यरूशलेमको पुनर्स्थापनाको प्रतिज्ञा
33
अनि झ्यालखानाको चोकमा यर्मिया अझ थुनिएको समयमै दोस्रो पल्ट तिनीकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 2 “परमप्रभु, जसले यसलाईक बनाउनुभयो, परमप्रभु, जसले यसलाई स्थापित गर्नलाई यसलाई रच्नुभयो, जसको नाम परमप्रभु हो, उहाँ यसो भन्नुहुन्छ: 3 मलाई पुकार, र म तिमीलाई जवाफ दिनेछु, अनि तिमीलाई ठूला र थाहा गर्न नसकिनेख कुराहरू प्रकट गर्नेछुग, जुनचाहिँ तिमी जान्दैनौ। 4 किनकि परमप्रभु इस्राएलका परमेश्वरले यस शहरका घरहरूको विषयमा र यहूदाका राजाहरूका भवनहरूको विषयमा, जुनचाहिँ ढिस्काहरूघ र तरवारको विरुद्ध भत्काइएका छन्, यसो भन्नुहुन्छ: 5 तिनीहरू कल्दीहरूसँग लड़ाइँ गर्न त आउँछन्, तर यो त तिनलाईङ मानिसका लासहरूले भरिदिनलाई मात्र हो, जुन मानिसलाई मैले मेरो रिस र मेरो क्रोधमा मारेको छु, र जसको सबै दुष्टताले गर्दा मैले यस शहरबाट आफ्नो अनुहार लुकाएको छु। 6 हेर, म यसका निम्ति स्वास्थ्य र चङ्गाइ ल्याउनेछु, अनि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूलाई शान्ति र सत्यताको भरपूरी प्रकट गर्नेछु। 7 अनि म यहूदाको कैद र इस्राएलको कैद फर्काएर ल्याउनेछु; अनि पहिलेझैं म तिनीहरूलाई निर्माण गर्नेछु। 8 अनि म तिनीहरूलाई तिनीहरूको सबै अधर्मबाट शुद्ध पार्नेछु, जसद्वारा तिनीहरूले मेरो विरोधमा पाप गरेका छन्; अनि म तिनीहरूका सबै अधर्महरू क्षमा गर्नेछु, जसद्वारा तिनीहरूले पाप गरेका छन् र जसद्वारा तिनीहरूले मेरो विरोधमा अपराध गरेका छन्। 9 अनि यो शहर मेरा निम्ति पृथ्वीका सबै जातिहरूको सामु एउटा आनन्दको नाम, प्रशंसा र आदर हुनेछ, जसले त्यो सारा भलाइको बारेमा सुन्नेछन्, जुन भलाइ म तिनीहरूका निम्ति गर्छु; अनि त्यो सारा भलाइ र त्यो सारा उन्नतिको कारणले, जुनचाहिँ म यसका निम्ति गर्छु, तिनीहरू डराउनेछन्, र थरथराउनेछन्।10 परमप्रभु यसो भन्नुहुन्छ: यही ठाउँमा, जसको विषयमा तिमीहरू ‘कुनै मानिस र कुनै पशु नरहने गरी यो उजाड़ छ’ भन्छौ, अँ, यिनै यहूदाका शहरहरूमा र यरूशलेमका सड़कहरूमा, जुनचाहिँ कुनै मानिस, कुनै बासिन्दा र कुनै पशु नरहने गरी उजाड़ छन्, 11 हर्षको सोर, आनन्दको सोर, दुलहाको सोर, दुलहीको सोर र तिनीहरूको सोर सुनिनेछ, जसले भन्नेछन्: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गरच; किनभने परमप्रभु भलो हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।’ अनि तिनीहरूको सोर पनि सुनिनेछ, जसले परमप्रभुको भवनमा धन्यवादको बलि ल्याउनेछन्; किनकि पहिलेझैं म यस देशको कैद फर्काएर ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ।
