सामरिया र यरूशलेम दुई पापी बहिनीहरू हुन्
23
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, दुईवटा स्त्रीहरू, एउटै आमाका छोरीहरू थिए। 3 अनि तिनीहरूले मिस्रमा वेश्याको काम गरे; तिनीहरूले आफ्नो जवानीमै वेश्याको काम गरे; त्यहीं तिनीहरूका स्तनहरू मिचिए, र त्यहीं उनीहरूले तिनीहरूका कन्या अवस्थाका स्तनका चुचीहरू माड़े। 4 अनि तिनीहरूका नामहरू जेठी ओहोलाक र त्यसकी बहिनी ओहोलिबाख थिए; अनि तिनीहरू मेरा थिए, र तिनीहरूले छोराहरू र छोरीहरू जन्माए। अनि तिनीहरूका नामहरूअनुसार सामरियाचाहिँ ओहोला र यरूशलेमचाहिँ ओहोलिबा हो।”दिदी ओहोला: सामरिया
5 “अनि ओहोला मेरी हुँदा-हुँदैग त्यसले वेश्याको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको पछि अर्थात् आफ्ना छिमेकी अश्शूरीहरूप्रति मोहित भई, 6 जो नीलो वस्त्र पहिरेका कप्तानहरू र शासकहरू थिए; तिनीहरू सबै आकर्षक जवान मानिसहरू, घोड़ाहरूमा चढ़्ने घोड़चढ़ीहरू थिए। 7 यसरी त्यसले तिनीहरूसित, अर्थात् अश्शूरका सबै चुनिएका मानिसहरूसित, र ती सबैसित, जसप्रति त्यो मोहित भएकी थिई, त्यसले आफ्नो वेश्याकर्महरू गरी; तिनीहरूका सबै मूर्तिहरूद्वारा त्यसले आफूलाई अशुद्ध पारी। 8 न ता त्यसले मिस्रबाट ल्याइएका वेश्याकर्महरू नै छोड़ी; किनकि त्यसको जवानीमा तिनीहरू त्यससँग सुतेका थिए; त्यसका कन्या अवस्थाका स्तनहरू तिनीहरूले माड़ेका थिए र त्यसमाथि आफ्नो वेश्याकर्म खन्याएका थिए। 9 यसैकारण मैले त्यसलाई त्यसका प्रेमीहरूको हातमा अर्थात् ती अश्शूरीहरूको हातमा सुम्पिदिएको छु, जसप्रति त्यो मोहित भएकी थिई। 10 यिनीहरूले त्यसका नाङ्गोपना उघारिदिए; यिनीहरूले त्यसका छोराहरूलाई र त्यसका छोरीहरूलाई खोसे, अनि त्यसलाई तरवारले मारे; अनि त्यो स्त्रीहरूको बीचमा कुख्यात भई; किनकि तिनीहरूले त्यसको न्याय गरेग।”
बहिनी ओहोलिबा: यरूशलेम
11 “अनि जब त्यसकी बहिनी ओहोलिबाले यो कुरा देखी, तब यो आफ्नो कामुकतामा त्योभन्दा बढ़ी भ्रष्ट भई, र आफ्नी दिदीका वेश्याकर्महरूभन्दा त्यसका वेश्याकर्महरू ज्यादा भए। 12 यो आफ्ना छिमेकी अश्शूरीहरूप्रति मोहित भई, जो अति भड़्किला वस्त्र पहिरेका कप्तानहरू र शासकहरू, घोड़ाहरूमाथि चढ़्ने घोड़चढ़ीहरू थिए – ती सबै आकर्षक जवान मानिसहरू थिए। 13 तब यो अशुद्ध भएकी मैले देखें; ती दुवैले एउटै बाटो लिएघ। 14 तर यसले आफ्ना वेश्याकर्महरू बढ़ाई; किनकि यसले भित्तामा कोरिएका पुरुषहरू, सिन्दुरे रङ्गले कोरिएका कल्दीहरूका नक्साहरूङ देखी, 15 जसका कम्मरहरूमा पेटी कसिएका र जसका शिरहरूमा झुन्डिरहेका पगरीहरू थिए, जो सबै हेर्दाखेरि तिनीहरूको जन्मभूमि कल्दी देशका बाबेलीहरूको रीतिअनुसार उच्च पदाधिकारीहरूजस्ता देखिन्थे। 16 अनि तिनीहरूलाई आफ्ना आँखाले देख्नसाथ त्यो तिनीहरूप्रति मोहित भइहाली, र कल्दी देशमा तिनीहरूकहाँ दूतहरू पठाइहाली। 17 अनि बाबेलीहरू यसकहाँ, यसको प्रेमको पलङमा आए, र तिनीहरूले आफ्ना वेश्याकर्महरूद्वारा यसलाई अशुद्ध पारे, अनि यो तिनीहरूद्वारा अशुद्ध भई, र यसको मन तिनीहरूबाट टाढ़ियो। 18 यसरी नै यसले आफ्ना वेश्याकर्महरू प्रकट गरी र आफ्नो नाङ्गोपना उघारी; तब जसरी मेरो मन यसकी दिदीबाट टाढ़िएको थियो, त्यसरी नै यसबाट पनि मेरो मन टाढ़ियो। 19 तर यसले आफ्ना जवानीका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा यसले मिस्र देशमा वेश्याको काम गरेकी थिई, आफ्ना वेश्याकर्महरू अझ बढ़ाई। 20 किनभने यो तिनीहरूका प्रेमीहरूप्रति मोहित भई, जसको मासु गधाहरूको मासुजस्तो थियो, र जसको वीर्य घोड़ाहरूको वीर्यजस्तो थियो। 21 यसरी नै तैंले आफ्नो जवानीको कामुकताको सम्झना गरिस्, जुन समयमा तेरो जवानीका स्तनहरूको कारणले मिस्रीहरूद्वारा तेरा स्तनका चुचीहरू माड़िएका थिए।
