नयाँ मन्दिरको दर्शन: मूलढोकाहरू, चोकहरू, दलानहरू
40
हाम्रो कैदको पच्चीसौं वर्षमा, त्यस सालको शुरुमा, त्यही महिनाको दसौं दिनमा अर्थात् शहर प्रहार गरिएको चौधौं वर्षमा, त्यही दिन नै परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई त्यहाँ ल्याउनुभयो। 2 परमेश्वरका दर्शनहरूमा उहाँले मलाई इस्राएल देशमा ल्याउनुभयो र मलाई एउटा अति उच्च पहाड़माथि राख्नुभयो, जसमाथि दक्षिणतिर एउटा शहरको जस्तो कुनै आकारक थियो। 3 अनि उहाँले मलाई त्यहाँ ल्याउनुभयो; अनि हेर, त्यहाँ एकजना मानिस थिए, जसको रूप पित्तलको जस्तो रूप थियो, जसको हातमा एउटा सनको डोरी र एउटा नाप्ने टाँगो थिए; अनि तिनी मूलढोकामा उभिए। 4 अनि ती मानिसले मलाई भने: “हे मानिसको छोरा, आफ्ना आँखाहरूले हेर, आफ्ना कानहरूले सुन, र म जे तिमीलाई देखाउनेछु, ती सबै कुरामाथि आफ्नो मनख लगाऊ! किनभने तिमीलाई यो कुरा देखाउने हेतुले नै तिमी यहाँ ल्याइएका छौ; तिमीले जे देख्छौ, ती सबै कुरा इस्राएलको घरानालाई बताइदेऊ!”5 अनि हेर, त्यस भवनको बाहिरपट्टि चारैतिर एउटा पर्खाल थियो, अनि ती मानिसको हातमा छ हात लामो नाप्ने टाँगो थियो; (एक हातको नापचाहिँ एक हात र चार अमल थियो); तब तिनले यस निर्माणको चौड़ाइ एक टाँगो र उचाइ एक टाँगो नापे।
6 तब तिनी त्यस मूलढोकामा आइपुगे, जुन मूलढोका पूर्वपट्टि फर्केको थियो; अनि तिनी त्यसका खुड़्किलाहरूमा चढ़ेर त्यस मूलढोकाको सँघार नापे, जसको चौड़ाइ एक टाँगो थियो; अनि अर्को सँघारको चौड़ाइ पनि एक टाँगो थियो। 7 अनि हरेक सानो कोठा एक टाँगो लामो र एक टाँगो चौड़ा थियो; अनि साना कोठाहरूको बीचमा पाँच हात ठाउँ थियो; अनि भित्रपट्टि त्यस मुलढोकाको दलानको छेउमा त्यस मूलढोकाको सँघारको चौड़ाइ एक टाँगो थियो। 8 अनि तिनले भित्रपट्टि त्यस मूलढोकाको दलानको नाप लिए – एक टाँगो रहेछ। 9 अनि तिनले त्यस मूलढोकाको दलान नापे – आठ हात; अनि त्यसका खाँबाहरू – दुई हात; अनि त्यस मूलढोकाको दलानचाहिँ भित्रपट्टि थियो। 10 अनि पूर्वपट्टिको त्यस मूलढोकाका साना कोठाहरू, यतापट्टि तीनवटा थिए, र उतापट्टि तीनवटा थिए; ती तीन-तीनवटा एउटै रूपका थिए; अनि यतापट्टिका र उतापट्टिका खाँबाहरू एउटै नापका थिए। 11 अनि तिनले त्यस मूलढोकाको मुखको चौड़ाइ नापे – दस हात; अनि त्यस मूलढोकाको लमाइ – तेह्र हात। 12 अनि यी साना-साना कोठाहरूको अघिल्तिरको किनारा यतापट्टि एक हात र उतापट्टिको किनारा एक हात थियो; अनि ती साना कोठाहरू यतापट्टि छ हातका र उतापट्टि छ हातका थिए। 13 तब तिनले त्यो मूलढोका एउटा सानो कोठाको छानाबाट अर्को सानो कोठाको छानासम्म नापे – चौड़ाइ पच्चीस हात रहेछ, एउटा ढोका अर्को ढोकाको सामु थियो। 14 अनि तिनले त्यस मूलढोकाको चारैतिर, अँ, चोकको खाँबासम्म खाँबाहरू बनाए – साठी हात अग्ला। 15 अनि त्यस प्रवेशको मूलढोकाको अघिल्तिरबाट भित्री मूलढोकाको दलानको अघिल्तिरसम्म पचास हात थियो। 16 अनि यी साना-साना कोठाहरूमा र मूलढोकाभित्र चारैतिर तिनका खाँबाहरूमा, अनि त्यसरी नै दलानहरूमा पनि साँघुरा झ्यालहरू थिए; यसरी भित्रपट्टि चारैतिर झ्यालहरू थिए; अनि हरेक खाँबामा खजूरका रूखहरू कुँदिएका थिएग।
