यरूशलेमका बासिन्दाहरू निकम्मा दाखको बोटसित तुलना गरिन्छन्
15
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, कसरी दाखको बोट अरू कुनै रूखभन्दा वा वनका रूखहरूमा भएको हाँगाभन्दा उत्तम छ र? 3 के कुनै काम गर्नका निम्ति यसबाट काठ लिइनेछ र? अथवा के यसमा कुनै भाँड़ा झुन्ड्याउनका निम्ति मानिसहरूले यसबाट एउटा कीला निकाल्नेछन् र? 4 हेर, यो त दाउराको रूपमा आगोभित्र फ्याँकिन्छ; यसका दुवै टुप्पा आगोले भस्म पार्छ, र यसको बीचको भाग डढ़्छ। के यो कुनै कामको लायक छ र? 5 हेर, सिङ्गो हुँदा यो कुनै कामको लायक थिएन, तब आगोले यसलाई भस्म पारेपछि र यो डढ़ेपछि झन् कति कम गरी यो कुनै कामको लायक होला!
6 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, जसरी मैले वनका रूखहरूमध्ये दाखको बोट दाउराको रूपमा आगोलाई दिएको छु, त्यसरी नै म यरूशलेमका बासिन्दाहरूलाई दिनेछु। 7 अनि म आफ्नो अनुहार तिनीहरूको विरोधमा लगाउनेछु; तिनीहरू एउटा आगोबाट निस्केर जानेछन्, तर अर्को आगोले तिनीहरूलाई भस्म पार्नेछ; अनि जब म आफ्नो अनुहार तिनीहरूको विरोधमा लगाउनेछु, तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 8 अनि म त्यस देशलाई उजाड़ पार्नेछु; किनकि तिनीहरूले नराम्रो गरी विश्‍वासघात गरेका छन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”