22 यसकारण हे ओहोलिबा, प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर्, जुन प्रेमीहरूबाट तेरो मन टाढ़िएको छ, ती तेरा प्रेमीहरूलाई म तेरो विरोधमा उठाउनेछु; अनि चारैतिरबाट म तिनीहरूलाई तेरो विरोधमा ल्याउनेछु: 23 बाबेलीहरू, सबै कल्दीहरू, पकोद, शोअ र कोअ अनि तिनीहरूको साथमा सबै अश्शूरीहरूलाई; ती सबै आकर्षक जवान मानिसहरू, कप्तानहरू, शासकहरू, उच्च पदाधिकारीहरू र बोलाइएकाहरू हुन्छन्, ती सबै घोड़ाहरूमाथि चढ़ेका हुन्छन्। 24 अनि तिनीहरू हातहतियारहरू, रथहरू, चक्काहरू र जाति-जातिका मानिसहरूको एउटा जमात लिएर तेरो विरोधमा आउनेछन्, जसले तेरो विरोधमा चारैतिर साना ढाल, ठूला ढाल र टोप राख्नेछन्; अनि म न्याय तिनीहरूको अघिल्तिर राखिदिनेछु, र तिनीहरूले आफ्ना न्यायहरूअनुसार तेरो न्याय गर्नेछन्। 25 अनि म तेरो विरोधमा मेरो जलन राख्नेछु, र तिनीहरूले क्रोधमा तँसित व्यवहार गर्नेछन्; तिनीहरूले तेरो नाक र तेरा कानहरू लानेछन्; अनि तेरा बाँकी रहेकाहरू तरवारले ढल्नेछन्; तिनीहरूले तेरा छोराहरूलाई र तेरा छोरीहरूलाई खोसेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्। 26 अनि तिनीहरूले तँबाट तेरा वस्त्रहरू उतारिदिनेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्। 27 यसरी नै म तँबाट तेरो कामुकता र मिस्र देशबाट ल्याइएको तेरो वेश्याकर्म बन्द गर्नेछु; यसैले तैंले तिनीहरूतर्फ आफ्ना आँखाहरू उठाउनेछैनस् र मिस्रीहरूलाई फेरि कहिल्यै सम्झनेछैनस्।
28 किनभने प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर्, म तँलाई तिनीहरूकै हातमा, अँ, तिनीहरूकै हातमा सुम्पिदिनेछु, जसलाई तँ घृणा गर्छस्, जसबाट तेरो मन टाढ़िएको छ। 29 अनि तिनीहरूले तँसँग घृणासहित व्यवहार गर्नेछन्, र तेरो सबै परिश्रमको फल लैजानेछन्, अनि तँलाई नाङ्गो र भुतुङ्गो अवस्थामा छोड़्नेछन्; अनि तेरा वेश्याकर्महरूको नाङ्गोपना, अँ, तेरो कामुकता र तेरा वेश्याकर्महरू उघारिनेछन्। 30 तँ अन्यजातिहरूको पछि-पछि वेश्याको काम गर्दै हिँड़ेकी हुनाले र तिनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएकी हुनाले म तँसित यी कुराहरू गर्नेछु। 31 तँ आफ्नी दिदीको चालमा हिँड़ेकी छेस्; यसकारण म त्यसको कचौरा तेरो हातमा दिनेछु। 32 प्रभु यहोवा यसो भन्नुहुन्छ: तैंले आफ्नी दिदीको कचौराबाट पिउनेछेस्, जुन कचौरा गहिरो र ठूलोच छ; तेरो हाँसो र खिसी गरिनेछ; किनकि त्यसमा धेरै अटाउँछ। 33 त्रास र उजाड़ताको कचौरा – तेरी दिदी सामरियाको कचौरा – पिएर तँ मतवालीपन र शोकले भरिनेछेस्। 34 अँ, तैंले त्यो पिउनेछेस्, त्यसलाई निचोरेर रित्त्याउनेछेस्; अनि तैंले त्यसका खपटाहरू पनि चबाउनेछेस् र आफ्नै स्तनहरू लुछ्नेछेस्; किनभने मैले यो भनेको हुँ, प्रभु यहोवा भन्नुहुन्छ। 35 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, तैंले मलाई बिर्सेकी छेस् र मलाई आफ्नो पिठ्यूँको पछिल्तिर फ्याँकिदिएकी छस्; यसैले तैंले पनि आफ्नो कामुकता र आफ्ना वेश्याकर्महरूको दण्ड भोग्!”
