इस्राएल देशका निम्ति परमप्रभुको भविष्यवाणी
21
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार यरूशलेमतिर लगाऊ, पवित्रस्थानहरूतर्फ आफ्नो वचन तप्काऊ र इस्राएल देशको विरोधमा भविष्यवाणी गर! 3 अनि इस्राएल देशलाई भन: परमप्रभु यसो भन्नुहुन्छ, हेर्, म तेरो विरोधमा छु, अनि मेरो तरवार त्यसको म्यानबाट थुत्नेछु, अनि धर्मी जनलाई र दुष्टलाई तँबाट नाश गर्नेछु। 4 म धर्मी जनलाई र दुष्टलाई तँबाट नाश गर्नेछु; यसैले मेरो तरवार आफ्नो म्यानबाट निस्केर दक्षिणदेखि लिएर उत्तरसम्मका सबै प्राणीको विरोधमा जाइलाग्नेछ; 5 र म, परमप्रभुले नै मेरो तरवार त्यसको म्यानबाट थुतेको हुँ भनी सबै प्राणीले जानून्; त्यो फेरि कहिल्यै फर्केर आउनेछैन। 6 यसकारण तिमीचाहिँ, हे मानिसको छोरा, कम्मर भाँचिएझैं गरी सुस्केरा हाल, र तिनीहरूका आँखाको सामु व्याकुल भएरक सुस्केरा हाल! 7 अनि यस्तो हुनेछ: जब तिनीहरूले तिमीलाई ‘केका निम्ति तिमीले सुस्केरा हाल्दैछौ’ भनी सोध्लान्ख, तब तिमीले जवाफ दिनू: त्यस समाचारले गर्दा; किनकि त्यो आउँदैछ; अनि हरेक हृदय पग्लनेछ, सबै हातहरू लुला हुनेछन्, हरेक मनग हताश हुनेछ र सबै घुँड़ाहरू पानीझैं कमजोर हुनेछन्; हेर, त्यो आउँदैछ र पूरा हुनेछघ, प्रभु यहोवा भन्नुहुन्छ।”8 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 9 “हे मानिसको छोरा, भविष्यवाणी गर र भन: परमप्रभु यसो भन्नुहुन्छ, भन: एउटा तरवार, अँ, एउटा तरवार उध्याइएको छ, साथै टल्काइएको छ! 10 ठूलो काटमारका निम्ति त्यो उध्याइएको छ, टलक आउने गरी त्यो टल्काइएको छ; तब के हामी आनन्द मनाऔं? त्यसले सबै रूखहरूलाई सरह मेरो पुत्रको राजदण्डलाई पनि तुच्छ ठान्छ। 11 अनि त्यो हातमा लिइयोस् भनेर उहाँले त्यसलाई टल्काउन लाउनुभएको छ। त्यो तरवार मार्नेको हातमा थमाइदिनलाई नै त्यो उध्याइएको र टल्काइएको हो। 12 हे मानिसको छोरा, चिच्च्याऊ र रोइकराइ गर! किनकि मेरो प्रजामाथि त्यो आइपर्नेछ; त्यो इस्राएलका सबै शासकहरूमाथि आइपर्नेछ; मेरो प्रजाको साथमा तिनीहरू तरवारको सामु फ्याँकिनेछन्; यसकारण आफ्नो तिघ्रामा थप्पड़ हान! 13 किनभने यो एउटा जाँच हो; अनि त्यस तरवारले राजदण्डलाई समेत तुच्छ ठान्यो भने अरू के? के यो हुनेछैन?, प्रभु यहोवा भन्नुहुन्छ। 14 यसकारण तिमीचाहिँ, हे मानिसको छोरा, भविष्यवाणी गर! आफ्नो हातमा हात ठटाऊ! अँ, त्यो तरवार, त्यो घात गर्नेङ तरवार तेस्रोच पल्ट दोबर होस्! त्यो एउटा ठूलो घात गर्नेङ तरवार हो, जो तिनीहरूका भित्री कोठाहरूमा पनि पस्छ। 15 तिनीहरूको हृदय पग्लियोस्, र तिनीहरूका ठेस लाग्ने कुराहरू बढ़ेर जाऊन् भनेर मैले तिनीहरूका सबै मूलढोकाहरूको विरोधमा त्यस तरवारको टुप्पा राखिदिएको छु; हाय! त्यो टलक्क टल्किने बनाइएको छ, काटमारका निम्ति त्यो उध्याइएको छ। 16 कि त दाहिने हातपट्टि, कि त देब्रे हातपट्टि, जतापट्टि तेरो धार फर्केकोछ छ, त्यतैपट्टि जा! 17 अनि म पनि हातमा हात ठटाउनेछु, अनि म आफ्नो क्रोध बिसाउन दिनेछु; म, परमप्रभुले नै यसो भनेको छु।”
