मूर्तिपूजालाई धिक्कार!
6
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार इस्राएलका पहाड़हरूतिर लगाऊ र तिनीहरूको विरोधमा भविष्यवाणी गर, 3 अनि भन: हे इस्राएलका पहाड़हरूहो, प्रभु यहोवाको वचन सुन; प्रभु यहोवा पहाड़हरूलाई, साथै डाँड़ाहरू, खोलानालाहरू र बेंसीहरूलाई यसो भन्नुहुन्छ: हेर, म, अँ, म नै तिमीहरूमाथि एउटा तरवार ल्याउनेछु र तिमीहरूका उच्च स्थानहरूक नाश गर्नेछु। 4 अनि तिमीहरूका वेदीहरू उजाड़ हुनेछन्, र तिमीहरूका मूर्तिहरूख तोड़िनेछन्; अनि म तिमीहरूका मारिएकाहरूलाई तिमीहरूका मूर्तिहरूको सामु फालिदिनेछु। 5 अनि म इस्राएलीहरूका लासहरू तिनीहरूकै मूर्तिहरूको सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीहरूको चारैतिर छरिदिनेछु। 6 तिमीहरूका वेदीहरू उजाड़ पारिऊन् र उजाड़ होऊन्, अनि तिमीहरूका मूर्तिहरू तोड़िऊन् र नाश होऊन्, साथै तिमीहरूका सूर्यका मूर्तिहरू टुक्रा-टुक्रा पारिऊन्, र तिमीहरूका कामहरू मेटिऊन् भनेर तिमीहरूका सबै वासस्थानहरूमा शहरहरू उजाड़ पारिनेछन्, र उच्च स्थानहरूक उजाड़ हुनेछन्। 7 अनि मारिएकाहरू तिमीहरूको बीचमा ढल्नेछन्, र तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ।8 तरै पनि म बाँकी रहेको भागलाई छोड़्नेछु, यसैले जब तिमीहरू देश-देशमा तितरबितर हुनेछौ, तब जातिहरूको बीचमा तिमीहरूका कोही-कोही हुनेछन्, जो तरवारबाट उम्कनेछन्। 9 अनि जाति-जातिको बीचमा, जहाँ तिनीहरू कैदी भएर लगिनेछन्, तिमीहरूका उम्केकाहरूले मलाई सम्झना गर्नेछन्; किनकि मबाट हटेको तिनीहरूको व्यभिचारीग हृदयको कारणले र तिनीहरूका मूर्तिहरूको पछि-पछि व्यभिचारग गर्दै हिँड़्ने तिनीहरूका आँखाहरूको कारणले मेरो मन टुटेको छघ; अनि आफ्ना सबै घृणित कामहरूअनुसार जुन दुष्ट कामहरू तिनीहरूले गरेका छन्, तिनको कारणले तिनीहरूले आफैलाई घृणा गर्नेछन्। 10 अनि ‘परमप्रभु म नै रहेछु, र तिनीहरूमाथि यो खराबी ल्याउँछु भनी मैले व्यर्थमा भनेको होइन रहेछु’ भनी तिनीहरूले जान्नेछन्।
11 प्रभु यहोवा यसो भन्नुहुन्छ: आफ्नो हातमाथि हात ठोक, आफ्नो खुट्टा बजार र भन: इस्राएलको घरानाका सबै दुष्ट घृणित कामकुराहरूका निम्ति हाय; किनकि तिनीहरू तरवार, अनिकाल र महामारीद्वारा ढल्नेछन्। 12 जो टाढ़ामा छ, त्यो महामारीले मर्नेछ; अनि जो नजिकमा छ, त्यो तरवारले ढल्नेछ; अनि जो बाँकी रहन्छ र घेराउमा पर्छ, त्यो अनिकालले मर्नेछ; यसरी तिनीहरूमाथि म आफ्नो क्रोध पूरा गर्नेछु। 13 अनि जब हरेक अग्लो डाँड़ाहुँदो, पहाड़हरूका सबै टाकुराहरूमा र हरेक हरियो रूखमुनि अनि हरेक झ्याम्म परेको फलाँटमुनि, अर्थात् त्यही ठाउँमा, जहाँ तिनीहरूले आफ्ना सबै मूर्तिहरूका निम्ति मीठो बास्ना चढ़ाउँथे, तिनीहरूका मारिएकाहरू तिनीहरूका मूर्तिहरूको बीचमा, तिनीहरूका वेदीहरूको चारैतिर पड़िरहनेछन्, तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ। 14 यसरी तिनीहरूका सबै वासस्थानहरूमा म आफ्नो हात तिनीहरूमाथि बढ़ाउनेछुङ र त्यो देश उजाड़, अँ, दिब्लातिर फैलिएको उजाड़स्थानभन्दा बढ़ी उजाड़ पार्नेछु; तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्।”