इस्राएलको बाँकी भाग बचाइनेछ
31
“त्यही समयमा म इस्राएलका सबै परिवारहरूको परमेश्वर हुनेछु, र तिनीहरू मेरो प्रजा हुनेछन्, परमप्रभु भन्नुहुन्छ। 2 परमप्रभु यसो भन्नुहुन्छ: तरवारबाट उम्केका मानिसहरूले अर्थात् इस्राएलले उजाड़स्थानमा अनुग्रह पायो, जब म उसलाई विश्राम दिन गएँ।” 3 “परमप्रभु यसो भन्दै टाढ़ाबाटक मकहाँ देखा पर्नुभएको छ: अँ, अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु; यसैकारण करुणाले मैले तँलाई खिचेको छु। 4 हे इस्राएलकी कन्या, म तँलाई फेरि निर्माण गर्नेछु, र तँ निर्माण गरिनेछस्; फेरि पनि तैंले आफूलाई तेरा खैंजड़ीहरूले सिँगार्नेछस्, र खुशी मनाउनेहरूको नाचमा निस्केर जानेछेस्। 5 सामरियाका पहाड़हरूमाथि तैंले फेरि दाखबारीहरू लगाउनेछेस्; रोप्नेहरूले रोप्नेछन्, र तिनको फल साधारण वस्तुझैं गरी खानेछन्ख। 6 किनकि यस्तो दिन आउनेछग, जसमा एप्रैमको पहाड़ी देशमाथि पहरेदारहरू कराउनेछन्: ‘तिमीहरू उठ, र हामी माथि सियोनमा परमप्रभु हाम्रा परमेरश्वरकहाँ जाऔं!’7 किनकि परमप्रभु यसो भन्नुहुन्छ: आनन्दसाथ याकूबका निम्ति गाओ, र जाति-जातिका शिरको बीचमा चिच्च्याओ! घोषणा गर! प्रशंसा गर, र भन: ‘हे परमप्रभु, आफ्नो प्रजालाई अर्थात् इस्राएलको बाँकी भाग बचाउनुहोस्!’ 8 हेर, म तिनीहरूलाई उत्तरको देशबाट ल्याउनेछु र तिनीहरूलाई पृथ्वीका छेउ-छेउबाट भेला गर्नेछु; अनि तिनीहरूको साथमा अन्धा र लङ्गड़ा, गर्भवती र सुत्केरी व्यथामा परेकी स्त्री एकसाथ – एउटा ठूलो जमात त्यहाँ फर्किनेछ। 9 तिनीहरू रुँदै-रुँदैघ आउनेछन्, र अन्तर्विन्तीहरूको साथ म तिनीहरूलाई अगुवाइ गर्नेछु; म तिनीहरूलाई पानीका नदीहरूको किनारै-किनार सीधा बाटोमा हिँड़ाउनेछु, जसमा तिनीहरूले ठेस खानेछैनन्; किनकि म इस्राएलको पिता हुँ, र एप्रैमचाहिँ मेरो जेठा हो।
10 हे जाति-जातिहो, परमप्रभुको वचन सुन, अनि टाढ़ा-टाढ़ाका टापुहरूमा यो प्रचार गरेर भन: जसले इस्राएललाई तितरबितर पार्नुभयो, उहाँले नै उसलाई भेला गर्नुहुनेछ र गोठालाले आफ्नो बगाललाई गरेझैं उसको रक्षा गर्नुहुनेछ। 11 किनकि परमप्रभुले याकूबलाई छुटकारा दिनुभएको छ र ऊभन्दा बलियोको हातबाट उसलाई दाम तिरेर छुटाउनुभएको छ। 12 यसकारण तिनीहरू आउनेछन्, र सियोनको उचाइमा गीत गाउनेछन्, अनि गहुँ, नयाँ दाखमद्य र तेलका निम्ति, अनि भेड़ाबाख्राका पाठापाठी र गाईबस्तुका बाछाबाछीहरूका निम्ति परमप्रभुको भलाइमा ओइरिएर भेला हुनेछन्; अनि तिनीहरूको प्राण पानीले सिँचेको बगैंचाजस्तै हुनेछ; अनि तिनीहरू फेरि कहिल्यै शोकित हुनेछैनन्। 13 तब कन्या नाची-नाची रमाउनेछे; जवानहरू र वृद्धहरू दुवैले एकसाथ आनन्द मनाउनेछन्; किनकि म तिनीहरूको शोक आनन्दमा परिवर्तन गरिदिनेछु, र तिनीहरूलाई सान्त्वना दिनेछु, अनि शोकको सट्टामा तिनीहरूलाई आनन्द मनाउने तुल्याउनेछु। 14 अनि म पूजाहारीहरूको प्राणलाई चिल्ला कुराले तृप्त पार्नेछु, र मेरा जनहरू मेरो भलाइले तृप्त हुनेछन्, परमप्रभु भन्नुहुन्छ।”
