मोआबको विरोधमा भविष्यवाणी
48
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर मोआबको विरोधमा यसो भन्नुहुन्छ: नबोलाई हाय! किनकि त्यो नाश भएको छ, किर्यातैम लज्जित भएको र कब्जा गरिएको छ; मिस्गाब लज्जित भएको र हताश भएको छ। 2 मोआबको प्रशंसा अब कहिल्यै हुनेछैन; हेश्बोनमा तिनीहरूले त्यसको विरोधमा खराब युक्ति रचेका छन्: ‘आओ, हामी त्यसलाई त्यो एउटा जाति नै नरहने गरी मेटाइदिऔं!’ हे मद्मेन, तँ पनि नाश हुनेछस्; एउटा तरवार तेरो पछि लागिरहनेछ। 3 होरोनैमबाट यस्तो चिच्च्याहटको आवाज सुनिनेछ: ‘लुटपिट र ठूलो विनाश!!’ 4 मोआब नष्ट भयो; त्यसका साना नानीहरूले एउटा चिच्च्याहट सुनाए। 5 किनभने तिनीहरू लूहीतको उकालीमा रुँदै-रुँदै चढ़्नेछन्क; किनकि होरोनैमको ओरालीमा शत्रुहरूले विनाशको चिच्च्याहट सुनेका छन्। 6 ‘भाग, आफ्ना ज्यानहरू बचाओ, र उजाड़स्थानको नाङ्गे पोथ्राजस्तै होओ!’ 7 किनभने तैंले आफ्नै कामहरू र आफ्नै धनसम्पत्तिमाथि भरोसा राखेको हुनाले तँचाहिँ पक्राउ पर्नेछस्; अनि कमोश आफ्ना पूजाहारीहरू र आफ्ना शासकहरूसँगै एकसाथ कैदमा निस्केर जानेछ। 8 अनि परमप्रभुले भन्नुभएअनुसार हरेक शहरमाथि त्यो नाशकर्ता आउनेछ, र कुनै शहर उम्कनेछैन; बेंसी पनि नाश हुनेछ, र समतल भूमि पनि नष्ट पारिनेछ। 9 ‘मोआबलाई पखेटाहरू देओ, र त्यो भागेर गइहालोस्; किनकि त्यसका शहरहरू, तिनमा कुनै बासिन्दा नरहने गरी उजाड़ हुनेछन्।10 श्रापित होस् त्यो, जसले परमप्रभुको काम छलीख प्रकारले गर्दछ! अनि श्रापित होस् त्यो, जसले आफ्नो तरवार रगत बहाउनबाटग रोकेर राख्छ।’
11 आफ्नो जवानीदेखि नै मोआब निश्चिन्त भएर बसेको छ; अनि त्यसले आफ्ना थेग्राहरूमाथि विश्राम लिएको छ, र एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्याई रित्तै पारिएको छैन, न ता कैदमा गएको छ; यसैले त्यसको स्वाद त्यसमा रहिरहेको छ, र त्यसको बास्ना बदली भएको छैन। 12 यसैकारण हेर, दिनहरू आउँछन्, परमप्रभु भन्नुहुन्छ, जब म त्यसकहाँ खन्याउनेहरू पठाउनेछु, जसले त्यसलाई खन्याउनेछन्, त्यसका भाँड़ाहरू रित्ता पार्नेछन् र त्यसका मसकहरू फुटाइदिनेछन्। 13 अनि जसरी इस्राएलको घराना आफ्नो भरोसा बेतएलदेखि लज्जित भएको थियो, त्यसरी नै मोआब पनि कमोशको कारणले लज्जित हुनेछ। 14 ‘हामी सामर्थी छौं, र लड़ाइँका निम्ति वीर योद्धा हौं’ भनी तिमीहरू कसरी भन्छौ? 15 मोआब नाश भएको छ, र आफ्ना शहरहरूबाट माथि गएको छ, अनि त्यसका चुनिएका जवान मानिसहरू मारिनका निम्तिघ तल गएका छन्, महाराजा भन्नुहुन्छ, जसको नाम सेनाहरूका परमप्रभु हो।
16 मोआबको विपत्ति आउनै लागेको छ, र त्यसको कष्टले साह्रै हतार गर्दैछ। 17 त्यसको वरिपरि बस्ने तिमीहरू सबैले त्यसका निम्ति बिलौना गर! अनि त्यसको नाम जान्ने तिमीहरू सबैले भन: ‘त्यो बलियो लौरो, त्यो सुन्दर लाठो कसरी भाँचियो!’ 18 हे दीबोनमा बस्ने छोरी, आफ्नो महिमाबाट तल ओर्ली, र तिर्खाएर बस्; किनकि मोआबको नाशकर्ता तँमाथि आइलाग्नेछ, र त्यसले तेरा किल्लाहरू नष्ट पार्नेछ। 19 हे अरोएरकी बासिन्दा, बाटोको किनारमा खड़ा हो, र पहरा बस्! भाग्ने पुरुष र उम्कने स्त्रीलाई सोधेर भन्: ‘के भयो?’
