बाबेलको विरोधमा भविष्यवाणी
50
बाबेल र कल्दीहरूको देशको विरोधमा परमप्रभुले भविष्यवक्ता यर्मियाद्वारा बोल्नुभएको वचन यो हो: 2 “जाति-जातिहरूको बीचमा घोषणा गर! सुनाओ र एउटा झण्डा खड़ा गर! सुनाओ, नलुकाओ! भनिदेओ: बाबेल कब्जा गरिएको छ; बेल लज्जित भएको छ; मरोदक चकनाचूर भएको छ; त्यसका मूर्तिहरू लज्जित भए, त्यसका प्रतिमाहरू चकनाचूर भए। 3 किनकि उत्तरबाट एउटा जातिले त्यसमाथि चढ़ाइ गर्छ, जसले त्यसको देश उजाड़ पारिदिनेछ, र त्यसमा कोही पनि बस्नेछैन; तिनीहरू भाग्नेछन्; तिनीहरू गइहाल्नेछन् – मानिस र पशु दुवै।4 ती दिनहरूमा र त्यस समयमा इस्राएलीहरू आउनेछन्, परमप्रभु भन्नुहुन्छ; उनीहरू र यहूदीहरू हिँड़्दै र रुँदै-रुँदै एकसाथ आउनेछन्; तिनीहरू जानेछन्, र परमप्रभु आफ्ना परमेश्वरको खोज गर्नेछन्। 5 तिनीहरूले आफ्ना मुखहरू सियोनतिरक फर्काएर यसो भन्दै सियोनको बाटो सोध्नेछन्: ‘आओ, हामी एउटा सदा रहिरहने वाचा, जुनचाहिँ कहिल्यै बिर्सिइनेछैन, बाँधेर परमप्रभुसँग आफ्नो सम्बन्ध जोड़ौं!’ 6 मेरो प्रजा हराएका भेड़ाहरू बनेको छ; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोमा लगेख; उनीहरूले तिनीहरूलाई पहाड़हरूहुँदो लगाइदिएग; तिनीहरू एउटा पहाड़देखि अर्को डाँड़ातिर गए; तिनीहरूले आफ्नो विश्रामस्थललाई बिर्से। 7 तिनीहरूलाई भेट्टाउनेहरू सबैले तिनीहरूलाई निले; अनि तिनीहरूका विरोधीहरूले भने: ‘हामी दोषी हुनेछैनौं; किनभने तिनीहरूले परमप्रभुको विरोधमा, जो धार्मिकताको वासस्थान हुनुहुन्छ, अँ, परमप्रभु तिनीहरूका पितापुर्खाहरूको आशाको विरोधमा पाप गरेका छन्।’
8 बाबेलको बीचबाट भाग! कल्दीहरूको देशबाट निस्केर जाओ र बगालको अघिल्तिर हिँड़्ने बोकाहरूजस्तै होओ! 9 किनभने हेर, उत्तरको देशबाट म ठूला-ठूला जातिहरूको जमातलाई उभाड़ेर बाबेलमाथि चढ़ाइ गर्न लाउनेछु; अनि तिनीहरूले त्यसको विरोधमा मोर्चा बाँध्नेछन्; त्यहाँबाट त्यो लगिनेछ; तिनीहरूका काँड़हरू एउटा निपुण सामर्थी मानिसका जस्ता हुनेछन् – कुनै खेर जानेछैनघ। 10 अनि कल्दी देश लुटको माल बन्नेछ; त्यसलाई लुट्नेहरू सबै तृप्त हुनेछन्, परमप्रभु भन्नुहुन्छ। 11 किनभने हे मेरो अधिकारको भाग लुट्नेहरूहो, तिमीहरू आनन्दित भयौ; यसैले तिमीहरू रमायौ; यसैले तिमीहरू घाँसमा चर्ने कोरलीजस्तै मोटा भएका छौ र साँढ़ेहरूझैं डुक्रन्छौ; 12 यसैले तिमीहरूकी आमा साह्रै लज्जित हुनेछे, तिमीहरूलाई जन्म दिने शर्ममा पर्नेछे; हेर, जातिहरूमा यो पछौटे हुनेछ – एउटा उजाड़स्थान, एउटा सुक्खा भूमि र एउटा मरुभूमि हुनेछ। 