मिस्र देशको सेनाको विषयमा सुनेर बाबेलको सेना यरूशलेमबाट हटे
37
अनि यहोयाकिमका छोरा कोन्याहको सट्टामा राजा योशियाहका छोरा सिद्कियाहले राज्य गरे, जसलाई बाबेलका राजा नबूकद्नेस्सरले यहूदा देशमा राजा तुल्याए। 2 तर न तिनले, न तिनका कर्मचारीहरूले, न देशका मानिसहरूले नै परमप्रभुका वचनहरू सुने, जुन वचनहरू उहाँले भविष्यवक्ता यर्मियाद्वारा बोल्नुहुन्थ्यो। 3 अनि राजा सिद्कियाहले शेलेम्याहका छोरा यहूकल, मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यसो भनी भविष्यवक्ता यर्मियाकहाँ पठाए: “कृपया, हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ!” 4 अनि यर्मिया मानिसहरूको बीचमा आउजाउ गरिरहेका थिए; किनकि तिनीहरूले उनलाई झ्यालखानामा हालेका थिएनन्। 5 तब फाराओको सेना मिस्रबाट निस्केर आयो; अनि जब यरूशलेमलाई घेरा हाल्ने कल्दीहरूले उनीहरूको खबर सुने, तब तिनीहरू यरूशलेमलाई छोड़ेर गए।6 तब परमप्रभुको यसो भन्ने वचन भविष्यवक्ता यर्मियाकहाँ आयो: 7 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले यहूदाको राजालाई, जसले तिमीहरूलाई मकहाँ मबाट सोधखोज गर्न पठायो, यसो भन्नू: हेर, फाराओको जुन सेना तिमीहरूलाई सहायता गर्न निस्केर आयो, त्यो फेरि आफ्नो देश मिस्रमा फर्केर जानेछ। 8 अनि कल्दीहरू फेरि आउनेछन्, यस शहरको विरोधमा लड़ाइँ गर्नेछन्, यसलाई कब्जा गर्नेछन् र यसलाई आगोले जलाउनेछन्। 9 परमप्रभु यसो भन्नुहुन्छ: कल्दीहरू निश्चय हामीलाई छोड़ेर जानेछन् भनी तिमीहरूले आफैलाई धोका नदेओ; किनकि तिनीहरू छोड़ेर जानेछैनन्। 10 किनकि तिमीहरूको विरोधमा लड़ाइँ गर्ने कल्दीहरूको सम्पूर्ण सेनालाई तिमीहरूले मार्यौक, र तीमध्ये घाइतेहरू मात्र बाँकी रहे भने पनि तिनीहरू हरेक आ-आफ्नो पालबाट उठेर यो शहर आगोले जलाइदिनेछन्।”
यर्मिया झ्यालखानामा हालिए
11 अनि यस्तो भयो: जब फाराओको सेनाको डरले गर्दाख कल्दीहरूको सेना यरूशलेमलाई छोड़ेर गयो, 12 तब यर्मिया त्यहाँबाट मानिसहरूको बीचमा आफ्नो भाग पाउन भनी बिन्यामीन देशमा जानलाई यरूशलेमबाट निस्केर गए। 13 अनि जब यर्मियाग बिन्यामीनको मूलढोकामा थिए, तब त्यहाँ पहरेदारको एकजना कप्तान थिए, जसको नाम यिरियाह थियो, जो शेलेम्याहका छोरा, हनन्याहका नाति थिए; अनि तिनले भविष्यवक्ता यर्मियालाई यसो भन्दै पक्रे: “तिमी कल्दीहरूकहाँ शरण लिन जाँदैछौ।” 14 तब यर्मियाले भने: “यो झूट हो; म कल्दीहरूकहाँ शरण लिन जाँदिनँ।” तर तिनले उनको कुरा सुनेनन्; तब यिरियाहले यर्मियालाई पक्रेर उनलाई शासकहरूकहाँ ल्याए। 15 यसकारण शासकहरू यर्मियासँग क्रोधित भए, अनि उनलाई हिर्काए, र उनलाई शास्त्री योनातानको घरमा कैदमा राखे; किनकि त्यो घर तिनीहरूले झ्यालखाना तुल्याएका थिए।
16 जब यर्मिया त्यस तहखानामा र ती कालकोठरीहरूमा पसे, र यर्मिया त्यहाँ धेरै दिनसम्म रहे, 17 तब राजा सिद्कियाहले पठाएर उनलाई त्यहाँबाट निकाले; अनि राजाले आफ्नो भवनमा उनलाई गुप्तमा सोधे, र भने: “के परमप्रभुबाट कुनै वचन छ?” अनि यर्मियाले भने: “छ; किनकि उहाँलेघ भन्नुभयो: तँ बाबेलका राजाको हातमा सुम्पिइनेछस्।” 18 अनि यर्मियाले राजा सिद्कियाहलाई भने: “मैले तपाईंको विरोधमा, तपाईंका कर्मचारीहरूको विरोधमा र यस प्रजाको विरोधमा के पाप गरेको छु, र तपाईंहरूले मलाई यस झ्यालखानामा हाल्नुभयो? 19 ‘बाबेलका राजा तपाईंहरूको विरोधमा, र यस देशको विरोधमा आउनेछैनन्’ भन्दै तपाईंहरूलाई भविष्यवाणी गर्ने तपाईंहरूका ती भविष्यवक्ताहरू खोइ, कहाँ छन्? 20 यसकारण अब सुन्नुहोस्, म तपाईंलाई विन्ती गर्छु, हे मेरा मालिक राजा! म विन्ती गर्छु, मेरो विन्ती तपाईंको सामु ग्रहण गरियोस्ङ, र मलाई शास्त्री योनातानको घरमा नफर्काउनुहोस्, नत्र म त्यहीं मर्नेछु!” 21 तब राजा सिद्कियाहले, तिनीहरूले यर्मियालाई झ्यालखानाको चोकमा राखून्च, अनि शहरमा सबै रोटी नसिद्धिन्जेल तिनीहरूले उनलाई रोटी पकाउनेहरूको सड़कबाट दिनहुँ एउटा रोटी दिऊन् भन्ने आज्ञा दिए। यसरी यर्मिया झ्यालखानाको चोकमा रहन लागे।