इजकिएलको दोस्रो दर्शन
8
अनि छैटौं वर्षको छैटौं महिनामा, त्यस महिनाको पाँचौं दिनमा यस्तो भयो: म आफ्नो घरमा बसिरहेको, र मेरो सामु यहूदाका बूढ़ा प्रधानहरू बसिरहेको बेलामा प्रभु यहोवाको हात त्यहाँ ममाथि ओर्लेर आयोक। 2 तब मैले हेरें; अनि हेर, आगोको रूपजस्तो एउटा आकृति थियो; उहाँको कम्मरजस्तो देखा पर्ने भागदेखि तलतिर आगो थियो, र उहाँको कम्मरदेखि मास्तिर चमकको जस्तो रूप थियो, झल्काइएको पित्तलको जस्तो रङ्ग थियो। 3 अनि उहाँले हातजस्तो आकार पसार्नुभयो र मलाई मेरो टाउकोको केशको मुठाख समातेर उठाउनुभयो; अनि आत्माले मलाई पृथ्वी र आकाशको बीचमा उचाल्नुभयो, र मलाई परमेश्वरका दर्शनहरूमा यरूशलेममा, उत्तरतिर फर्केको भित्री मूलढोकाको मुखमा ल्याउनुभयो, जहाँ डाहाको मूर्तिको आसन थियो, जसले डाहा पैदा गर्दछ। 4 अनि हेर, मैले मैदानमाग देखेको दर्शनअनुसार त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। 5 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, अब उत्तर दिशातिर आफ्ना आँखाहरू उठाऊ!” तब मैले उत्तर दिशातिर आफ्ना आँखाहरू उठाएँ; अनि हेर, उत्तरतिर वेदीको मूलढोकामा पस्ने ठाउँमै त्यो डाहा पैदा गर्ने मूर्ति थियो। 6 अनि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, तिनीहरूले के गरिरहेका छन्, के तिमीले देख्दैछौ अर्थात् ती ठूला-ठूला घृणित कामहरू देख्दैछौ, जुन कामहरू इस्राएलको घरानाले म आफ्नो पवित्रस्थान छोड़ेर टाढ़ा गइहालूँ भन्ने हेतुले यहाँ गरिरहेको छ? तर अझ फर्क, र तिमीले झन् ठूला-ठूला घृणित कामहरू देख्नेछौ।”7 अनि उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो; अनि जब मैले हेरें, तब हेर, भित्तामा एउटा दुलो रहेछ! 8 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, अब यस भित्तामा खन!” अनि जब मैले भित्तामा खनें, तब हेर, एउटा ढोका रहेछ! 9 अनि उहाँले मलाई भन्नुभयो: “भित्र पस, र ती दुष्ट घृणित कामहरू हेर, जुन कामहरू तिनीहरूले त्यहाँ गरिरहेका छन्!” 10 तब म भित्र पसें, र मैले देखें; अनि हेर, वरिपरि भित्तामा चारैतिर हर प्रकारका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका घरानाका सबै मूर्तिहरूका नक्साहरू खिँचिएका रहेछन्! 11 अनि त्यहाँ इस्राएलको घरानाका बूढ़ा प्रधानहरूमध्ये सत्तरीजना ती मूर्तिहरूकोघ सामु उभिरहेका र तिनीहरूको बीचमा शापानका छोरा याजन्याह उभिरहेका रहेछन्; अनि तिनीहरू हरेकले आ-आफ्नो हातमा आ-आफ्नो धुपौरो लिएका थिए; अनि धूपको बाक्लो बादल उँभोतिर गइरहेको थियो। 12 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका बूढ़ा प्रधानहरूले अँध्यारामा, हरेकले आ-आफ्ना प्रतिमाका कोठाहरूमा के गरिरहेका छन्, सो तिमीले देखेका छौ? किनकि तिनीहरू भन्छन्: ‘परमप्रभुले हामीलाई देख्नुहुन्न; परमप्रभुले पृथ्वीलाई त्याग्नुभएको छ।’ ” 13 अनि उहाँले मलाई भन्नुभयो: “तिमी अझै पनि फर्क, र तिमीले झन् ठूला-ठूला घृणित कामहरू देख्नेछौ, जुनचाहिँ तिनीहरूले गरिरहेका छन्।” 14 तब उहाँले मलाई परमप्रभुको भवनको त्यस मूलढोकाको प्रवेशद्वारमाङ ल्याउनुभयो, जुन मूलढोका उत्तरतिर थियो; अनि हेर, त्यहाँ तम्मूजका निम्ति रोइरहने स्त्रीहरू बसिरहेका रहेछन्। 15 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, के तिमीले यो देखेका छौ? फेरि फर्क, र तिमीले यीभन्दा ठूला घृणित कामहरू देक्नेछौ।” 16 अनि उहाँले मलाई परमप्रभुको भवनको भित्री चोकमा ल्याउनुभयो; अनि हेर, परमप्रभुको मन्दिरको ढोकामा, दलान र वेदीको बीचमा, आफ्ना पिठ्यूँहरू परमप्रभुको मन्दिरतिर र आफ्ना अनुहारहरू पूर्वतिर फर्काएका लगभग पच्चीसजना मानिसहरू रहेछन्; अनि तिनीहरूले पूर्वतिर सूर्यलाई दण्डवत् गरिरहेका थिए। 17 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, के तिमीले यो देखेका छौ? तिनीहरूले यहाँ गरिरहेका यी घृणित कामहरू गर्नुचाहिँ के यहूदाको घरानाका निम्ति हल्का कुरा हो? किनकि तिनीहरूले यस देशलाई अत्याचारले भरिदिएका छन्, र मेरो रिस उठाउनलाई तिनीहरू फर्केर गएका छन्; अनि हेर, तिनीहरू त्यो हाँगा आफ्नै नाकमा राख्छन्। 18 यसकारण म पनि क्रोधको साथमा व्यवहार गर्नेछु; मेरो आँखाले छोड़्नेछैन, न म टिठाउने नै छु; अनि तिनीहरूले मेरा कानमा चर्को सोरले चिच्च्याए तापनि म तिनीहरूको पुकार सुन्नेछैनँ।”