13 परमप्रभुको क्रोधको कारणले त्यो बसोबास गरिनेछैन, तर त्यो बिलकुलै उजाड़ रहनेछ; बाबेलबाट भएर जाने हरेक मानिस चकित हुनेछ, र त्यसका सबै विपत्तिहरूका निम्ति खिसी गर्नेछ।
14 तिमीहरूले चारैतिर बाबेलको विरोधमा मोर्चा बाँध! हे सबै धनुर्धारीहरूहो, त्यसलाई हान! एउटै काँड़ बाँकी नराख; किनभने त्यसले परमप्रभुको विरोधमा पाप गरेकी छे। 15 तिमीहरू त्यसको चारैतिर त्यसको विरोधमा ललकार गर! त्यसले आफ्नो हार स्वीकार गरेकी छे; त्यसका जगहरू लड़े, त्यसका पर्खालहरू ढालिए; किनकि यो त परमप्रभुको बदला हो; त्यससँग बदला लेओ! जस्तो त्यसले गरेकी छे, त्यससँग त्यस्तै गर! 16 तिमीहरूले बाबेलबाट बीउ छर्नेलाई र कटनीको समयमा हँसिया चलाउनेलाई नाश गर; किनकि अत्याचारी तरवारको सामुबाट तिनीहरू हरेक आ-आफ्ना मानिसहरूतिर फर्कनेछन्, र तिनीहरू हरेक आ-आफ्नो देशतिर भाग्नेछन्।
17 इस्राएलचाहिँ तितरबितर भएको भेड़ा हो; सिंहहरूले त्यसलाई धपाए; पहिले अश्शूरको राजाले त्यसलाई निल्यो; अनि अन्तमा बाबेलका राजा यस नबूकद्नेस्सरले त्यसका हड्डीहरू भाँचिदिएको छ। 18 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यसो भन्नुहुन्छ: हेर, जसरी मैले अश्शूरको राजालाई दण्ड दिएँ, त्यसरी नै म बाबेलका राजा र त्यसको देशलाई दण्ड दिनेछु। 19 अनि म इस्राएललाई उसको वासस्थानमा फर्काएर ल्याउनेछु; अनि ऊ कर्मेल र बाशानमा चर्नेछ, अनि उसको प्राण एप्रैमको पहाड़ी देशमा र गिलादमा तृप्त हुनेछ। 20 ती दिनहरूमा र त्यस समयमा इस्राएलको अधर्म खोजिनेछ, तर एउटै पाइनेछैन, परमप्रभु भन्नुहुन्छ; अनि यहूदाका पापहरू खोजिनेछन्, तर ती पाइनेछैनन्; किनकि म जसलाई बाँकी राखिछोड़्छु, तिनीहरूलाई म क्षमा गर्नेछु।
21 मरातैम देशमाथि, अँ, त्यसमाथि र पकोदका बासिन्दाहरूमाथि चढ़ाइ गर्! उजाड़ पार्, र तिनीहरूको पछि-पछि पूरै नाश गर्, परमप्रभु भन्नुहुन्छ; अनि मैले तँलाई जे-जे आज्ञा गरें, ती सबअनुसार गर्! 22 देशमा लड़ाइँको र ठूलो विनाशको कोलाहल छ। 23 सम्पूर्ण पृथ्वीको घन कसरी काटियो, र टुक्रा-टुक्रा भयो! बाबेल कसरी जाति-जातिको बीचमा उजाड़ भयो? 