जान्थ्यो। 8 अनि मैले भवनको चारैतिर एउटा पेटी देखें; ती बगल-कोठाहरूका जगहरू एउटा पूरा टाँगो, अर्थात् छ ठूला हातक रहेछन्। 9 बाहिरपट्टिको बगल-कोठाको गारोको चौड़ाइ पाँच हात थियो; अनि खुला छोड़िएको ठाउँ, जुन भवनका बगल-कोठाहरू 10 र अरू कोठाहरूको बीचमा थियो, त्यो चारैतिर भवनको वरिपरि बीस हात चौड़ाइको थियो। 11 अनि बगल-कोठाहरूका ढोकाहरूचाहिँ खुला छोड़िएको ठाउँतिर – एउटा ढोका उत्तरतिर र अर्को ढोका दक्षिणतिर फर्केका थिए; अनि चारैतिर खुला छोड़िएको ठाउँको चौड़ाइचाहिँ पाँच हात थियो।
12 अनि पश्चिमतिर, कुनामा अलग ठाउँको सामुन्ने भएको निर्माणको चौड़ाइ सत्तरी हात थियो; अनि चारैतिर त्यस निर्माणको गारोको चौड़ाइ पाँच हात थियो, र त्यसको लमाइचाहिँ नब्बे हात थियो। 13 तब तिनले भवन नापे, जो एक सय हात लामो थियो; अनि त्यो अलग ठाउँ, अनि त्यस निर्माण र त्यसका गाराहरूको लमाइ एक सय हात थियो। 14 अनि त्यस भवनको सामुन्ने भएको भागको र पूर्वतिर त्यस अलग ठाउँको चौड़ाइ एक सय हात थियो। 15 अनि तिनले त्यस निर्माणको लमाइ, जो त्यसको पछाड़ि भएको अलग ठाउँको सामुन्ने थियो, अनि त्यसका यतापट्टि र उतापट्टि भएका बरन्डाहरू नापे – सय हात, भित्री मन्दिर र चोकका दलानहरूसहित; 16 ढोकाका खाँबाहरूख, साँघुरा झ्यालहरूग र तीनै तलाको वरिपरि भएका बरन्डाहरू, जो त्यस ढोकाको खाँबाकोघ सामु थिए, चारैतिर काठले मोहोरिएका थिए, अँ, भुइँदेखि झ्यालहरूसम्म; अनि झ्यालहरू ढाकिएका थिए। 17 यसो हुँदा ढोकामास्तिर, अँ, भित्री भवनसम्म, र बाहिरपट्टि, अनि चारैतिर सम्पूर्ण गारोमा भित्रपट्टि र बाहिरपट्टि नापअनुसार काठ मोहोरिएका थिए। 18 अनि त्यो गारोङ करूबहरू र खजूरका रूखहरूसित बनाइएको थियो; अनि एउटा करूब र अर्को करूबको बीचमा एउटा खजूरको रूख थियो; अनि हरेक करूबका दुईवटा अनुहार थिए; 19 यसो हुँदा यतापट्टि खजूरको रूखतर्फ मानिसको अनुहार पर्थ्यो, र उतापट्टि खजूरको रूखतर्फ जवान सिंहको अनुहार पर्थ्यो; चारैतिर सम्पूर्ण भवनभरि त्यो बनाइएको थियो। 20 भुइँदेखि ढोकामास्तिरसम्म, अँ, मन्दिरको गारोमा करूबहरू र खजूरका रूखहरू बनाइएका थिए।
21 मन्दिरका खाँबाहरू वर्गाकार थिए; पवित्रस्थानको अगाड़िको भागचाहिँ – एउटा खाँबाको रूप अर्को खाँबाको रूपजस्तो थियो। 22 काठको वेदी तीन हात अग्लो थियो; अनि त्यसको लमाइ दुई हात थियो; अनि त्यसका कुनाहरू, त्यसको लमाइ र त्यसका भित्ताहरू काठका थिए; अनि तिनले मलाई भने: “परमप्रभुको सामु भएको टेबल यही हो।” 23 अनि मन्दिर र पवित्रस्थानका दुईवटा ढोकाहरू थिए। 24 अनि ती ढोकाहरूका दुई-दुई पल्ला थिए – दुई मोड़िने पल्लाहरू; एउटा ढोकाका दुईवटा पल्ला र अर्को ढोकाका दुईवटा पल्ला थिए। 25 अनि तिनमा अर्थात् मन्दिरका ती ढोकाहरूमा करूबहरू र खजूरका रूखहरू भित्ताहरूमा कुँदिएझैं कुँदिएकाच थिए; अनि बाहिरपट्टि दलानको अगाड़िको भागमा मोटाछ काठहरू थिए। 26 अनि त्यस दलानका छेउमा एकापट्टि र अर्कापट्टि साँघुरा झ्यालहरूग र खजूरका रूखहरू थिए, साथै भवनका बगल-कोठाहरूमा र ती मोटा काठहरूमा पनि थिए।