एप्रैममाथि परमप्रभुको दया र आशिष् फर्केर आउनेछ
15 “परमप्रभु यसो भन्नुहुन्छ: रामामा एउटा आवाज सुनियो: विलाप र तीतो रुवाइको आवाज; राहेल आफ्ना बालकहरूका निम्ति रोइरहन्छिन्, र आफ्ना बालकहरूको कारणले शान्त हुन चाहँदिनन्; किनभने ती छैनन्। 16 परमप्रभु यसो भन्नुहुन्छ: तिम्रो रुवाइको आवाजलाई थाम, र तिम्रा आँखाहरूलाई आँसु बहाउनदेखि रोक; किनकि तिम्रो कामको इनाम हुनेछ, परमप्रभु भन्नुहुन्छ; अनि तिनीहरू शत्रुको देशबाट फर्केर आउनेछन्। 17 तिम्रो भविष्यका निम्ति आशा छ, परमप्रभु भन्नुहुन्छ; तिम्रा छोराछोरीहरू आफ्नो इलाकामा फर्केर आउनेछन्।
18 निश्चय मैले एप्रैमलाई यसरी विलाप गरेको सुनेको छु: ‘तपाईंले मलाई ताड़ना दिनुभयो, र जुवामा नारिन अभ्यस्त नभएको जवान बहरले झैं मैले ताड़ना पाएँ; मलाई फर्काउनुहोस्, र म फर्कनेछु; किनकि तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ। 19 साँच्चै म फर्केपछि मैले पछुताएँ; अनि शिक्षा पाएपछि मैले आफ्नो तिघ्रामा थप्पड़ हानें; म लज्जित भएँ, अँ, शर्ममा परें पनि, किनभने मैले आफ्नो जवानीको निन्दा बोकें। 20 के एप्रैम मेरो प्यारो पुत्र हो? अथवा के ऊ मेरो आनन्द दिने बालक हो? किनकि जब-जब मैले उसको विरोधमा बोलें, तब-तब म अझै उसलाई झन् बढ़ी सम्झना गर्छु; यसैकारण मेरो अन्तस्करण ऊप्रति उर्लेर आउँछ; म निश्चय नै उसमाथि दया राख्नेछु, परमप्रभु भन्नुहुन्छ।
21 आफ्ना निम्ति सड़क-चिन्हहरू खड़ा गर्! आफ्ना निम्ति अग्ला ढिस्काहरूङ उठा; आफ्नो हृदय राजमार्गतिर, त्यस बाटोतिर लगा, जसबाट भएर तँ गइस्; हे इस्राएलकी कन्या, फर्की! यी तेरा शहरहरूमा फर्की! 22 हे पछि हट्ने छोरी, कहिलेसम्म तँ यताउता भड़्किहिँड़्छेस्? किनकि परमप्रभुले पृथ्वीमा एउटा नयाँ कुरा सृष्टि गर्नुभएको छ: एउटी स्त्रीलेच एउटा पुरुषलाईछ घेरेर राख्नेछे।”
यहूदामाथि परमप्रभुको आशिष् फर्केर आउनेछ
23 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब म तिनीहरूलाई कैदबाटज फर्काएर ल्याउनेछु, तब तिनीहरूले यहूदाको देशमा र त्यसका शहरहरूमा फेरि यो वचन भन्नेछन्: ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् दिऊन्!’ 24 अनि यहूदामा नै र त्यसका सबै शहरहरूमा खेतीकिसानहरू र भेड़ाबाख्राका बगालहरू लिएर हिँड़्नेहरू एकसाथ बस्नेछन्। 25 किनकि मैले थकित प्राणलाई तृप्त पारेको छु र शोकित प्राणलाई भरिदिएको छु। 26 यतिमा म बिउँझें, र मैले हेरें; अनि मेरो निद्रा मलाई मीठो लाग्यो।