यी दुई बहिनीहरूको न्याय
36 अनि परमप्रभुले मलाई भन्नुभयो: “हे मानिसको छोरा, के तिमी ओहोला र ओहोलिबाको न्याय गर्छौ? अँ, तिनीहरूलाई तिनीहरूका घृणित कामहरू बताइदेऊ! 37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, तिनीहरूका हातहरूमा रगत छ, र आफ्ना मूर्तिहरूसँग तिनीहरूले व्यभिचार गरेका छन्; जुन छोराहरूलाई तिनीहरूले मेरा निम्ति जन्माएका थिए, ती आफ्ना छोराहरूलाई तिनीहरूले मूर्तिहरूका निम्तिछ आगोद्वारा भस्म हुनलाई आगोमा होमे।ज 38 तिनीहरूले मसित अझै यो पनि गरेका छन्: त्यही दिनमा तिनीहरूले मेरो पवित्रस्थान अशुद्ध पारेका छन् र मेरा विश्रामदिनहरू अपवित्र पारेका छन्। 39 किनकि जुन दिनमा तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आफ्ना मूर्तिहरूका निम्ति मारे, त्यही दिनमा तिनीहरू मेरो पवित्रस्थानभित्र, त्यसलाई अपवित्र पार्न पसे; हेर, तिनीहरूले मेरो भवनको बीचमा यसो गरेका छन्। 40 साथै ती बहिनीहरूलेझ पुरुषहरूका निम्ति, यिनीहरू टाढ़ाबाट आऊन् भनेर बोलाइपठाए, जसकहाँ एउटा दूत पठाइयो; अनि हेर्, यिनीहरू आए, जसका निम्ति तैंले आफूलाई नुहाइधुवाइ गरिस्, आफ्ना आँखाहरूमा गाजल लगाइस् र आफूलाई गहनाहरूले सिँगारिस्; 41 अनि तँ एउटा सानदार पलङमाथि बसिस्, र त्यसको अघिल्तिर एउटा टेबल सजाइयो, जसमाथि तैंले मेरो धूप र मेरो तेल राखिस्। 42 अनि त्यसमा निश्चिन्त भएर बस्ने भीड़को आवाज थियो; अनि मानिसहरूको भीड़भाड़को साथमा उजाड़स्थानबाट सबाकाहरूञ पनि ल्याइएका थिए, जसले तिनीहरूका हातहरूमा बालाहरू र तिनीहरूका शिरमाथि सुन्दर मुकुटहरू पहिर्याइदिए।
43 तब त्यसको विषयमा, जो व्यभिचार गर्दा-गर्दै बूढ़ी भइसकेकी थिई, मैले यसो भनें: के अब तिनीहरूले त्यससँग वेश्याकर्महरू गर्लान्, र त्यसले तिनीहरूसित? 44 तर वेश्याकहाँ गएझैं गरी यिनीहरू त्यसकहाँ गए; यसरी यिनीहरू ती कामुक स्त्रीहरू ओहोला र ओहोलिबाकहाँ गए। 45 तर धर्मी मानिसहरूले चाहिँ व्यभिचारिणीहरूको न्यायअनुसार र रगत बगाउने स्त्रीहरूको न्यायअनुसार तिनीहरूको न्याय गर्नेछन्; किनभने तिनीहरू व्यभिचारिणीहरू हुन्, र तिनीहरूका हातहरूमा रगत छ। 46 किनभने प्रभु यहोवा यसो भन्नुहुन्छ: म तिनीहरूको विरोधमा एउटा जमात ल्याउनेछु, अनि धपाइनट र लुटको माल हुनका निम्ति तिनीहरूलाई सुम्पिदिनेछु। 47 अनि त्यस जमातले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र आफ्ना तरवारहरूले तिनीहरूलाई खतम पारिदिनेछन्; यिनीहरूले तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई मार्नेछन्, अनि तिनीहरूका घरहरू आगोले जलाइदिनेछन्। 48 यसरी नै यस देशबाट म कामुकता बन्द गर्नेछु, र सबै स्त्रीहरूले तिमीहरूको कामुकताअनुसार नगर्नू भन्ने शिक्षा पाऊन्। 49 अनि यिनीहरूले तिमीहरूको कामुकताको बदला तिमीहरूमाथि हालिदिनेछन्, र तिमीहरूले आफ्ना मूर्तिहरूका पापहरूको दण्ड भोग्नेछौ; अनि ‘प्रभु यहोवा म नै हुँ’ भनी तिमीहरूले जान्नेछौ।”