17 तब तिनले मलाई बाहिरी चोकभित्र ल्याइपुर्याए; अनि हेर, त्यहाँ कोठाहरू थिए, र चारैतिर चोकका निम्ति बनाइएको एउटा फर्स थियो; त्यस फर्समाथि तीसवटा कोठाहरू थिए। 18 मूलढोकाहरूको छेउमा भएको यो फर्स, जो मूलढोकाहरूको लमाइ-बराबरको थियो, यो फर्सचाहिँ तल्लो फर्स थियो। 19 तब तिनले तल्लो मूलढोकाको अघिल्तिरबाट भित्री चोकको अघिल्तिरसम्म नापे – पूर्वतिर र उत्तरतिर सय हात।
20 अनि बाहिरी चोकको त्यो मूलढोका, जुन मूलढोका उत्तरतिर फर्केको थियो – तिनले त्यसको लमाइ र त्यसको चौड़ाइ नापे। 21 अनि त्यसका साना-साना कोठाहरू – यतापट्टि तीनवटा थिए र उतापट्टि तीनवटा थिए; अनि त्यसका खाँबाहरू र त्यसका दलानहरूको नाप त्यस पहिलो मूलढोकाको नापअनुसारको थियो; त्यसको लमाइ पचास हात र त्यसको चौड़ाइ पच्चीस हात थियो। 22 अनि तिनका झ्यालहरू, तिनका दलानहरू र तिनका खजूरका रूखहरू पूर्वतिर फर्केको त्यस मूलढोकाको नापअनुसारका थिए; अनि सातवटा खुड़्किला चढ़ेर मानिसहरू त्यसमा पुग्थे; अनि त्यसका दलानहरू ती खुड़्किलाहरूको अघि थिए। 23 भित्री चोकको मूलढोकाचाहिँ उत्तरतिर र पूर्वतिरको मूलढोकाको सामु थियो; अनि तिनले एउटा मूलढोकादेखि अर्को मूलढोकासम्म एक सय हात नापे। 24 त्यसपछि तिनले मलाई दक्षिणतिर ल्याइपुर्याए; अनि हेर, दक्षिणतिर एउटा मूलढोका थियो; अनि ती नापअनुसार तिनले त्यसका खाँबाहरू र त्यसका दलानहरू नापे। 25 अनि त्यसमा र त्यसका दलानहरूमा चारैतिर ती झ्यालहरूअनुसार झ्यालहरू थिए; लमाइ पचास हात र चौड़ाइ पच्चीस हात थियो। 26 अनि त्यसमा चढ़ेर जानलाई सातवटा खुड़्किलाहरू थिए; अनि त्यसका दलानहरू ती खुड़्किलाहरूको अघि थिए; अनि त्यसका खाँबाहरूमा खजूरका रूखहरू – एउटा यतापट्टि र अर्को उतापट्टि हुने गरी कुँदिएका थिएग। 27 अनि भित्री चोकमा दक्षिणतिर एउटा मूलढोका थियो; अनि तिनले एउटा मूलढोकाबाट अर्को मूलढोकासम्म दक्षिणतिर एक सय हात नापे।
28 अनि तिनले मलाई दक्षिणको मूलढोकाबाट भएर भित्री चोकमा ल्याए; अनि ती नापअनुसार तिनले दक्षिणको मूलढोका नापे। 29 अनि त्यसका साना-साना कोठाहरू, त्यसका खाँबाहरू र त्यसका दलानहरू ती नापअनुसारकै रहेछन्; अनि त्यसमा र त्यसका दलानहरूमा चारैतिर झ्यालहरू थिए; लमाइ पचास हात र चौड़ाइ पच्चीस हात थियो। 30 अनि चारैतिर त्यसका दलानहरू पच्चीस हात लामो र पाँच हात चौड़ा थिए। 31 अनि त्यसका दलानहरू बाहिरी चोकतिर फर्केका थिए; अनि त्यसका खाँबाहरूमा खजूरका रूखहरू कुँदिएका थिएग; अनि त्यसमा चढ़ेर जानलाई आठवटा खुड़्किलाहरू थिए। 32 अनि तिनले मलाई भित्री चोकमा पूर्वतिर ल्याए; अनि ती नापअनुसार तिनले यो मूलढोका नापे। 