इस्राएलको घरानाका निम्ति चिन्ह: यरूशलेम कब्जा गरिएको चित्र
4
“हे मानिसको छोरा, तिमीले आफ्ना निम्ति एउटा इँटा लेऊ र त्यो आफ्नो सामु राख! अनि त्यसमाथि त्यस शहरको अर्थात् यरूशलेमको चित्र खोप! 2 अनि त्यसको विरोधमा घेराउ लगाऊ, त्यसको विरुद्ध घेराबन्दीको पर्खाल बनाऊ र त्यसको विरुद्ध ढिस्का उठाऊ! त्यसको विरुद्ध छाउनी हाल र चारैतिर त्यसको विरोधमा पर्खाल भत्काउने यन्त्रहरू राख! 3 अनि तिमीले चाहिँ आफ्ना निम्ति एउटा फलामको तावा लेऊ, अनि त्यसलाई आफू र त्यस शहरको बीचमा फलामको पर्खालको रूपमा खड़ा गर! अनि आफ्नो अनुहार त्यसको विरुद्ध लगाऊ, र त्यो घेराउमा हालियोस्, अनि तिमीले त्यसको विरुद्ध घेराउ लगाउनू! योचाहिँ इस्राएलको घरानाका निम्ति एउटा चिन्ह हुनेछ।4 अनि तिमीचाहिँ आफ्नो देब्रेपट्टि कोल्टो परेर सुत, र इस्राएलको घरानाको अपराध त्यसमाथि राखिदेऊ! जति दिनहरू तिमी त्यतापट्टिक कोल्टो परेर सुत्नेछौ, त्यति दिन नै तिमीले तिनीहरूको अधर्म बोक्नेछौ। 5 किनकि दिनहरूको संख्याअनुसार मैले तिनीहरूको अधर्मका वर्षहरू तिमीमाथि राखिदिएको छु: तीन सय नब्बे दिन; यसरी तिमीले इस्राएलको घरानाको अधर्म बोक्नेछौ। 6 अनि तिमीले ती दिनहरू पूरा गरिसकेपछि आफ्नो दाहिनेपट्टि फेरि पनि कोल्टो परेर सुत! अनि चालीस दिनसम्म तिमीले यहूदाको घरानाको अधर्म बोक्नेछौ; एक वर्षका निम्ति मैले तिम्रा निम्ति एक दिन ठहराएको छु। 7 यसकारण तिमीले आफ्नो अनुहार यरूशलेमको घेराउतिर लगाउनू, र तिम्रो पाखुरा उदाङ्गो होस्! अनि तिमीले त्यसको विरोधमा भविष्यवाणी गर्नू! 8 अनि हेर, म तिमीमाथि डोरीहरू लगाउनेछु, अनि तिमीले आफ्नो घेराउका दिनहरू पूरा नगरुन्जेल तिम्रो एक पट्टिबाट तिम्रो अर्को पट्टितिर नपल्टनू!ख
9 अनि आफ्ना निम्ति गहुँ, जौ, सिमी, दाल, कोदो र मुड़ुलो गहुँ लेऊ, र तिनलाई एउटै भाँड़ामा हाल! अनि तीबाट आफ्ना निम्ति रोटी बनाऊ! तिमीले कोल्टो परेरग सुतेका दिनहरूको संख्याअनुसार अर्थात् तीन सय नब्बे दिन तिमीले त्यो खानू! 10 अनि जुन भोजन तिमीले खान्छौ, त्यो तिम्रो भोजन तौलअनुसार हुनुपर्छ: दिनको बीस शेकेलघ; त्यो तिमीले समय-समयमा खानू! 11 अनि तिमीले पानी पनि एक हिनकोङ छैटौं भाग नापेर पिउनू; तिमीले समय-समयमा पिउनू! 12 अनि जौका सुक्खा रोटीको रूपमा तिमीले त्यो खानू, अनि तिनीहरूका आँखाको सामु तिमीले त्यो मानिसबाट निस्केको मलले पकाउनू!” 13 अनि परमप्रभुले भन्नुभयो: “ठीक यसरी नै इस्राएलीहरूले अन्यजातिहरूको बीचमा जहाँ म तिनीहरूलाई धपाइदिनेछु, आफ्नो अशुद्ध रोटी खानेछन्।” 14 तब मैले भनें: “अहह, प्रभु यहोवा! हेर्नुहोस्, मेरो प्राण कहिल्यै अशुद्ध भएको छैन; किनकि मेरो बालककालदेखि अहिलेसम्म नै मैले आफै-आफ मरेको वा जङ्गली पशुले च्यातचुत पारिएको मासु खाएको छैनँ, न ता मेरो मुखमा कुनै घृणित मासु नै पसेको छ।” 15 तब उहाँले मलाई भन्नुभयो: “हेर, मानिसको मलको सट्टामा मैले तिमीलाई गाईको गोबर दिएको छु; अनि तिमीले त्यसैलेच आफ्नो रोटी बनाउनू!” 16 अनि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, हेर, म यरूशलेममा रोटीरूपी लौरोछ भाँचिदिनेछु; अनि तौली-तौली र चिन्तित हुँदै तिनीहरूले रोटी खानेछन्; अनि पानी नापी-नापी र अवाक् हुँदै तिनीहरूले पिउनेछन्; 17 किनकि तिनीहरूलाई रोटी र पानीको घटी हुनेछ, तिनीहरू एक-अर्कालाई हेरेर अवाक् हुनेछन् र आफ्नै अधर्मको कारणलेज खिइँदै जानेछन्।”