24 अनि हे बाबेल, मैले तेरा निम्ति एउटा पासो थापेको छु, अनि तँ फसिस् पनि, र त्यो कुरा तँलाई थाहा थिएन; तँ फेला परिस्, र पक्रा परिस् पनि; किनकि तैंले परमप्रभुको विरोधमा लड़ेको छस्। 25 परमप्रभुले आफ्नो हतियार-घर खोल्नुभएको छ र आफ्नो क्रोधका हातहतियारहरू निकाल्नुभएको छ; किनकि कल्दीहरूको देशमा सेनाहरूका परमप्रभुको काम यही हो। 26 त्यसको विरोधमा टाढ़ा-टाढ़ाबाट आओ! त्यसका अन्नका भण्डारहरूङ खोल! त्यसलाई उठाएर रासैरास बनाइदेओ, र त्यसलाई पूरै नाश पारिदेओ! त्यसको कुनै पनि थोक नछोड़ियोस्! 27 त्यसका सबै साँढ़ेहरू मारिदेओ; मारिनका निम्ति ती तल जाऊन्; तिनीहरूलाई हाय; किनकि तिनीहरूको दिन, तिनीहरूको दण्डको समय आएको छ। 28 सुन, सियोनमा परमप्रभु हाम्रा परमेश्वरको बदला, उहाँको मन्दिरको बदलाको घोषणा गर्नलाई बाबेल देशबाट भाग्नेहरू र उम्कनेहरूको आवाज!
29 बाबेलको विरोधमा काँड़ हान्नेहरूलाई बोलाओ! हे सबै धनुर्धारीहरूहो, चारैतिर त्यसका विरोधमा छाउनी हाल! त्यसको कोही नउम्कोस्! त्यसको कामअनुसार त्यसलाई बदला देओ! त्यसले जे गरेकी छे, त्यो सबअनुसार त्यससित गर; किनकि त्यो परमप्रभुको विरोधमा, इस्राएलको पवित्र जनको विरोधमा घमण्डी बनेकी छे। 30 यसकारण त्यसका जवान मानिसहरू सड़कहरूमा लड़्नेछन्, र त्यस दिनमा त्यसका सबै योद्धाहरू नाश हुनेछन्, परमप्रभु भन्नुहुन्छ। 31 हे अति घमण्डी, हेर्, म तेरो विरोधमा छु, सेनाहरूका प्रभु यहोवा भन्नुहुन्छ; किनकि तेरो दिन, त्यो समय आएको छ, जब म तँलाई दण्ड दिनेछु। 32 अनि त्यो अति घमण्डी ठेस खाएर लड़्नेछ, र कसैले त्यसलाई उठाउनेछैन; अनि म त्यसका शहरहरूमा आगो लगाउनेछु, र यसले त्यसको चारैतिर सबै थोक भस्म पार्नेछ।
33 सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: इस्राएलीहरू र यहूदीहरू एकसाथ सताइएका थिए; अनि उनीहरूलाई कैद गरेर लैजानेहरू सबैले उनीहरूलाई बलियो गरी पक्रे, र उनीहरूलाई जान दिन इन्कार गरे। 34 उनीहरूको उद्धारकच सामर्थी हुनुहुन्छ; उहाँको नाम सेनाहरूका परमप्रभु हो; त्यस देशलाई चैन दिऊन् र बाबेलका बासिन्दाहरूलाई बेचैन तुल्याऊन् भनेर उहाँले पूर्ण रूपले उनीहरूको मुद्दा लड़िदिनुहुनेछ।
