गोगको पतन
39
“यसकारण तिमी, हे मानिसको छोरा, गोगको विरोधमा भविष्यवाणी गरेर भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, हेर्, मेशेक र तूबलको मुख्य शासक! हे गोग, म तेरो विरोधमा छु; 2 अनि म तँलाई फर्काउनेछु, तँलाई शेष पार्नेछुक, तँलाई उत्तरीय भागहरूबाट उठाउनेछु र तँलाई इस्राएलका पहाड़हरूको विरोधमाख ल्याउनेछु। 3 अनि म तेरो धनु तेरो देब्रे हातबाट हिर्काएर झारिदिनेछुग, र तेरो दाहिने हातबाट तेरा काँड़हरू खसालिदिनेछु। 4 तँ इस्राएलका पहाड़हरूमाथि ढल्नेछस् – तँ, तेरा सबै दलहरू र तँसँग भएका जाति-जातिका मानिसहरू; म तँलाई आहारको रूपमा सबै किसिमका हिंस्रक पक्षीहरू र मैदानका पशुहरूलाई दिनेछु। 5 तँ खुला मैदानमाथिघ ढल्नेछस्; किनभने मैले नै यो भनेको छु, प्रभु यहोवा भन्नुहुन्छ। 6 अनि म मागोगमाथि र टापुहरूमा ढुक्कसँगङ बस्नेहरूको बीचमा आगो पठाइदिनेछु; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्। 7 अनि मेरो प्रजा इस्राएलको बीचमा म आफ्नो पवित्र नाम चिनाइदिनेछु; अनि म आफ्नो पवित्र नाम फेरि कहिल्यै अपवित्र हुन दिनेछैनँ; अनि अन्यजातिहरूले ‘परमप्रभु, इस्राएलकोच पवित्र जन म नै हुँ’ भनी जान्नेछन्। 8 हेर, यो हुन आउँछ, यो पूरा गरिन्छ; मैले भनेको दिन यही नै हो, प्रभु यहोवा भन्नुहुन्छ।9 अनि इस्राएलका शहरहरूमा बस्नेहरू निस्केर जानेछन्; अनि तिनीहरूले ती हतियारहरूमा – ठूला ढालहरू र साना ढालहरू, धनुहरू र काँड़हरू, बर्छाहरूछ र भालाहरूमा आगो सल्काउनेछन्, र तिनलाई जलाउनेछन्; अनि तिनीहरूले तिनलाई सात वर्षसम्म आगोले जलाइदिनेछन्; 10 यसकारण तिनीहरूले मैदानबाट कुनै दाउरा बटुल्नेछैनन्, न ता वनहरूबाट नै काट्नेछन्; किनकि तिनीहरूले हतियारहरू आगोले जलाउनेछन्; अनि तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र आफूलाई धुत्नेहरूलाई धुत्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ। 11 अनि त्यस दिन यस्तो हुनेछ: म गोगलाई इस्राएलमा एउटा ठाउँ, त्यहाँ एउटा कब्रस्तानज, अँ, समुद्रको पूर्वपट्टि त्यहाँबाट भएर हिँड़्नेहरूको बेंसी दिनेछु; अनि त्यसले त्यहाँबाट भएर हिँड़्नेहरूलाई रोकिदिनेछझ; अनि त्यहीं तिनीहरूले गोग र त्यसको सारा भीड़लाई गाड़्नेछन्; अनि तिनीहरूले त्यस बेंसीलाई हमोन-गोगकोञ बेंसी भन्ने नाम दिनेछन्। 12 अनि इस्राएलको घरानाले देशलाई शुद्ध पार्नलाई सात महिनासम्म तिनीहरूलाई गाड़िरहनेछन्। 13 अँ, देशका सबै मानिसहरूले गाड़्नेछन्; अनि म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति सुनामको दिन हुनेछ, प्रभु यहोवा भन्नुहुन्छ। 14 अनि देशलाई शुद्ध पार्न भनी तिनीहरूले निरन्तर काम गर्ने मानिसहरूलाई अलग पार्नेछन्, जसले देशभरि घुमी-घुमी त्यहाँबाट भएर जानेहरूलाईट, अँ, देशको सतहमा छोड़िएकाहरूलाई गाड़्नेछन्; सात महिनाको अन्तदेखि तिनीहरूले खोजतलास गर्नेछन्। 15 अनि त्यहाँबाट भएर जानेहरूले, जो त्यस देशभरि घुमिहिँड़्नेछन्, जब कसैले कुनै मानिसको हड्डी देख्छ, तब गाड़्नेहरूले त्यो हमोन-गोगको बेंसीमा नगाड़ुन्जेल उसले त्यसको छेउमा एउटा चिनो खड़ा गरिराख्छ। 16 अनि त्यस शहरको नामचाहिँ हमोनाठ हुनेछ; यसरी तिनीहरूले त्यस देशलाई शुद्ध पार्नेछन्।
