दुईवटा चील र एउटा दाखको बोटको दृष्टान्त
17
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, एउटा अड़्को राखिदेऊ र इस्राएलको घरानाको सामु एउटा दृष्टान्त भनिदेऊ, 3 र भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, ठूला-ठूला र लामा-लामा पखेटाहरू भएको, अनि रङ्गबिरङ्गका प्वाँखैप्वाँखले भरिएको एउटा ठूलो चील लबानोनमा आयो, र त्यसले देवदारको टुप्पा चुँड़ायो। 4 त्यसले यसका कलिला मुनाहरूको मुन्टो चुँड़ायो, र यसलाई एउटा व्यवसायी देशमा पुर्यायो; त्यसले यसलाई व्यापारीहरूको एउटा शहरमा बसाल्यो। 5 तब त्यसले त्यस देशको बीउबाट एउटालाई लग्यो र त्यसलाई एउटा फलाइलो बारीमाक रोप्यो; त्यसले त्यसलाई प्रशस्त पानीको छेउमा बसाल्यो र एउटा बैंसको रूखझैं लगायो। 6 अनि त्यो बढ्यो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो, जसका हाँगाहरू त्यस चीलतिरख फर्के; अनि त्यसका जराहरू त्यस चीलमुनिग थिए; यसरी त्यो एउटा दाखको बोट बन्यो; अनि त्यसले हाँगाहरू उमार्यो र मुनाहरू हान्यो। 7 अनि ठूला-ठूला पखेटाहरू र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो; अनि हेर, त्यस दाखको बोटले आफू रोपिएका ड्याङहरूबाट आफ्ना जराहरू, त्यस चीलले त्यसलाई सिँचिदेओस् भनेर त्यसतिर फर्कायो र आफ्ना हाँगाहरू त्यसतिर हान्यो। 8 त्यसले हाँगाहरू उमारोस् र फल फलाओस्, अँ, त्यो एउटा उत्तम दाखको बोट बनोस् भनेर त्योचाहिँ असल बारीमा प्रशस्त पानीको छेउमा रोपिएको थियो। 9 भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, के त्यो सप्रला र? के त्यस चीलले त्यो ओइलिइजाओस् भनी त्यसका जराहरू नउखाल्ला र, र त्यसको फल नकाटिदेला र? त्यो आफ्ना उम्रिरहेका पातहरूसितै ओइलिनेछ; अँ, त्यसका जराहरूसँगै त्यसलाई उखाल्न न ठूलो शक्तिघ न ता धेरै मानिसहरू चाहिन्छ। 10 अँ, हेर, के त्यस रोपिएको अवस्थामा त्यो सप्रला र? पूर्वी हावाले त्यसलाई छुँदा के त्यो बिलकुलै ओइलिनेछैन र? त्यो त आफू बढ़ेका ड्याङहरूमा ओइलिनेछ।”11 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 12 “अब त्यस विद्रोही घरानालाई भन! के तिमीहरू यी कुराहरूको अर्थ के हो, सो जान्दैनौ? तिनीहरूलाई भन: हेर, बाबेलका राजा यरूशलेममा आएको छ, र यसको राजालाई र यसका शासकहरूलाई लगेको छ, र उनीहरूलाई आफूसितैङ बाबेलमा पुर्याएको छ; 13 तब त्यस राजकीय वंशबाट एउटालाई लगेको छ र उससँग एउटा वाचा बाँधेको छ, र उसैलाई शपथ खान लाएको छ; अनि त्यसले देशका शक्तिशालीहरूलाई पनि लगेको छ, 14 यो राज्य नीच रहोस्, आफूलाई माथि नउचालोस्, तर त्यसको वाचा पालन गर्नाले यो टिकिरहोस् भनेर; 15 तर मिस्रीहरूलेङ उसलाई घोड़ाहरू र धेरै मानिसहरू दिऊन् भनेर उसले मिस्रमा आफ्ना दूतहरू पठाएर त्यसको विरोधमा विद्रोह गर्यो। के ऊ सफल होला? के यस्ता कामहरू गर्ने उम्कला? अथवा वाचा तोड़ेर के ऊ उम्कला? 16 प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको शपथ! निश्चय त्यही ठाउँमा, जहाँ त्यो राजा बस्छ, जसले उसलाई राजा तुल्यायो, जसको शपथलाई उसले तुच्छ ठान्यो र जसको वाचा उसले तोड़्यो, त्यसैसँग बाबेलको बीचमै ऊ मर्नेछ। 17 न ता फाराओले आफ्नो शक्तिशाली सेना र ठूलो जमातसित धेरै मानिसहरूलाई नाश गर्न भनी ढिस्काहरू उठाईकन र घेराबन्दीका पर्खालहरू बनाईकन लड़ाइँमा उसका निम्ति केही गर्नेछ। 18 किनकि त्यो वाचा तोड़ेर उसले शपथलाई तुच्छ ठानेको छ; अनि हेर, उसले वचनच दिएको थियो, तापनि उसले यी सबै कामहरू गरेको छ; यसैले ऊ उम्कनेछैन। 19 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, मेरो जीवनको शपथ! निश्चय नै मेरो शपथ, जसलाई उसले तुच्छ ठानेको छ, र मेरो वाचा, जसलाई उसले तोड़ेको छ, त्यसकै बदलाचाहिँ म उसको टाउकोमाथि हालिदिनेछु। 20 अनि म उसमाथि मेरो जाल फैलाउनेछु, र ऊ मेरो पासोमा पक्राउ पर्नेछ, अनि म उसलाई बाबेलमा पुर्याउनेछु, र उसले मेरो विरोधमा विश्वासघातछ गरेको उसको विश्वासघातकाछ निम्ति म त्यहाँ उससित मुद्दा लड़्नेछु। 21 अनि उसका सबै सेनाहरूकोज साथमा उसका सबै भगुवाहरू तरवारले मारिनेछन्, अनि बाँकी रहेकाहरू सबै दिशातिर तितरबितर हुनेछन्; अनि म, परमप्रभुले नै यो कुरा भनेको हुँ भनी तिमीहरूले जान्नेछौ।
22 प्रभु यहोवा यसो भन्नुहुन्छ, अनि मचाहिँ त्यस अग्लो देवदारको टुप्पाबाट एउटा लिएर उसलाई बसाल्नेछु; म त्यसका कलिला मुनाहरूको शिरचाहिँबाट एउटा कोमल मुना चुँड़ाउनेछु, र उसलाई म आफैले एउटा अग्लो र उच्च पहाड़माथि रोप्नेछु; 23 इस्राएलको उचाइमा भएको पर्वतमा म उसलाई रोप्नेछु; अनि उसले हाँगाहरू उमार्नेछ र फल फलाउनेछ, अनि एउटा उत्तम देवदार बन्नेछ; अनि उसमुनि हर किसिमका पक्षीका सबै चराले वास बस्नेछन्; उसका हाँगाहरूको छायामा तिनीहरूले वास लिनेछन्। 24 तब म, परमप्रभुले नै अग्लो रूखलाई होच्याएको र होचो रूखलाई अग्लो तुल्याएको, हरियो रूखलाई सुकाएको र सुकेको रूखलाई हरियोपरियो तुल्याएको हुँ भनी मैदानका सबै रूखहरूले जान्नेछन्; म, परमप्रभुले नै यो भनेको छु, र गरेको छु।”