मिस्र देश अधोलोकमा
32
अनि यस्तो भयो: बाह्रौं वर्षको बाह्रौं महिनामा, त्यस महिनाको पहिलो दिनमा परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, मिस्रको राजा फाराओका निम्ति विलाप-गीत सुनाऊ र त्यसलाई भन: तँ जाति-जातिको जवान सिंहजस्तो छस्; अँ, तँ समुद्रहरूमा भएको विशाल जलजन्तुजस्तोक छस्; अनि तँ आफ्ना नदीहरूको साथमा उर्लेर आइस्, अनि तैंले आफ्ना खुट्टाले पानी खलबलाइस् र तिनका नदीहरू धमिलो पारिस्। 3 प्रभु यहोवाले यसो भन्नुहुन्छ: यसैकारण धेरै जातिहरूको जमातको साथ म तँमाथि आफ्नो जाल फैलाउनेछु; अनि तिनीहरूले तँलाई मेरो जालमा बाहिर निकाल्नेछन्। 4 तब म तँलाई जमिनमाथि छोड़िदिनेछु; म तँलाई खुला मैदानमाथि फ्याँकिदिनेछु र आकाशका सबै चराहरूलाई तँमाथि बस्न लाउनेछु, अनि सम्पूर्ण पृथ्वीका पशुहरूलाई तेरो मासुद्वाराख तृप्त पार्नेछु। 5 अनि म तेरो मासु पहाड़हरूमाथि राखिदिनेछु र बेंसीहरू तेरो लासको थाकले भरिदिनेछु। 6 अनि तैंले पौड़ी खेलेको देशलाईग पहाड़हरूसम्मै म तेरो रगतले सिँचिदिनेछु; अनि खोलानालाहरू तँद्वारा भरिनेछन्। 7 अनि तँलाई निभाउँदा म आकाशलाई ढाकिदिनेछु र त्यसका ताराहरू अँध्यारो पारिदिनेछु; म सूर्यलाई बादलले ढाकिदिनेछु, अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन। 8 आकाशका सबै चहकिला ज्योतिहरूलाई म तँमाथि अँध्यारो तुल्याइदिनेछु र तेरो देशमाथि अन्धकार छाइदिनेछु, प्रभु यहोवा भन्नुहुन्छ।9 अनि जब म जाति-जातिको बीचमा ती देशहरूभित्र, जसलाई तैंले जानेको छैनस्, तेरो विनाश ल्याउनेछु, तब धेरै मानिसहरूको हृदय म खिन्न तुल्याइदिनेछु। 10 अँ, धेरै मानिसहरूलाई म तेरो कारणले अवाक् तुल्याउनेछु, अनि जब राजाहरूको सामु म आफ्नो तरवार चलाउँला, तब तिनीहरू तेरो कारणले अत्यन्तै भयभीत हुनेछन्; अनि तेरो पतनको दिनमा तिनीहरू हरेक आ-आफ्नो ज्यानका निम्ति क्षण-क्षणमा थरथर काम्नेछन्। 11 किनकि प्रभु यहोवा यसो भन्नुहुन्छ, बाबेलका राजाको तरवार तँमाथि आइपर्नेछ। 12 शक्तिशालीहरूका तरवारहरूद्वारा म तेरो भीड़लाई ढाल्नेछु; ती सबै जाति-जातिका अत्याचारी मानिसहरू हुन्; अनि तिनीहरूले मिस्रको रवाफ लुट्नेछन्, र त्यसको सारा भीड़ नष्ट हुनेछ। 13 अनि प्रशस्त पानीहरूको छेउबाट म त्यसका सबै पशुहरू नाश पारिदिनेछु; अनि फेरि कहिल्यै मानिसको खुट्टाले तिनलाई खलबलाउनेछैन, न ता पशुहरूका खुरहरूले नै तिनलाई खलबलाउनेछन्। 14 तब म तिनीहरूको पानी गहिरोघ पारिदिनेछु; अनि तिनीहरूका नदीहरू तेलझैं बग्ने तुल्याउनेछु, प्रभु यहोवा भन्नुहुन्छ। 15 जब म मिस्र देशलाई उजाड़ पार्नेछु, र जब त्यस देशको भरपूरी घटेर त्यो उजाड़ हुनेछ, जब म त्यसमा भएका सबै बासिन्दाहरूलाई मार्नेछु, तब ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्नेछन्।
16 विलाप-गीत यही हो, जसद्वारा तिनीहरूले त्यसका निम्ति विलाप गर्नेछन्; जाति-जातिका छोरीहरूले त्यसका निम्ति विलाप गर्नेछन्; तिनीहरूले त्यसका निम्ति, अँ, मिस्रका निम्ति र त्यसको सारा भीड़का निम्ति विलाप गर्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ।”
