गोगको दुष्ट योजनाको विषयमा भविष्यवाणी
38
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार मागोगको देशको गोगतिर लगाऊ, जो मेशेक र तूबलको मुख्य शासक हो, र त्यसको विरोधमा भविष्यवाणी गर, 3 र भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, हेर्, हे मेशेक र तूबलको मुख्य शासक गोग, म तेरो विरोधमा छु। 4 अनि म तँलाई फर्काउनेछु, र तेरा बङ्गाराहरूमा अङ्कुसेहरू लगाउनेछु, अनि तँलाई र तेरो सम्पूर्ण सेना – घोड़ाहरू र घोड़चढ़ीहरूलाई निकालेर ल्याउनेछु, जो सबैजना हर प्रकारका हतियारले सुसज्जितक छन् – साना ढालहरू र ठूला ढालहरू भएको एउटा ठूलो जमात – तिनीहरू सबैले तरवारहरू चलाउँछन्; 5 तिनीहरूको साथमा फारस, कूश र पूतख हुन्छन्; तिनीहरू सबैसँग ढाल र टोप हुन्छन्; 6 गोमेर र त्यसका सबै दलहरू; उत्तरीय भागहरूको तोगर्माको घराना र त्यसका सबै समुदायहरू, र तँसित अरू धेरै जातिका मानिसहरू। 7 तँ, र तँकहाँ भेला भएको तेरो सारा जमात, तयार हो! आफूलाईग तयार पार्! र तिनीहरूको परहेदार बन्! 8 धेरै दिनपछि तेरो भेट हुनेछ; पछिल्ला वर्षहरूमा तँ त्यस देशमा आउनेछस्, जुन देश तरवारबाट फर्काएर ल्याइएको र धेरै जातिहरूको बीचबाट भेला पारिएको हो; तँ इस्राएलका पहाड़हरूको विरोधमा आउनेछस्, जुन पहाड़हरू सधैंघ उजाड़ रहेका थिए; तर त्यो त जातिहरूको बीचबाट निकालेर ल्याइएको हो, अनि तिनीहरू सुरक्षित बस्नेछन् – तिनीहरू सबै। 9 तैंले चढ़ाइ गर्नेछस् र आँधीझैं आइलाग्नेछस्; त्यस देशलाई ढाकिदिनलाई तँ बादलजस्तो हुनेछस् – तँ, तेरा सबै दलहरू र तँसित धेरै जातिका मानिसहरू।10 प्रभु यहोवा यसो भन्नुहुन्छ: अनि यस्तो हुनेछ: त्यही समयमा तेरो मनमा कुराहरू उठ्नेछन्, अनि तैंले एउटा दुष्ट विचार सोच्नेछस्ङ। 11 अनि तैंले भन्नेछस्: ‘म ती पर्खालले नघेरिएका शहरहरूको देशमाथि चढ़ाइ गर्नेछु; म तिनीहरूकहाँ जानेछु, जो शान्त छन्, जो सुरक्षित बस्छन्, जो सबै पर्खालहरूविना बस्छन्, अँ, जसका न आग्लाहरू छन् न मूलढोकाहरू’; 12 लुटको माल लुट्न र लुटेको माल धुत्नका निम्ति, अँ, फेरि बसोबास गरिएका ती उजाड़ ठाउँहरूमाथि, र अन्यजातिहरूबाटच भेला पारिएका मानिसहरूमाथि आफ्नो हात हाल्नका निम्ति, जसले गाईबस्तुछ र सम्पत्ति प्राप्त गरेका छन्, जो पृथ्वीको केन्द्रमाज बस्छन्। 13 शबा र ददानले, अनि टार्शिशका व्यापारीहरूले आफ्ना सबै जवान सिंहहरूको साथमा तँलाई भन्नेछन्: ‘के तिमी लुटको माल लुट्न आएका हौ? के तिमीले लुटेको माल धुत्न, चाँदी र सुन उठाएर लैजान, गाईबस्तु र सम्पत्ति लैजान, ठूलो लुट लुट्नलाई आफ्नो जमात भेला गरेका हौ?’
14 यसकारण हे मानिसको छोरा, भविष्यवाणी गरेर गोगलाई भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, जुन दिन मेरो प्रजा इस्राएल सुरक्षित बस्छ, के त्यस दिन तँलाई यो थाहा हुँदैन र? 15 अनि तँ आफ्नो ठाउँबाट उत्तरीय भागहरूदेखि आउनेछस् – तँ र तँसित धेरै जातिका मानिसहरू, जो सबैजना घोड़ाहरूमाथि चढ़ेका हुन्छन् – एउटा ठूलो जमात, एउटा शक्तिशाली सेना। 16 अनि तँ मेरो प्रजा इस्राएलको विरोधमा त्यस देशलाई ढाकिदिनलाई बादलझैं आउनेछस्; योचाहिँ पछिल्ला दिनहरूमा हुनेछ; अनि हे गोग, अन्यजातिहरूका आँखाको सामु तँमा जब म पवित्र ठहरिनेछु, तब तिनीहरूले मलाई चिनून् भन्ने हेतुले म तँलाई मेरो देशको विरोधमा ल्याउनेछु।
17 प्रभु यहोवा यसो भन्नुहुन्छ: के तँ त्यही होइनस् र, जसको विषयमा मैले इस्राएलका भविष्यवक्ताहरू अर्थात् मेरा दासहरूद्वारा पुरानो समयमा भनेको थिएँ? तिनीहरूले ‘म तँलाई उनीहरूको विरोधमा ल्याउनेछु’ भनी ती दिनहरूमा धेरै वर्ष भविष्यवाणी गरे।
18 अनि जब गोग इस्राएल देशको विरोधमा आउनेछ, त्यही समयमाझ यस्तो हुनेछ: मेरो बल्दो रिस मेरो चेहरामा चढ़्नेछ, प्रभु यहोवा भन्नुहुन्छ। 19 किनकि मेरो जलनमा र मेरो क्रोधको आगोमा मैले यो भनेको छु: निश्चय त्यस दिन इस्राएल देशमा एउटा ठूलो कम्प हुनेछ; 20 र समुद्रका माछाहरू, आकाशका चराहरू, मैदानका पशुहरू, भुइँमा घस्रने सबै घस्रने जन्तुहरू र पृथ्वीको सतहमाथि बस्ने सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्; अनि पहाड़हरू ढल्नेछन्, भीरहरू लड़्नेछन्, र हरेक पर्खाल भुइँमा लड़्नेछ। 21 अनि मेरा सबै पहाड़हरूभरि म त्यसको विरोधमा एउटा तरवार बोलाउनेछु; हरेक मानिसको तरवार आ-आफ्नो दाजुभाइको विरोधमा चल्नेछ, प्रभु यहोवा भन्नुहुन्छ। 22 अनि महामारी र रगतद्वारा म त्यससित मुद्दा लड़्नेछु; अनि त्यसमाथि, त्यसका दलहरूमाथि र त्यससँग भएका धेरै जातिका मानिसहरूमाथि म बाढ़ उर्लाउने झरी, असिनाहरू, आगो र गन्धक बर्साउनेछु। 23 यसरी म आफैलाई महान् तुल्याउनेछु र आफैलाई पवित्र ठहराउनेछु; अनि धेरै जातिका मानिसहरूका आँखामा म आफूलाई चिनाउनेछु, र ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्नेछन्।”