12 सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, जुन ठाउँ कुनै मानिस र कुनै पशु नरहने गरी उजाड़ छ यस ठाउँमा र यसका शहरहरूमा फेरि गोठालाहरूको वासस्थान हुनेछ, जसले आफ्ना भेड़ाबाख्राहरू सुताउनेछन्। 13 पहाड़ी देशका शहरहरूमा, बेंसीका शहरहरूमा, दक्षिणकाछ शहरहरूमा, बिन्यामीन देशमा, यरूशलेमको वरिपरिका ठाउँहरूमा र यहूदाका शहरहरूमा फेरि भेड़ाबाख्राहरू गन्ती गर्नेका हातहरूमुनिबाट भएर जानेछन्, परमप्रभु भन्नुहुन्छ।
14 परमप्रभु भन्नुहुन्छ: हेर, दिनहरू आउँछन्, जब मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेकोज उत्तम वचन म पूरा गर्नेछु। 15 ती दिनहरूमा र त्यस समयमा म दाऊदका निम्ति एउटा धार्मिकताको हाँगा उमार्नेछु, जसले देशमा न्याय र धार्मिकताको काम गर्नुहुनेछ। 16 ती दिनहरूमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षित बस्नेछ; अनि नाम यही हो, जुन नामले त्यो कहलाइनेछझ: ‘परमप्रभु हाम्रो धार्मिकता’ञ; 17 किनकि परमप्रभु यसो भन्नुहुन्छ: दाऊदलाई इस्राएलको घरानाको सिंहासनमाथि बस्ने मानिसको अभाव कहिल्यै हुनेछैन; 18 न ता लेवी पूजाहारीहरूलाई नै मेरो सामु निरन्तर होमबलि चढ़ाउने, अन्नबलि जलाउने र बलि चढ़ाउने मानिसको अभाव हुनेछ।”
19 अनि यर्मियाकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 20 “परमप्रभु यसो भन्नुहुन्छ: मेरो दिनसितको वाचा र मेरो रातसितको वाचा तिमीहरूले तोड़्न सक्यौ, र आफ्नो समयमा दिन र रात भएनन् भने, 21 मेरो दास दाऊदसँगको मेरो वाचा पनि तोड़्न सकिन्छ, यहाँसम्म कि उसको सिंहासनमाथि राज्य गर्ने उसको कुनै छोरा हुनेछैन; अनि मेरा सेवक, लेवी पूजाहारीहरूसँगको वाचा पनि तोड़्न सकिन्छ। 22 जसरी आकाशको गण गन्ती गर्न सकिँदैन, न ता समुद्रको बालुवा नाप्न सकिन्छ, त्यसरी नै म मेरो दास दाऊदको वंशको, र मेरो सेवा गर्ने लेवीहरूको संख्या बढ़ाउनेछु।”
23 अनि यर्मियाकहाँ परमप्रभुको यसो भन्ने वचन आयो: 24 “यी मानिसहरूले के भनिरहेका छन्, के तिमीले ध्यान दिएनौ?, जसले भन्छन्: ‘जुन दुई परिवारलाई परमप्रभुले चुन्नुभयो, तिनलाई उहाँले रद्द गरिदिनुभयो’; यसरी यिनीहरूले मेरो प्रजालाई तुच्छ ठानेका छन्, मानौं यिनीहरूको सामु तिनीहरू फेरि कहिल्यै एउटा जाति बन्नेछैनन्। 25 परमप्रभु यसो भन्नुहुन्छ: यदि दिन र रातसितको मेरो वाचा रहेन भने, अनि आकाश र पृथ्वीका नियमहरू मैले ठहऱ्याएको होइन भनेचाहिँ, 26 अब्राहाम, इसहाक र याकूबका वंशमाथि शासकहरूको रूपमा दाऊदकोट वंशबाट कसैलाई पनि नलिने गरी म याकूबको वंश र मेरो दास दाऊदलाई रद्द गरिदिउँला; किनकि म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु र तिनीहरूमाथि दया राख्नेछु।”