17 अनि यस्तो भयो: बाह्रौं वर्षको त्यस महिनाको पन्ध्रौं दिनमा परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 18 “हे मानिसको छोरा, मिस्रको भीड़का निम्ति बिलौना गर, र त्यस भीड़लाई, अँ, त्यस देशलाई र प्रसिद्ध जातिहरूका छोरीहरूलाई तल खाड़लभित्र ओर्लनेहरूको साथमा पृथ्वीका तल्ला भागहरूमा ओरालिदेऊ! 19 तँ कोभन्दा बढ़ी सुन्दर छस्? ओर्लेर जा, र खतना नभएकाहरूसँग लेटिइबस्! 20 तिनीहरू तरवारले मारिएकाहरूको बीचमा ढल्नेछन्; त्यो देशङ तरवारकै निम्ति सुम्पिएको छ; त्यसलाई र त्यसका सबै भीड़हरूलाई तानेर लैजाओच! 21 शक्तिशालीहरूमध्येका बलवान्हरू त्यसलाईछ सहायता गर्नेहरूको साथमा अधोलोकको बीचबाट त्यससँग बोल्नेछन्; तिनीहरू ओर्लेर गएका छन्; ती खतना नभएकाहरू, ती तरवारले मारिएकाहरू लेटेका छन्।
22 अश्शूर त्यसको सारा जमातसँग त्यहाँ छ; त्यसका चिहानहरू त्यसको वरिपरि छन्; ती सबै मारिएकाहरू तरवारले ढलेकाहरू हुन्; 23 जसका चिहानहरू खाड़लका पींधहरूमाज राखिएका छन्, अनि त्यसको जमात त्यसको चिहानको चारैतिर छ; ती सबै मारिएकाहरू तरवारले ढलेकाहरू हुन्, जसले जीवितहरूको देशमा आतङ्क फैलाएका थिए।
24 त्यहाँ एलाम, र त्यसको चिहानको वरिपरि त्यसको सारा भीड़ छ; ती सबै मारिएकाहरू तरवारले ढलेकाहरू हुन्, जो खतना नभएकाहरू भई पृथ्वीका तल्ला भागहरूमा ओर्लेर गएका छन्, जसले जीवितहरूको देशमा आतङ्क फैलाएका थिए; तरै पनि तिनीहरूले तल खाड़लभित्र ओर्लनेहरूको साथमा आफ्नो शर्म बोकेका छन्। 25 मारिएकाहरूको बीचमा त्यसको सारा भीड़को साथमा तिनीहरूले त्यसका निम्ति एउटा पलङ राखिदिएका छन्; त्यसका चिहानहरू त्यसको वरिपरि छन्; ती सबै खतना नभएकाहरू तरवारले मारिएकाहरू हुन्; जीवितहरूको देशमा तिनीहरूको आतङ्क फैलिए तापनि तिनीहरूले तल खाड़लभित्र ओर्लनेहरूको साथमा आफ्नो शर्म बोकेका छन्; त्यो मारिएकाहरूको बीचमा राखिएको छ।
26 त्यहाँ मेशेक, तूबल र त्यसको सारा भीड़ छन्; त्यसका चिहानहरू त्यसको वरिपरि छन्; तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाए तापनि ती सबै खतना नभएकाहरू तरवारले मारिएकाहरू हुन्। 27 अनि तिनीहरू ती शक्तिशालीहरूको साथमा लेट्नेछैनन्, जो खतना नभएकाहरूमध्ये भएर ढलेकाहरू हुन्, जो आफ्ना लड़ाइँका हतियारहरूको साथमा अधोलोकमा ओर्लेर गएका छन्; अनि तिनीहरूले आफ्ना तरवारहरू आफ्ना शिरहरूमुनि राखेका छन्, तर तिनीहरू जीवितहरूको देशमा शक्तिशालीहरूको आतङ्क भए तापनि तिनीहरूका अधर्महरू तिनीहरूका हड्डीहरूमाथि रहनेछन्। 28 अँ, तँ खतना नभएकाहरूको बीचमा टुटफुट हुनेछस् र तरवारले मारिएकाहरूसित लेट्नेछस्।
29 त्यहाँ एदोम, त्यसका राजाहरू र त्यसका सबै शासकहरू छन्, जो आफ्नो शक्तिमा तरवारले मारिएकाहरूको साथमा राखिएका छन्; तिनीहरूचाहिँ खतना नभएकाहरूसँग र तल खाड़लभित्र ओर्लनेहरूको साथमा लेट्नेछन्।
30 त्यहाँ उत्तरका शासकहरू – तिनीहरू सबै, साथै सबै सिडोनीहरू हुनेछन्, जो मारिएकाहरूसँग ओर्लेर गएका छन्; तिनीहरू आफ्नो आतङ्क फैलाएकोमा आफ्नो शक्तिसँग लज्जित छन्; अनि तिनीहरू खतना नभएकाहरू भएर तरवारले मारिएकाहरूसँग लेट्नेछन्, र तल खाड़लभित्र ओर्लनेहरूको साथमा तिनीहरूले आफ्नो शर्म बोक्नेछन्।
31 तिनीहरूलाई चाहिँ फाराओले देख्नेछ र आफ्नो सारा भीड़को सम्बन्धमा सान्त्वना पाउनेछ, अँ, फाराओ र त्यसको सारा सेना तरवारले मारिएकाहरू हुन्, प्रभु यहोवा भन्नुहुन्छ। 32 किनभने जीवितहरूको देशमा मैले आफ्नोझ आतङ्क फैलाएको छु। अनि त्यो, अँ, फाराओ र त्यसको सारा भीड़ खतना नभएकाहरूको बीचमा तरवारले मारिएकाहरूसँग लेटाइनेछन्, प्रभु यहोवा भन्नुहुन्छ।”