झूटा भविष्यवक्ताहरू
13
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, भविष्यवाणी गर्ने इस्राएलका भविष्यवक्ताहरूको विरोधमा भविष्यवाणी गर, र ती आफ्नै मनबाट भविष्यवाणी गर्नेहरूलाई भन: परमप्रभुको वचन सुन! 3 प्रभु यहोवा यसो भन्नुहुन्छ, धिक्कार ती मूर्ख भविष्यवक्ताहरूलाई, जो आफ्नै आत्माको पछि लागिरहेका छन् र जसले केही पनि देखेका छैनन्! 4 हे इस्राएल, तिम्रा भविष्यवक्ताहरू मरुभूमिहरूमा भएका स्यालहरूजस्ता छन्। 5 तिमीहरू न ता माथि धाँदाहरूमा गयौ, न परमप्रभुको दिनमा लड़ाइँमा खड़ा हुन सक्नलाई इस्राएलको घरानाका निम्ति बार नै बनायौक। 6 ‘परमप्रभु भन्नुहुन्छ’ भन्दै तिनीहरूले व्यर्थको कुरा र झूटो जोखना देखेका छन्; तर परमप्रभुले तिनीहरूलाई पठाउनुभएकै होइन; अनि तिनीहरूले आफ्नो वचन पूरा हुन्छख भनी आशा गरेका छन्। 7 तिमीहरू ‘परमप्रभु भन्नुहुन्छ’ भन्छौ, तर मैले बोलेकै छैनँ, तब के तिमीहरूले व्यर्थैको दर्शन देखेका होइनौ र? अनि के तिमीहरूले झूटो जोखना बताएका होइनौं र? 8 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, तिमीहरूले व्यर्थको कुरा बोलेका र झूट देखेका हुनाले हेर, म तिमीहरूको विरोधमा छु, प्रभु यहोवा भन्नुहुन्छ। 9 अनि व्यर्थको कुरा देख्ने र झूटो जोखना बक्ने भविष्यवक्ताहरूमाथि मेरो हात आइपर्नेछ; तिनीहरू न मेरो प्रजाको सभामा हुनेछन्, न इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न ता तिनीहरूले इस्राएलको देशमा प्रवेश गर्नेछन्; अनि तिमीहरूले ‘प्रभु यहोवा म नै हुँ’ भनी जान्नेछौ। 10 किनकि अँ, किनकि शान्ति नहुँदा नै तिनीहरूले मेरो प्रजालाई ‘शान्ति’ भन्दै भड़्काएका छन्; अनि एकजनाले पर्खाल बनायो, अनि हेर, अरूले त्यसलाई कच्ची चुनाले लिपे; 11 त्यो कच्ची चुनाले लिप्नेहरूलाई भन: ‘त्यो ढल्नेछ’; बाढ़ उर्लाउने झरी पर्नेछ; अनि हे असिनाहरूहो, तिमीहरू बर्सनेछौ, अनि आँधीबतासले त्यसलाई फोरिदिनेछ। 12 हेर, जब त्यो पर्खाल ढल्छ, तब के तिमीहरूलाई यसो भनिनेछैन र: ‘जुन लिपाइले तिमीहरूले लिपेका छौ, त्यो लिपाइ खै, कहाँ छ?’ 13 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ, अँ, मेरो क्रोधमा म त्यसलाई आँधीबतासले फोरिदिनेछु; अनि मेरो रिसमा बाढ़ उर्लाउने झरी पर्नेछ, र त्यसलाई सर्वनाश पार्नलाई मेरो रिसमा असिनाहरू पर्नेछन्। 14 अनि यसरी जुन पर्खाल तिमीहरूले कच्ची चुनाले लिपेका छौ, त्यो म ढालिदिनेछु, र त्यो भुइँसँग मिलाइदिनेछु, यहाँसम्म कि त्यस शहरकोग जगसमेत देखा पर्नेछ, र त्यो ढल्नेछ, अनि तिमीहरू त्यसको बीचमा नाश हुनेछौ; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ। 15 यसरी त्यस पर्खालमाथि र त्यो कच्ची चुनाले लिप्नेहरूमाथि म आफ्नो क्रोध पूरा गर्नेछु; अनि म तिमीहरूलाई भन्नेछु: अब त्यो पर्खाल छैन, न ता त्यसलाई लिप्नेहरू नै छन्, 16 अर्थात् ती इस्राएलका भविष्यवक्ताहरू छैनन्, जसले यरूशलेमको विषयमा भविष्यवाणी गरिरहेका छन् र जसले शान्ति नहुँदा नै यरूशलेमका निम्ति शान्तिको दर्शन देखिरहेका छन्, प्रभु यहोवा भन्नुहुन्छ।17 अनि तिमीचाहिँ हे मानिसको छोरा, आफ्नै मनबाट भविष्यवाणी गर्ने तिम्रा जनहरूका छोरीहरूको विरोधमाघ आफ्नो अनुहार लगाऊ र तिनीहरूको विरोधमा भविष्यवाणी गर! 18 र भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, धिक्कार ती स्त्रीहरूलाई, जसले प्राणहरूको शिकार गर्नलाई सबै कुहुनुहरूका निम्ति बुटीहरू सिउँछन्, र हरेक कदको मानिसकोङ शिरमाथि लाउने घुम्टाहरू बनाउँछन्! तिमीहरू मेरो प्रजाका प्राणहरूको शिकार गर्छौ, र तिमीहरूकहाँ आउनेहरूकाच प्राणहरूलाई जीवित राख्छौ? 19 अनि झूट सुन्ने मेरो प्रजासित झूट बोलेर मर्नु नहुने प्राणहरूलाई मारेर र मर्नुपर्ने प्राणहरूलाई जीवित राखेर केही मुठी जौ र केही टुक्रा रोटीका निम्ति के तिमीहरू मेरो प्रजाको बीचमा मलाई अपवित्र तुल्याउँछौ? 20 यसैकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका बुटीहरूको विरोधमा छु, जसद्वारा तिनीहरूलाई उड़ाइदिनलाई तिमीहरू त्यहाँ ती प्राणहरूको शिकार गर्दछौ; अनि म ती बुटीहरूछ तिमीहरूका पाखुराहरूबाट चुँड़ाइदिनेछु र ती प्राणहरूलाई जान दिनेछु, अर्थात् ती प्राणहरूलाई, जसलाई उड़ाइदिन तिमीहरू शिकार गर्दछौ। 21 अनि तिमीहरूका घुम्टाहरू पनि म च्यातिदिनेछु र मेरो प्रजालाई तिमीहरूको हातबाट छुटाउनेछु; अनि तिनीहरू शिकार बन्नलाई फेरि तिमीहरूको हातमा रहनेछैनन्; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ। 22 किनभने झूटद्वारा तिमीहरूले धर्मी जनको हृदयलाई दुःखित पारेका छौ, जसलाई मैले दुःखित पारेको छैनँ; अनि दुष्टचाहिँ आफ्नो दुष्ट चालबाट नफर्कोस् भनेर त्यसलाई जीवनको प्रतिज्ञा गरेरज तिमीहरूले त्यसका हातहरू बलिया तुल्याएका छौ। 23 यसकारण तिमीहरूले अब फेरि व्यर्थको कुरा देख्नेछैनौ, न जोखना हेर्नेछौ; किनकि म मेरो प्रजालाई तिमीहरूको हातबाट छुटाउनेछु; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ।”