बारूकका निम्ति परमप्रभुको सान्‍त्‍वनाको वचन
45
यहूदाका राजा योशियाहका छोरा यहोयाकिमको चौथो वर्षमा, जब नेरियाहका छोरा बारूकले यर्मियाको मुखबाट यी वचनहरू एउटा पुस्तकमा लेखेका थिए, तब भविष्यवक्ता यर्मियाले तिनलाई भनेको वचन यही हो: 2 “हे बारूक, परमप्रभु, इस्राएलका परमेश्‍वर तिमीलाई यसो भन्‍नुहुन्छ: 3 तिमीले भन्यौ: ‘अब हाय मलाई; किनकि परमप्रभुले मेरो शोकमाथि दुःख थपिदिनुभएको छ; सुस्केरा हाल्दा-हाल्दा म थाकिसकें, अनि म कुनै विश्राम पाउँदिनँ।’ 4 तिमीले उसलाई यसो भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्छ, हेर, मैले जे बनाएको छु, त्यसलाई म ढालिदिनेछु र मैले जे रोपेको छु, त्यसलाई म उखालिदिनेछु, यस सारा देशलाई नै। 5 अनि के तिमी आफ्ना निम्ति ठूला-ठूला कुराहरू खोज्दैछौ? नखोज; किनकि हेर, म सबै प्राणीमाथि विपत्ति ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ; तर तिमी जहाँ-जहाँ जान्छौ, ती सबै ठाउँहरूमा म तिमीलाई तिम्रो प्राण इनामको रूपमा दिनेछु।”