27 हेर, दिनहरू आउँछन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएलको घराना र यहूदाको घरानामा मानिसरूपी बीउ र पशुरूपी बीउ छर्नेछु। 28 अनि यस्तो हुनेछ: जसरी उखाल्न, भत्काउन, ढालिदिन, नाश गर्न र कष्ट दिनलाई म तिनीहरूप्रति जागा रहन्थें, त्यसरी नै निर्माण गर्न र रोप्नलाई पनि म तिनीहरूप्रति जागा रहनेछु, परमप्रभु भन्नुहुन्छ। 29 ती दिनहरूमा ‘खाए बुबाहरूले अमिलो अङ्गुर, कुँड़िए दाँत छोराछोरीहरूको’ भनी तिनीहरूले फेरि कहिल्यै भन्नेछैनन्। 30 तर हरेक मानिस आफ्नै अधर्मका निम्तिझ मर्नेछ; हरेक जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँड़िनेछन्।”
इस्राएल र यहूदासँग परमप्रभुको नयाँ वाचा
31 “हेर, दिनहरू आउँछन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएलको घरानासित र यहूदाको घरानासित एउटा नयाँ वाचा बाँध्नेछु; 32 त्यस वाचाअनुसार होइन, जुन वाचा मैले तिनीहरूका पितापुर्खाहरूसँग त्यस दिनमा बाँधेको थिएँ, जब मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनलाई तिनीहरूलाई हातमा समातेको थिएँ; किनकि त्यही मेरो वाचा तिनीहरूले, म तिनीहरूको पति भए तापनि तोड़िदिए, परमप्रभु भन्नुहुन्छ; 33 तर योचाहिँ त्यो वाचा हो, जुनचाहिँ म ती दिनहरूपछि इस्राएलको घरानासँग बाँध्नेछु, परमप्रभु भन्नुहुन्छ: म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु र त्यो तिनीहरूको हृदयमा लेखिदिनेछु; अनि म तिनीहरूको परमेश्वर हुनेछु, र तिनीहरू मेरो प्रजा हुनेछन्। 34 अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई ‘परमप्रभुलाई चिन!’ भन्दै फेरि सिकाउनेछैनन्; किनकि तिनीहरूमा सबभन्दा सानादेखि लिएर तिनीहरूमा सबभन्दा ठूलासम्म सबैले मलाई चिन्नेछन्, परमप्रभु भन्नुहुन्छ; किनकि म तिनीहरूको अधर्म क्षमा गर्नेछु, र तिनीहरूको पाप म फेरि कहिल्यै सम्झनेछैनँ।
35 परमप्रभु जसले दिनमा उज्यालोका निम्ति सूर्य दिनुहुन्छ, रातमा उज्यालोका निम्ति चन्द्रमा र ताराहरूका नियमहरू ठहऱ्याउनुहुन्छ, जसले समुद्रलाई हुँड़ल्नुहुन्छ, र त्यसका छालहरू गर्जन्छन्, उहाँ यसो भन्नुहुन्छ; सेनाहरूका परमप्रभु उहाँको नाम हो। 36 परमप्रभु भन्नुहुन्छ, यी नियमहरू मेरो सामुबाट टलेर गए भने, इस्राएलको वंश पनि सदाका निम्ति मेरो सामु एउटा जाति हुन छोड़्नेछ। 37 परमप्रभु यसो भन्नुहुन्छ: यदि माथिको आकाश नाप्न सकिन्छ भने, र मुनि पृथ्वीका जगहरू खोजेर पत्ता लगाउन सकिन्छ भने म पनि इस्राएलको सारा वंशलाई, तिनीहरूले जे गरेका छन्, ती सबैका निम्ति त्यागिदिनेछुञ, परमप्रभु भन्नुहुन्छ।
38 हेर, दिनहरू आउँछन्, परमप्रभु भन्नुहुन्छ, जब हननेलको धरहरादेखि कुनाको मूलढोकासम्म परमप्रभुका निम्ति यो शहर निर्माण गरिनेछ। 39 अनि नाप्ने डोरी सीधा अगाड़ि बढ़ेर गारेबको डाँड़ासम्म जानेछ, र गोआपट्टिट फेरो मार्नेछ। 40 अनि लासहरू र खरानीको सम्पूर्ण बेंसी अनि किद्रोन खोलासम्मका सबै जग्गा-जमिनहरू पूर्वतिर घोड़ाको मूलढोकाको कुनासम्म परमप्रभुका निम्ति पवित्र हुनेछन्; सदाका निम्ति यो फेरि कहिल्यै उखालिनेछैन, न ता ढालिनेछ।”