17 प्रभु यहोवा यसो भन्नुहुन्छ: अनि तिमी, हे मानिसको छोरा, हर किसिमको पखेटा भएको चरा र मैदानको हरेक पशुलाई भन: भेला भएर आओ! मेरो यस बलिदानमा, जुनचाहिँ म तिमीहरूका निम्ति बलि गर्छु, अर्थात् इस्राएलका पहाड़हरूमाथि, यस ठूलो बलिदानमा मासु खान र रगत पिउनलाई चारैतिरबाट भेला होओ! 18 तिमीहरूले शक्तिशालीहरूको मासु खानेछौ, र पृथ्वीका शासकहरूको, साथै भेड़ाहरू, भेड़ाका पाठाहरू, बोकाहरू र बहरहरूको रगत पिउनेछौ; ती सबै बाशानका मोटा-मोटा पशुहरू हुन्। 19 अनि मैले तिमीहरूका निम्ति बलि गरेको मेरो बलिदानबाट तिमीहरूले तृप्त होउन्जेल बोसो खानेछौ र मातुन्जेल रगत पिउनेछौ। 20 यसरी तिमीहरू मेरो टेबलमा घोड़ाहरू र रथहरूले, शक्तिशाली मानिसहरू र सबै योद्धाहरूले तृप्त हुनेछौ, प्रभु यहोवा भन्नुहुन्छ।”
इस्राएलको पुनर्स्थापना
21 “अनि अन्यजातिहरूको बीचमा म आफ्नो महिमा बसाउनेछु, अनि सबै अन्यजातिहरूले मैले गरेको मेरो न्याय र मैले तिनीहरूमाथि राखेको मेरो हात देख्नेछन्। 22 तब त्यस दिनदेखि उसो इस्राएलको घरानाले ‘परमप्रभु तिनीहरूको परमेश्वर म नै हुँ’ भनी जान्नेछन्। 23 अनि इस्राएलको घराना त आफ्नै अधर्मको खातिर कैदमा गएको रहेछ भनी अन्यजातिहरूले जान्नेछन्; तिनीहरूले मेरो विरोधमा विश्वासघातड गरे; यसैले तिनीहरूबाट मैले आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूको हातमा सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा ढले। 24 तिनीहरूको अशुद्धता र तिनीहरूका अपराधहरूअनुसार नै मैले तिनीहरूसित व्यवहार गरेको छु र आफ्नो अनुहार तिनीहरूबाट लुकाएको छु। 25 यसैकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, अब म याकूबको कैद फर्काएर ल्याउनेछु, र इस्राएलको सम्पूर्ण घरानामाथि दया राख्नेछु, अनि मेरो पवित्र नामका निम्ति जलन राख्नेछु – 26 तिनीहरूले आफ्नो शर्म र मेरो विरोधमा गरेका तिनीहरूका विश्वासघातहरूड सहेपछि; त्यस बेला, जब तिनीहरू आफ्नो देशमा सुरक्षित बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्याउनेछैन। 27 जब म तिनीहरूलाई जाति-जातिबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशहरूबाट भेला पार्नेछु, अनि धेरै जातिहरूका आँखाको सामु तिनीहरूमा म पवित्र ठहरिनेछु; 28 तब तिनीहरूले ‘परमप्रभु तिनीहरूको परमेश्वर म नै रहेछु’ भनी जान्नेछन्, जसले तिनीहरूलाई अन्यजातिहरूकहाँ कैदी बनाई पुर्याउनुभयो; तर मैले तिनीहरूलाई तिनीहरूको देशमा भेला पारेको छु, र तिनीहरूमध्ये कसैलाई त्यहाँ छोड़ेको छैनँ; 29 न ता तिनीहरूबाट म फेरि आफ्नो अनुहार लुकाउनेछु; किनभने मैले इस्राएलको घरानामाथि आफ्नो आत्मा खन्याएको छु, प्रभु यहोवा भन्नुहुन्छ।”