अम्मोनीहरूको विरोधमा भविष्यवाणी
25
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूतिर लगाऊ र तिनीहरूको विरोधमा भविष्यवाणी गर! 3 अनि अम्मोनीहरूलाई भन: प्रभु यहोवाको वचन सुन! प्रभु यहोवा यसो भन्नुहुन्छ, जब मेरो पवित्रस्थान अपवित्र पारियो, तब त्यसको विरोधमा, जब इस्राएल देश उजाड़ भयो, तब त्यसको विरोधमा, र जब यहूदाको घराना कैदमा गयो, तब त्यसको विरोधमा तैंले ‘अहा! अहा!’ भनिस्; 4 यसैकारण हेर्, म तँलाई अधिकारको भागको रूपमा पूर्वका मानिसहरूको हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँमा आफ्ना महलहरूक खड़ा गर्नेछन्, र तँमा आफ्ना वासस्थानहरू बनाउनेछन्ख; तिनीहरूले तेरो फल खानेछन्, र तिनीहरूले तेरो दूध पिउनेछन्। 5 अनि म रब्बालाई ऊँटहरूको तबेला र अम्मोनीहरूलाई चाहिँ भेड़ाबाख्राहरूको ढल्केर बस्ने ठाउँग बनाउनेछु; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ। 6 किनकि प्रभु यहोवा यसो भन्नुहुन्छ: तैंले इस्राएल देशको विरुद्ध हातले ताली बजाइस्, खुट्टाहरू बजारिस् र तेरो सम्पूर्ण हेलाको साथमा हृदयले रमाइस्; 7 यसैकारण हेर्, म तँमाथि आफ्नो हात बढ़ाउनेछु र तँलाई लुटको मालको रूपमा जाति-जातिको हातमा सुम्पिनेछु; अनि म तँलाई मानिसहरूको बीचबाट मेटाइदिनेछु; अनि म तँलाई देश-देशबाट नष्ट पार्नेछु; म तँलाई नाश गर्नेछु; अनि तैंले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछस्।”मोआबको विरोधमा भविष्यवाणी
8 “प्रभु यहोवा यसो भन्नुहुन्छ: मोआब र सेईर भन्छन्: ‘हेर, यहूदाको घराना अरू सबै जातिहरूजस्तै छ।’ 9 यसैकारण हेर्, मोआबको किनार म ती शहरहरूको तर्फबाट – त्यसका सिमानामा भएका त्यसका शहरहरू अर्थात् बेत-यशीमोत, बाल-मओन र किर्यातैमबाट खोलिदिनेछु, जुन शहरहरू त्यस देशको महिमा हुन्; 10 अम्मोनीहरूको साथमा म त्यो पूर्वका मानिसहरूका निम्ति खोलिदिनेछु, र त्यसलाई अधिकारको भागको रूपमा दिनेछु; फलस्वरूप जाति-जातिको बीचमा अम्मोनीहरूको सम्झना रहनेछैन। 11 अनि म मोआबमाथि मेरा न्यायहरू पूरा गर्नेछु, र तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्।”
एदोमको विरोधमा भविष्यवाणी
12 “प्रभु यहोवा यसो भन्नुहुन्छ, यहूदाको घरानासित बदला लिएर एदोमले काम गरेको छ, र त्यो साह्रै दोषी भएको छ, अनि उनीहरूसित बदला लिएको छ; 13 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: म पनि एदोममाथि आफ्नो हात बढ़ाउनेछु, अनि त्यसबाट मानिस र पशु दुवैलाई नाश गर्नेछु; अनि तेमानबाट म त्यसलाई उजाड़ पार्नेछु; अनि ददानसम्म तिनीहरू तरवारले मारिनेछन्। 14 अनि मेरो प्रजा इस्राएलको हातद्वारा म एदोममाथि आफ्नो बदला हालिदिनेछु; अनि उनीहरूले एदोममा मेरो रिस र मेरो क्रोधअनुसार काम गर्नेछन्; अनि तिनीहरूले मेरो बदला के हो, सो जान्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ।”
पलिस्तीहरूको विरोधमा भविष्यवाणी
15 “प्रभु यहोवा यसो भन्नुहुन्छ, पलिस्तीहरूले बदला लिएर काम गरेका छन्, अनि सदा रहिरहने शत्रुताको कारणले त्यसलाई नाश गर्नलाई आफ्नो मनदेखि हेला गरेर तिनीहरूले बदला लिएका छन्; 16 यसैकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म पलिस्तीहरूमाथि आफ्नो हात बढ़ाउनेछु, करेतीहरूलाई मेटाइदिनेछु र समुद्रको किनारका बाँकी रहेकाहरूलाई नाश गर्नेछु। 17 अनि क्रोधले पूर्ण हप्कीहरूको साथमा म तिनीहरूसित ठूला-ठूला बदलाहरू लिनेछु; अनि जब म तिनीहरूमाथि मेरो बदला हालिदिनेछु, तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्।”