35 परमप्रभु भन्नुहुन्छ, कल्दीहरूमाथि, अनि बाबेलका बासिन्दाहरूमाथि, त्यसका शासकहरू र त्यसका बुद्धिमान् मानिसहरूमाथि तरवार आएको छ। 36 ती झूट बोल्नेहरूमाथि तरवार आएको छ, र तिनीहरू मूर्ख बन्नेछन्; त्यसका सामर्थी मानिसहरूमाथि तरवार आएको छ, र तिनीहरू हताश हुनेछन्। 37 तिनीहरूका घोड़ाहरूमाथि, तिनीहरूका रथहरूमाथि र बाबेलकोछ बीचमा सबै मिसिएका जातिहरूमाथि तरवार आएको छ, र तिनीहरू स्त्रीहरूजस्ता भएका छन्; त्यसका धनसम्पत्तिमाथि तरवार आएको छ, र ती लुटिनेछन्। 38 बाबेलकाज पानीहरूमाथि खड़ेरी परेको छ, र ती सुकिजानेछन्; किनकि त्यो देश खोपिएका मूर्तिहरूको देश हो, र तिनीहरू आफ्ना मूर्तिहरूका निम्ति पागलसरह छन्। 39 यसैकारण मरुभूमिमा बस्ने पशुहरू टापुहरूका जङ्गली पशुहरूसित त्यहाँ बस्नेछन्, अनि शुतुर्मुर्गहरू त्यसमा बस्नेछन्; अनि त्यसमा फेरि कहिल्यै बसोबास गरिनेछैन, अँ, पुस्तौंपुस्तासम्म पनि त्यसमा बसोबास गरिनेछैन। 40 जसरी परमेश्वरले सदोम, गमोरा र त्यसका छिमेकी-शहरहरूलाई नाश गर्नुभयो, परमप्रभु भन्नुहुन्छ, त्यसरी नै त्यहाँ कुनै मानिस बस्नेछैन, न ता मानिसको कुनै सन्तानले त्यसमा बसोबास गर्नेछ।
41 हेर, उत्तरबाट एउटा जाति, अँ, एउटा ठूलो जाति आउनेछ, अनि पृथ्वीका छेउ-छेउबाट धेरै राजाहरू उभाड़िनेछन्। 42 तिनीहरूले धनु र भाला चलाउनेछन्; तिनीहरू क्रूर हुन्छन्, र कृपा देखाउनेछैनन्; तिनीहरूको सोर समुद्र गर्जेजस्तो गर्जनेछ, अनि तिनीहरू घोड़ाहरूमाथि सवार गर्नेछन्; हे बाबेलकी छोरी, हरेकले तेरो विरोधमा योद्धाले झैं मोर्चा बाँध्नेछ। 43 बाबेलका राजाले तिनीहरूको खबर सुनेको छ, र त्यसका हातहरू लुला भएका छन्; वेदना र सुत्केरी व्यथामा परेकी स्त्रीलाई झैं पीड़ाहरूले त्यसलाई पक्रेका छन्। 44 हेर, यर्दनको बाढ़बाटझ ऊ एउटा सिंहझैं शक्तिशालीको वासस्थानको विरोधमा बाहिर निस्कनेछ; तर म तिनीहरूलाई झट्टै त्यसकहाँबाट भाग्न लाउनेछु; अनि त्यो चुनिएको मानिस को होला, जसलाई म त्यसमाथि नियुक्त गरूँ? किनकि मजस्तो को होला? अनि कसले मेरा निम्ति समय ठहराउला? अनि त्यो गोठाला को होला, जो मेरो सामु खड़ा होलाञ? 45 यसकारण परमप्रभुको सल्लाह सुनिदेओ, जुन सल्लाह उहाँले बाबेलको विरोधमा रच्नुभएको छ; साथै उहाँका योजनाहरू सुन, जुन योजनाहरू उहाँले कल्दीहरूको देशको विरोधमा बनाउनुभएको छ; निश्चय बगालका सबैभन्दा सानाहरूले तिनीहरूलाई घिसारेर लैजानेछन्; निश्चय उहाँले तिनीहरूको वासस्थान तिनीहरूसँगै उजाड़ पारिदिनुहुनेछ। 46 बाबेललाई कब्जा गरेको आवाजले पृथ्वी कामेको छ, र जाति-जातिको बीचमा त्यसको चिच्च्याएको आवाज सुनिएको छ।”