33 अनि त्यसका साना-साना कोठाहरू, त्यसका खाँबाहरू र त्यसका दलानहरू ती नापअनुसारकै रहेछन्; अनि त्यसमा र त्यसका दलानहरूमा चारैतिर झ्यालहरू थिए; लमाइ पचास हात र चौड़ाइ पच्चीस हात थियो। 34 अनि त्यसका दलानहरू बाहिरी चोकतिर फर्केका थिए; अनि त्यसका खाँबाहरूमा यतापट्टि र उतापट्टि खजूरका रूखहरू कुँदिएका थिएग; अनि त्यसमा चढ़ेर जानलाई आठवटा खुड़्किलाहरू थिए। 35 अनि तिनले मलाई उत्तरको मूलढोकामा ल्याए, र ती नापअनुसार त्यो नापे – 36 त्यसका साना-साना कोठाहरू, त्यसका खाँबाहरू, त्यसका दलानहरू र त्यसमा चारैतिर भएका झ्यालहरू; लमाइ पचास हात र चौड़ाइ पच्चीस हात थियो। 37 अनि त्यसका खाँबाहरू बाहिरी चोकतिर फर्केका थिए; अनि त्यसका खाँबाहरूमा यतापट्टि र उतापट्टि खजूरका रूखहरू कुँदिएका थिएग; अनि त्यसमा चढ़ेर जानलाई आठवटा खुड़्किलाहरू थिए।
38 अनि कोठाहरू र तिनका ढोकाहरू मूलढोकाहरूका खाँबाहरूको छेउमा थिए, जहाँ तिनीहरूले होमबलि धुन्थे। 39 अनि ती टेबलमाथि होमबलि, पापबलि र दोषबलि मार्नका निम्ति मूलढोकाको दलानको यतापट्टि दुईवटा टेबल र उतापट्टि दुईवटा टेबल राखिएका थिए। 40 अनि उत्तरको मूलढोकाको मुखतिर चढ़ेर जाँदा बाहिर एक पट्टि दुईवटा टेबल थिए, र अर्को पट्टि, जुनचाहिँ त्यस मूलढोकाको दलाननिर थियो, दुईवटा टेबल थिए। 41 मूलढोकाको छेउनिर यतापट्टि चारवटा टेबल र उतापट्टि चारवटा टेबल थिए – आठवटा टेबल, जसमाथि तिनीहरूले बलिहरू मार्थे। 42 अनि होमबलिका निम्ति यी चारवटा टेबल, जुनचाहिँ काटेका ढुङ्गाका थिए, डेढ़ हात लामा, डेढ़ हात चौड़ा र एक हात उचा थिए, जसमाथि तिनीहरूले ती हातहतियारहरू राख्थे, जससित तिनीहरूले त्यो होमबलि र त्यो बलिदान मार्थे। 43 अनि भित्र चारैतिर एक-एक बित्ता लामा अङ्कुसेहरू लगाइएका थिए; अनि टेबलहरूमाथि बलिको मासु थियो।
44 अनि भित्री मूलढोकाको बाहिरपट्टि उत्तरको मूलढोकाको छेउमा भएको भित्री चोकमा गायकहरूका कोठाहरू थिए; अनि ती कोठाहरू दक्षिणतिर फर्केका थिए; एउटा ढोका, जुनचाहिँ पूर्वको मूलढोकाको छेउमा थियो, उत्तरतिर फर्केको थियो। 45 अनि तिनले मलाई भने: “दक्षिणतिर फर्केको यो कोठाचाहिँ भवनको जिम्मेवारी उठाउने पूजाहारीहरूका निम्ति हो। 46 अनि उत्तरतिर फर्केको कोठाचाहिँ वेदीको जिम्मेवारी उठाउने पूजाहारीहरूका निम्ति हो; उनीहरूचाहिँ सादोकका छोराहरू हुन्, जोचाहिँ लेवीका छोराहरूमध्येबाट परमप्रभुको सेवा गर्नका निम्ति उहाँको नजिक आउँछन्।”
47 तब तिनले त्यो चोक नापे, जुन चोक एक सय हात लामो र एक सय हात चौड़ा, वर्गाकार रहेछ; अनि वेदीचाहिँ भवनको अघिल्तिर थियो।
48 अनि तिनले मलाई भवनको दलानमा ल्याए, र दलानको हरेक खाँबा नापे – यतापट्टि पाँच हात र उतापट्टि पाँच हात; अनि त्यस मूलढोकाको चौड़ाइ यतापट्टि तीन हात र उतापट्टि तीन हात थियो। 49 दलानको लमाइ बीस हात र चौड़ाइ एघार हात थियो; अनि तिनले मलाई ती खुड़्किलाहरूबाट भएर ल्याए, जसबाट भएर तिनीहरू त्यसमा चढ़ेर जान्छन्; अनि यी खाँबाहरूको छेउमा थामहरू थिए – एउटा यतापट्टि र अर्को उतापट्टि।