20 मोआब लज्जित भयो, किनकि त्यो चकनाचूर भयो; ‘रोइकराइ गर! चिच्च्याओ! मोआब नाश भयो भनेर अर्नोनमा बताओ!’ 21 अनि समतल भूमिमाथि दण्ड आएको छ, अर्थात् होलोन, यहजा र मेपातमाथि, 22 दीबोन, नबो र बेत-दिब्लातैममाथि, 23 किर्यातैम, बेत-गामूल र बेत-मोनमाथि, 24 करियोत, बोज्रा र मोआब देशका टाढ़ा-नजिकमा भएका सबै शहरहरूमाथि। 25 मोआबको सिङ काटियो, र त्यसको पाखुरा भाँचियो, परमप्रभु भन्नुहुन्छ।
26 ‘त्यसलाई मताओ’; किनकि परमप्रभुको विरोधमा त्यसले आफ्नो बढ़ाइ गर्यो; अनि मोआबले आफ्नो बान्तामा लड़िबुड़ी गर्नेछ; अँ, त्यो हाँसोको पात्र बन्नेछ। 27 किनकि के इस्राएल तेरा निम्ति हाँसोको पात्र थिएन र? के ऊ चोरहरूको बीचमा पाइएको थियो? किनकि जब-जब तैंले उसको विषयमा कुरा गरिस्, तब-तब तैंले खुशीलेङ टाउको हल्लाइस्।
28 हे मोआबका बासिन्दाहरूहो, शहरहरूलाई छोड़ेर जाओ, र चट्टानहरूहुँदो बस, अनि त्यो ढुकुरजस्तो होओ, जसले दुलोकोच मुखका छेउ-छेउमा आफ्नो गुँड़ बनाउँछ। 29 हामीले मोआबको घमण्डको विषयमा – त्यो अति नै घमण्डी हो – त्यसको अभिमान, त्यसको अहङ्कार र त्यसको हृदयको सेखीको विषयमा सुनेका छौं। 30 त्यसको क्रोध म जान्दछु, परमप्रभु भन्नुहुन्छ, तर त्यो त्यस्तो होइन; त्यसका सेखीहरूलेछ कुनै काम गर्नेछैनन्। 31 यसैकारण म मोआबका निम्ति रोइकराइ गर्नेछु र सम्पूर्ण मोआबका निम्ति चिच्च्याउनेछु; मेरो हृदयलेज कीर-हरेशका मानिसहरूका निम्ति विलाप गर्नेछ। 32 हे सिब्माको दाखको बोट, म तेरा निम्ति याजेरको रुवाइले रुनेछु; तेरा हाँगाहरू समुद्रपारि गएका छन्, ती याजेरको समुद्रसम्म पुगेका छन्; तेरा ग्रीष्म ऋतुका फलहरू र तेरो अङ्गुरको फसलमाथि नाशकर्ता आइलागेको छ। 33 अनि फलवान् खेतबारीबाट र मोआबको देशबाट आनन्द र हर्ष उठाएर लगिएको छ; अनि मैले दाखका कोलहरूबाट दाखमद्य बन्द गरिदिएको छु; आनन्दको चीत्कारसहित कसैले दाख कुल्चनेछैन; तिनीहरूको चीत्कार चीत्कार हुनेछैन। 34 हेश्बोनको चिच्च्याहटबाट एलालेह र यहजसम्म, अनि सोहरदेखि होरोनैमसम्म, तिनीहरूले तीन वर्षको एउटा कोरलीले जस्तै आफ्नो सोर निकालेका छन्; किनकि निम्रीमको पानी पनि उजाड़ हुनेछ। 35 परमप्रभु भन्नुहुन्छ, म मोआबमा उच्च स्थानहरूमा होमबलि चढ़ाउनेलाई र आफ्ना देवताहरूका निम्ति धूप बाल्नेलाई अन्त गरिदिनेछु।
