यरूशलेमको कब्जा
39
यहूदाका राजा सिद्कियाहको नवौं वर्षको दसौं महिनामा बाबेलका राजा नबूकद्नेस्सर र तिनको सारा सेना यरूशलेमको विरोधमा आए, र तिनीहरूले त्यसलाई घेरा हाले। 2 अनि सिद्कियाहको एघारौं वर्षको चौथो महिनामा, त्यस महिनाको नवौं दिनमा त्यो शहर फोरियो। 3 अनि बाबेलका राजाका सबै शासकहरू भित्र आए, र बीचको मूलढोकामा बसे, अर्थात् नेर्गल-शरेसेर, सम्गर-नबो, सर्सेकीम, रब-सारीस, नेर्गल-शरेसेर, रब-माग, साथै बाबेलका राजाका बाँकी शासकहरू। 4 अनि यस्तो भयो: जब यहूदाका राजा सिद्कियाहले र सबै योद्धाहरूले तिनीहरूलाई देखे, तब उनीहरू भागे, अनि राति त्यस शहरबाट राजाको बगैंचाको बाटो भएर, दुई पर्खालको बीचको मूलढोकाबाट निस्केर गए; अनि तिनी अराबाको बाटो भएर अघि बढ़े। 5 तर कल्दीहरूको सेनाले उनीहरूको पिछा गर्यो र यरिहोका मैदानहरूमा सिद्कियाहलाई फेला पार्यो; अनि तिनीहरूले तिनलाई पक्रे, र तिनलाई माथि हमात देशको रिब्लामा बाबेलका राजा नबूकद्नेस्सरकहाँ ल्याए, जहाँ उनले तिनलाई दण्डको आज्ञा दिए। 6 तब रिब्लामै बाबेलका राजाले सिद्कियाहका छोराहरूलाई तिनकै आँखाहरूको सामु मारे; अनि बाबेलका राजाले यहूदाका सबै भारदारहरूलाई पनि मारे। 7 अनि उनले सिद्कियाहका आँखाहरू निकालिदिए, र तिनलाई बाबेलमा लैजानलाई तिनलाई पित्तलका साङ्लाहरूलेक बाँधे। 8 अनि कल्दीहरूले राजाको भवन र मानिसहरूका घरहरू आगोले जलाइदिए, अनि यरूशलेमका पर्खालहरू भत्काइदिए। 9 तब अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले शहरमा बाँकी रहेका बाँकी मानिसहरूलाई, उनीकहाँ शरण लिएका शरणार्थीहरूलाई र बाँकी रहेका बाँकी मानिसहरूलाई कैदी बनाएर बाबेलमा लगे। 10 तर अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले गरिब मानिसहरूमध्ये केही पनि नभएकाहरूलाई यहूदा देशमा छोड़िराखे र त्यही दिनमा यिनीहरूलाई दाखबारीहरू र खेतबारीहरू दिए।11 अनि बाबेलका राजा नबूकद्नेस्सरले यर्मियाको विषयमा अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानलाई यसो भन्दै आज्ञा गरे: 12 “उसलाई लैजाऊ, उसमाथि कृपादृष्टि राख र उसलाई कुनै हानि नगर; तर उसले तिमीलाई जेजस्तो भन्छ, त्यस्तै उसका निम्ति गर!” 13 तब अङ्गरक्षकहरूका कप्तान नबूजर-अदानले, साथै नबूशस्बान, रब-सारीस, नेर्गल-शरेसेर, रब-माग र बाबेलका राजाका सबै मुख्य शासकहरूलेख पठाए, 14 अँ, तिनीहरूले पठाए, र यर्मियालाई झ्यालखानाको चोकबाट निकालेर ल्याए, अनि उनलाई शापानका नाति, अहिकामका छोरा गदल्याहको हातमा, उनलाई घरमा लैजान भनेर सुम्पिदिए; तब उनी मानिसहरूको बीचमा बसे।
15 अनि यर्मिया झ्यालखानाको चोकमा थुनामा राखिएको समयमै परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयो: 16 “जाऊ, कूशी एबेद-मेलेकलाई यसो भन: सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हेर, म मेरा वचनहरू यस शहरमाथि भलाइका निम्ति होइन, हानिका निम्ति नै पूरा गर्नेछुग; अनि त्यस दिन तिम्रो सामु ती पूरा हुनेछन्। 17 तर त्यस दिन म तिमीलाई छुटाउनेछु, परमप्रभु भन्नुहुन्छ; अनि जुन मानिसहरूसँग तिमी डराउँछौ, ती मानिसहरूको हातमा तिमी सुम्पिइनेछैनौ; 18 किनकि निश्चय म तिमीलाई छुटाउनेछु, र तिमी तरवारले मारिनेछैनौ, तर तिम्रो प्राण नै तिम्रो इनामघ हुनेछ; किनभने तिमीले ममाथि भरोसा राखेका छौ, परमप्रभु भन्नुहुन्छ।”