18 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 19 ‘तिमीचाहिँ, हे मानिसको छोरा, आफ्ना निम्ति दुईवटा बाटा ठहराऊ, जसबाट भएर बाबेलका राजाको तरवार आओस्! ती दुवै एउटै देशबाट निस्केर आउनेछन्; अनि एउटा सड़क-चिन्हज बनाऊ! शहरमा जाने बाटोको सिरानमा त्यो बनाऊ! 20 एउटा बाटो ठहराऊ, जसबाट भएर तरवार अम्मोनीहरूको रब्बामा र यहूदामा, पर्खालले घेरिएको यस यरूशलेममा आओस्! 21 किनभने बाबेलका राजा दोबाटोमा, दुईवटा बाटाको सिरानमा जोखना हेर्न उभिएको छ; त्यसले आफ्ना काँड़हरूमा सान लगाएकोझ छ; त्यसले आफ्नो घर-देवताहरूसित सल्लाह लिएको छ; त्यसले कलेजोमा हेरेको छ। 22 त्यसको दाहिने हातपट्टि यरूशलेमका निम्ति जोखना राखिएको छ: पर्खाल भत्काउने यन्त्रहरू राख्नलाई, घातका निम्ति मुख खोल्नलाई, ललकारको साथ सोर मच्चाउनलाई, मूलढोकाहरूको विरोधमा पर्खाल भत्काउने यन्त्रहरू राख्नलाई, ढिस्को उठाउन र घेराबन्दीको पर्खाल बनाउनलाई। 23 अनि तिनीहरूका निम्ति, तिनीहरूको दृष्टिमा त्यो एउटा झूटो जोखना हुनेछ, अर्थात् तिनीहरूका निम्ति, जसले शपथहरू खाएका छन्; तर तिनीहरू पक्राउ परून् भनेर त्यसले अधर्मको सम्झना गर्नेछ। 24 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: तिमीहरूले आफ्नो अधर्म सम्झना गरिने तुल्याएका छौ; किनकि तिमीहरूका अपराधहरू उदाङ्ग भएका छन्; यसैकारण तिमीहरूका सबै कामहरूमा तिमीहरूका पापहरू देखा पर्छन्; तिमीहरू सम्झनामा आएका हुनाले तिमीहरू पन्जामा पक्राउ पर्नेछौ।
25 अनि तँ, हे इस्राएलको भक्तिहीन, दुष्ट शासक, तेरो दिन आएको छ, जुन समयमा तेरो अधर्मको अन्त हुनेछ। 26 प्रभु यहोवा यसो भन्नुहुन्छ, पगरी फुकाल् र मुकुट उतारिदे! यो एकनासञ रहनेछैन; होचोलाई उच्च पार् र अग्लोलाई होच्या! 27 विनाश! विनाश! म यसलाई विनाश तुल्याउनेछु; अँ, जससँग यसको अधिकार छ, उनी नआउन्जेल यो रहनेछैन; अनि म यो उनलाई दिनेछु।”
अम्मोनीहरूका निम्ति परमप्रभुको भविष्यवाणी
28 “अनि तिमीचाहिँ, हे मानिसको छोरा, भविष्यवाणी गर, र भन: अम्मोनीहरू र तिनीहरूको निन्दाको विषयमा प्रभु यहोवा यसो भन्नुहुन्छ, अँ, तिमीचाहिँ भन: त्यो तरवार, त्यो तरवार थुतिएको छ; काटमारका निम्ति, अँ, नाश गर्नलाई त्यो टल्काइएको छ; किनकि त्यो टलक्क टल्किन्छ। 29 जब तिनीहरूले तेरा निम्ति व्यर्थको कुरा देख्छन् र तेरा निम्ति झूटो जोखना हेर्छन्, तँलाई ती मारिएका दुष्ट मानिसहरूका गर्दनहरूमा राख्नलाई, जसको दिन आएको छ, जुन समयमा उनीहरूको अधर्मको अन्त हुनेछ। 30 त्यसलाई त्यसकै म्यानभित्र फर्काऊ! जुन ठाउँमा तेरो सृजना भयो, त्यस ठाउँमा, तँ जन्मेकै देशमा म तेरो न्याय गर्नेछु। 31 अनि म तँमाथि मेरो क्रोध खन्याउनेछु, तेरो विरोधमा मेरो क्रोधको आगो फुक्नेछु र तँलाई पशुसरह मानिसहरूको हातमा म सुम्पिदिनेछु, जो नाश गर्नमा सिपालु छन्ट। 32 तँ आगोका निम्ति दाउरा हुनेछस्; तेरो रगत देशको बीचमा हुनेछ; तेरो सम्झना गरिनेछैन; किनकि म, परमप्रभुले नै यो भनेको छु।”