36 यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीहरूजस्तो अलाप्छ; अनि कीर-हरेशका मानिसहरूका निम्ति मेरो हृदयले बाँसुरीहरूजस्तो अलाप्छ; किनकि त्यसले कमाएको धनसम्पत्ति नष्ट भयो। 37 किनकि हरेक टाउको तालुखुइले हुनेछ, हरेक दाह्री काटिनेछ; सबै हातहरूमा काटेका चिराहरू हुनेछन्, र कम्मरहरूमा भाङ्ग्राको लुगा हुनेछन्। 38 मोआबका सबै कौसीहरूमाथि र त्यसका सबै फराकिला सड़कहरूमा विलाप हुनेछ; किनकि मैले मोआबलाई एउटा आनन्द नदिने बर्तनझैं फुटाइदिएको छु, परमप्रभु भन्नुहुन्छ। 39 ‘कसरी त्यो चकनाचूर भयो! कसरी मोआबले शर्मले पिठ्यूँ फर्कायो!’ भन्दै तिनीहरूले रोइकराइ गर्नेछन्। यसरी मोआब त्यसको वरिपरि हुने सबैका निम्ति हाँसो र आतङ्कको पात्र बन्नेछ।
40 किनकि परमप्रभु यसो भन्नुहुन्छ: हेर, ऊ चीलझैं उड़्नेछ र आफ्ना पखेटाहरू मोआबमाथि फैलाउनेछ। 41 करियोत कब्जा गरियो, र किल्लाहरू कब्जा गरिए; अनि त्यस दिन मोआबका सामर्थी मानिसहरूको हृदय सुत्केरी व्यथामा परेकी स्त्रीको हृदयजस्तो हुनेछ। 42 अनि मोआब नष्ट हुनेछ र एउटा जातिको रूपमा रहनेछैन; किनकि परमप्रभुको विरोधमा त्यसले आफ्नो बढ़ाइ गर्यो।
43 हे मोआबको बासिन्दा, तँमाथि डर, खाड़ल र पासो आइपर्नेछन्, परमप्रभु भन्नुहुन्छ। 44 जो डरको सामुबाट भाग्छ, त्यो खाड़लभित्र खस्नेछ; अनि जो खालड़बाट बाहिर निस्कन्छ, त्यो पासोमा फस्नेछ; किनकि म त्यसमाथि अर्थात् मोआबमाथि तिनीहरूको दण्डको वर्ष ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ। 45 भाग्नेहरू हेश्बोनको छायामुनि बलहीन भएरझ उभिए; तर हेश्बोनबाट एउटा आगो, र सिहोनको बीचबाट एउटा ज्वाला निस्क्यो, र मोआबको दाह्रीको छेउञ र खैलाबैला मच्चाउनेहरूको तालुलाई भस्म पारे। 46 हे मोआब, तँलाई हाय! कमोशका मानिसहरू नष्ट हुन्छन्; किनकि तेरा छोराहरू कैदमा लगिए, र तेरा छोरीहरू कैदमा लगिए। 47 तरैपनि म पछिल्ला दिनहरूमा मोआबलाई कैदबाटट फर्काएर ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ। मोआबको न्याय यहाँसम्म।”