इस्राएलको घरानाका निम्ति चिन्ह: इजकिएलले आफ्नो केशमा छुरा लगाए
5
“अनि तिमी हे मानिसको छोरा, आफ्ना निम्ति एउटा धारिलो छुरी लेऊ, आफ्ना निम्ति हजामको एउटा छुरा लेऊ, र त्यसलाई आफ्नो टाउकोमाथि र आफ्नो दाह्रीमाथि चलाऊ! तब तौलिनलाई आफ्ना निम्ति एउटा तराजु लेऊ, र ती केश भाग-भाग गर! 2 जब घेराउका दिनहरू पूरा हुनेछन्, तब तिमीले तिनको एक तिहाइ त्यस शहरको बीचमा आगोले जलाइदिनू; अनि तिमीले तिनको अर्को एक तिहाइ लिनू, र त्यसको चारैपट्टि छुरीले हान्नू; अनि अर्को एक तिहाइ तिमीले हावामा छरिदिनू; अनि तिनीहरूको पछि-पछि म एउटा तरवार थुत्नेछु। 3 अनि त्यहाँबाट तिमीले संख्यामा थोरै केश लिनू, र तिनलाई आफ्ना लुगाका किनारहरूमा बाँध्नू! 4 तब तीबाट फेरि केही केश लेऊ, तिनलाई आगोको बीचमा फालिदेऊ र तिनलाई आगोमा जलाइदेऊ; किनकि त्यसबाट एउटा आगो इस्राएलको सम्पूर्ण घरानाकहाँ निस्केर आउनेछ।5 प्रभु यहोवा यसो भन्नुहन्छ: यो यरूशलेम हो, मैले यसलाई जातिहरूको बीचमा राखेको छु, र यसको चारैतिर देशहरू छन्। 6 यसले मेरा नियमहरूक ती जातिहरूले भन्दा बढ़ी, र मेरा विधिहरूख त्यसको चारैतिर भएका देशहरूले भन्दा बढ़ी दुष्टतामा बदलेको छ; किनकि तिनीहरूले मेरा नियमहरूक र मेरा विधिहरूख इन्कार गरेका छन्; तिनीहरू तिनमा हिँड़ेका छैनन्। 7 यसैकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: तिमीहरू आफ्नो चारैतिर भएका जातिहरूभन्दा बढ़ी बागीग भएका हुनाले, मेरा विधिहरूमा नहिँड़ेका हुनाले र मेरा नियमहरू पालन नगरेका हुनाले, साथै आफ्नो चारैतिर भएका जातिहरूका नियमहरूअनुसार पनि नगरेका हुनाले; 8 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म, अँ, म नै तेरो विरुद्ध छु, अनि जातिहरूका आँखाको सामु म तेरो बीचमा न्यायहरू गर्नेछु। 9 अनि तेरा सबै घृणित कामहरूको कारणले म तेरो विरोधमाघ त्यो गर्नेछु, जुन कुरा मैले कहिल्यै गरेको थिइनँ, र त्योजस्तो म फेरि कहिल्यै गर्नेछैनँ। 10 यसकारण तेरो बीचमा बुबाहरूले छोराहरूलाई खानेछन्, र छोराहरूले आफ्ना बुबाहरूलाई खानेछन्; अनि म तँमा न्यायहरू गर्नेछु, र तेरो सबै बाँकी रहेको भाग सबै दिशातिरङ तितरबितर पारिदिनेछु। 11 यसकारण प्रभु यहोवा भन्नुहुन्छ: मेरो जीवनको शपथ! तेरा सबै घिनलाग्दा वस्तुहरू र तेरा सबै घृणित कामहरूद्वारा तैंले मेरो पवित्रस्थानलाई अशुद्ध तुल्याएको हुनाले निश्चय म पनि तँलाई घटाउनेछु; अनि मेरो आँखाले छोड़्नेछैन, न म टिठाउने नै छु। 12 तेरो एक तिहाइ महामारीले मर्नेछ; अनि तेरो बीचमा तिनीहरू अनिकालले नष्ट हुनेछन्; अनि एक तिहाइचाहिँ तेरो चारैपट्टि तरवारले मारिनेछन्; अनि एक तिहाइ म सबै दिशातिरङ तितरबितर पारिदिनेछु, र तिनीहरूको पछि-पछि एउटा तरवार थुत्नेछु। 13 यसरी मेरो रिस पूरा हुनेछ, अनि म आफ्नो क्रोध तिनीहरूमाथि बिसाउन दिनेछु, र म सान्त्वना पाउनेछु; अनि जब तिनीहरूमाथि म आफ्नो क्रोध पूरा गर्नेछु, तब तिनीहरूले म, परमप्रभु नै आफ्नो जोशमाच बोलेको हुँ भनी जान्नेछन्। 14 अनि म तँलाई उजाड़ पार्नेछु र तेरो चारैतिर भएका जातिहरूको बीचमा, त्यहाँबाट भएर जानेहरू सबैको दृष्टिमा निन्दाको पात्र तुल्याउनेछु। 15 यसकारण जब रिस, क्रोध र क्रोधपूर्ण हप्कीहरूको साथ म तँमाथि मेरा न्यायहरू पूरा गर्नेछु, तब तेरो चारैतिर भएका जातिहरूका निम्ति योचाहिँ निन्दा, उपमा, शिक्षा र अत्यासको कारण हुनेछ। म, परमप्रभुले नै यो भनेको हुँ। 16 जब म तिनीहरूमाथिछ अनिकालरूपी हानिकारक काँड़हरू छोडुँलाज, जुन काँड़हरू तिनीहरूको विनाशको कारण हुनेछन् र जसलाई म तिमीहरूलाई नाश गर्नलाई नै छोड़्नेछुज; अनि तिमीहरूमाथि म अनिकाल बढ़ाउनेछु र तिमीहरूको रोटीरूपी लौरो भाँचिदिनेछु। 17 अनि म तिमीहरूमाथिछ अनिकाल र खराब पशुहरू पठाउनेछु; अनि तिनीहरूले तँलाई निस्सन्तान तुल्याउनेछन्; अनि महामारी र रक्तपातझ तँबाट भएर जानेछन्; अनि म तँमाथि तरवार ल्याउनेछु। म, परमप्रभुले नै यो भनेको हुँ।”